अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत जाने

rss रासस
माघ २४, २०७५

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत जाने
लण्डन, २३ माघ (रासस÷सिन्ह्वा) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत जाने अपेक्षा गरिएको छ ।

डिसेम्बर महिनामा हुने नाटो शिखर सम्मेलनमा सहभागी हुन उनी बेलायत जाने अधिकारीहरूले बताएका छन् । राष्ट्रपति भएपछिको पहिलो भ्रमण गत बर्षको जुलाईमा गर्दा उनी विरुद्ध व्यापक प्रदर्शन भएको थियो ।

नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बुधबार जारी गरेको वक्तव्यमा डिसेम्बरमा शिखर सम्मेलन गर्ने सहमती भएको उल्लेख गरिएको छ । सुरक्षा चुनौती र नाटोले मानिसलाई सुरक्षित राख्न कसरी सक्छ भन्ने बारेमा शीर्ष नेताहरू बीच छलफल हुने वक्तव्यमा लेखिएको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालयद्धारा बुधबार जारी गरिएको विज्ञप्तीमा प्रधानमन्त्री थेरेशा मेले सो सम्मेलनलाई ‘महत्वपूर्ण अवसर’को रूपमा लिइएको उल्लेख छ ।

विश्वको आधुनिकीकरणका लागि नाटोको शिखर सम्मेलन महत्वपूर्ण हुने उनको विश्वास छ। नाटोको इतिहासमा बेलायतले मुख्य भूमिका खेल्दै आएको छ ।

अफगानिस्तान झडपमा ४२ को मृत्यु

rss रासस
माघ २४, २०७५
अफगानिस्तान झडपमा ४२ को मृत्यु
कुन्दुज, अफगानिस्तान, २४ माघ । अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका सार्थ २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानीय अधिकारीले नाम गोप्य राख्ने शर्तमा बताए । घाइते बनेका केही लडाकूलाई विद्रोहीले लिएर भागेका पनि उनले बताए । यसैबीच उत्तरी क्षेत्रका लागि राष्ट्रिय सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे जानकारी नगराईकन २२ जना तालिवान लडाकूको मृत्यु भएको र १८ जना घाइते भएका बताए । रेजाइले…

जापानी पत्रकारलाई यमन जान रोक

एजेन्सी
माघ २४, २०७५
जापानी पत्रकारलाई यमन जान रोक
टोकियो, २३ माघ । जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस चलेको थियो । उक्त बहसपछि सरकारले युद्धग्रस्त क्षेत्रमा जापानी पत्रकारलाई जान अनुमति नदिने निर्णय लिएको थियो । स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै ४९ वर्षीय पत्रकार कोसुके चुनिओकाले जापानी अध्यागमन…