आकुराईको छैटौं शाखा पोखरामा

आकुराईको छैटौं शाखा पोखरामा

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५

पोखरा, २८ माघ । आकुराई एजुकेशन कन्सल्टेसीले आफ्नो छैटौं शाखा पोखरा सिद्धार्थचोकमा विस्तार गरेको छ

जापानमा विद्यार्थी अध्ययनको लागि विशेष सुविधा उपलब्ध गराउने उद्देश्यस्वरुप आइतबार शाखा विस्तार गरिएको कन्सल्टेसी प्रमुख प्रज्ज्वल पौडेलले बताए ।

सन् २०१३ बाट चितवन नारायणगढबाट शुरुवात भएको कन्सल्टेन्सीको बर्दिवास, टाँडी, कावासोती र धनगढी तथा आगामी दिनमा दाङ शाखा विस्तार हुने उनले जानकारी दिए ।

विद्यार्थीलाई जापानीज भाषा, रीतिरिवाज, हावापानी, भौगोलिक अवस्था र रहनसहनबारे विद्यार्थीलाई परामर्श दिइने पोखरा शाखा प्रमुख दोरक थापाले जानकारी दिए। हालसम्म पाँच सय बढी विद्यार्थी विद्यार्थी भीसामा जापान पठाइसकिएको समेत उनले बताए ।

वेष्ट फाइनान्सद्वारा पुस्तकालयलाई सहयोग

एजेन्सी
माघ २९, २०७५
वेष्ट फाइनान्सद्वारा पुस्तकालयलाई सहयोग
पोखरा, २८ माघ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लि.ले टोखा–८ स्थित जलपा पुस्तकालयका लागि बालसाहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तक सहयोग गरेको छ। उक्त पुस्तकहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नरबहादुर बिसीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। स्थानीय बालबालिकाहरुका लागि ज्ञानबद्र्धक, बाल मनोरञ्जन तथा वृद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पु¥याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस्तक सहयोग गरिएको फाइनान्स  प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए।

सांग्रिला र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य सम्झौता

एजेन्सी
माघ २९, २०७५
सांग्रिला र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य सम्झौता
पोखरा, २८ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लि. र ब्लुक्रस हस्पिटल प्रालिबीच बैंकका कर्मचारी, सेयरधनी तथा ग्राकहवर्गलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलतर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब बैंकका कर्मचारी, भीसा डेविट कार्ड प्रयोगकर्ता र ग्र्राहकलाई ब्लुक्रस हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट दिनेछ ।