अमरसिद्धमा प्राविधिक शिक्षाको माग

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५

अमरसिद्धमा प्राविधिक शिक्षाको माग

लेखनाथ, २८ माघ। पोखरा–३१, पचभैयाँस्थित अमरशिद्ध नमूना माविमा होटल म्यानेज्मेन्ट र ट्राभल एण्ड टुरिजम विषयको प्राविधिक शिक्षा आवश्यकता रहेको बताइएको छ।

विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्ने अधिकांश वक्ताले बेगनास र रुपाताल स्वयंमा पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको पर्यटन विकासका लागि पनि होटल म्यानेज्मेन्ट र ट्राभल एण्ड टुरिजमको पढाइ हुनु आवश्यक भएकोमा जोडग दिएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले प्रविधिमैत्री पढाइलाई ध्यान दिँदै हिजोको शिक्षा प्रणाली आज आएर गुणस्तरीय हुन नसक्ला त्यसैले समयको माग अनुसार परिवर्तन हुन सक्नुपर्ने सुझाव राखेका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदरभक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा भण्डारढिक स्रोतकेन्द्रका स्रोतब्यक्ति विष्णु तिवारी, वडा ३१ का वडाध्यक्ष कमलबहादुर थापा, जिल्ला समन्वय समिति उपाध्यक्ष सावित्री भण्डारी, त्रिभुवन शान्ति मावि प्रधानाध्यापक मित्रलाल सापकोटा, अभिभावक बोधराज पाण्डे,  पार्टी प्रतिनिधि दीननाथ ढकाल र धु्रवनाथ अधिकारी लगायतले ब्यवहारिक र जीवनोपयोगी शिक्षा नै अहिलेको आवश्यकता भएको विचार राखेका थिए।

विद्यालय प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले विद्यालयको प्रगति विवरणसहित भावी योजनाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा लामो समयसम्म सेवा गदै आएका शिक्षक सीता अधिकारी र असल अभिभावकमा रानी विक, बोधराज पाण्डे र मूना सुनारलाई सम्मान गरिएको थियो।

विद्यालयका शिक्षक रमेश सुवेदीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी सुनिता गुरुङ र धन्यवाद ज्ञापन शिक्षक–अभिभावक संघका अध्यक्ष प्रकाश सापकोटाले गरेका थिए। कक्षा ११ र १२ मा व्यवस्थापन र मानविकी संकायको पढाइ हुँदै आएको उक्त विद्यालयमा हाल चार सय पाँच जना विद्यार्थी अध्यनरत छन्।

वडाध्यक्ष कुमाल कारागार चलान

rss रासस
माघ २९, २०७५
वडाध्यक्ष कुमाल कारागार चलान
दमौली, २९ माघ । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो । कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा गत वैशाख २५ गते ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्दै नवलपुर प्रहरीमा उजुरी परेको थियो । अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुरमा कारागार नभएकाले चितवन…

एक बर्षभित्र देशभरमा २७ कैदीको मृत्यु

rss रासस
माघ २९, २०७५
एक बर्षभित्र देशभरमा २७ कैदीको मृत्यु
 मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार  अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु रुघा, खोकी, दम, ज्वरो, टाइफाइडका कारण काठमाडौँ, २९ माघ । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए । रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको…