आमा मिलन केन्द्र सहकारीको नवनिर्मित भवनको उद्घाटन

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५

आमा मिलन केन्द्र सहकारीको नवनिर्मित भवनको उद्घाटन

पोखरा, २७ माघ ।  पोखरा महानगरपालिका वडा नं ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आमा मिलन सहकारीले छोटो समयमा अलग पहिचान बनाउन सफल रहेको बताइन् । आफू र अरुलाई समेत बचाउने माध्यम सहकारी रहेको दावी गरिन् ।

सहकारीहरु समृद्धिको संवाहक रहेको चर्चा गर्दै सहकारी संस्थामार्फत गरिवी हटाउन र रोजगारी सिर्जना गर्न सकिने औंल्याए । सहकारीहरु नमुना बन्नुपनेर्मा जोड दिदै मन्त्री अर्यालले मानिसहरुलाई उत्पादनसँग जोड्न आग्रह गरिन् ।

उनले सहकारीको कर बृद्धि कम गर्ने सरकारको नीति उल्लेख गरिन् । सहकारी नियमावली सहकारीमैत्री बन्ने दावी गरिन् ।

गण्डकी प्रदेश सांसद प्रभा कोइराला आफूहरु सहकारी आन्दोलनमै रहेको चर्चा गरिन् । गण्डकी प्रदेशमा सहकारी विधेयकलाई परिमार्जन गरिने कोइरालाको भनाई थियो । कोइरालाले पैसा लिने र दिनेमात्र नभई सहकारीले उद्यमशीलता र उत्पादनमा जोड दिनुपर्ने बताइन् । सांसद कोइरालाले गण्डकी प्रदेशमा सहकारीको धेरै संभावना रहेको उल्लेख गरिन् ।

कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष ईन्दिरा पौडेल, पूर्व अध्यक्षहरु पृथ्वीराज शर्मा तिमिल्सिना र गोविन्द तुलाचन, पूर्व कोषाध्यक्ष स्व.क्या. ऐरबहादुर गुरुङकी धर्मपत्नी धनकुमारी गुरुङ, पत्रकार नारायण शाही जग्गादाता सर्वजित अधिकारी, सूर्यर्प्रसाद बराल, एडीसी विल्डर्स प्रालिका गणेश सापकोटा, सहकारी सन्देश सम्पादक त्रिभुवन पौडेल, अमरनाथ शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । मन्त्री अर्यालले उनीहरुलाई सम्मान गरेकी हुन् ।

कार्यक्रममा संस्थाद्धारा प्रकाशित ‘सहकारी सन्देश’ को विमोचन गरेका हुन् । संस्थाका प्रवन्ध निर्देशक ध्रुवराज पौडेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला घिमिरेले स्वागत र प्रवन्ध निर्देशक ध्रुवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

डफिन्सलाई फुटबल उपाधि

Bijay Nepal विजय नेपाल
माघ २८, २०७५
डफिन्सलाई फुटबल उपाधि
पोखरा, २७ माघ। छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबले जितेको छ । पोखरा रंगशालामा आइतबार भएको फाइनलमा विभागीय टिम एपीएफलाई १–० गोलअन्तरले पराजित गर्दै पहिलो पटक फुटबल खेल्न आएको पाहुना टोलीले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ, ट्रफी र मेडल पुरस्कार जित्यो । उपविजेता एपीएफले ४ लाख ५ हजार रुपैयाँ पुरस्कारमा चित्त बुझायो । अत्यन्तै प्रतिष्पर्धात्मक फाइनलको ५४ औं मिनेटमा यान्निक ओवानाले उत्कृष्ट गर्दै आफ्नो टिमलाई उपाधिको हकदार बनाएका हुन् । अरमेल अहण्डाले विपक्षी पोष्टमा बल प्रहार गनेर्क्रममा एपीएफका सन्तोष कटुवाललाई लागेर रिबाउण्ड भएकोमा यान्निकले बललाई जाली चुमाएका थिए । फाइनलमा खेलका म्यान अफ दी म्याच घोषित…

एनसेलसँगको बक्यौता रकम उठाउन अर्थ समितिको निर्देशन

एजेन्सी
माघ २८, २०७५
एनसेलसँगको बक्यौता रकम उठाउन अर्थ समितिको निर्देशन
काठमाण्डौं, २७  माघ । एनसेलसँगको बक्यौता  रकम उठाउन प्रक्रिया थाल्न अर्थ समितिले अर्थ मन्त्रालयलाई  निर्देशन दिएको छ । अर्थ समितिको आइतवार बसेको बैठकले एनसेलसँगको उक्त बक्यौता  रकम उठाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ  छ। अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो। त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम ४ करोड रुपैयाँ रहेको मन्त्रालयलेउल्लेख गरेको छ । समितिको…