अफगानिस्तान झडपमा ४२ को मृत्यु

rss रासस
माघ २४, २०७५

अफगानिस्तान झडपमा ४२ को मृत्यु
कुन्दुज, अफगानिस्तान, २४ माघ । अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका सार्थ २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानीय अधिकारीले नाम गोप्य राख्ने शर्तमा बताए । घाइते बनेका केही लडाकूलाई विद्रोहीले लिएर भागेका पनि उनले बताए ।

यसैबीच उत्तरी क्षेत्रका लागि राष्ट्रिय सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे जानकारी नगराईकन २२ जना तालिवान लडाकूको मृत्यु भएको र १८ जना घाइते भएका बताए । रेजाइले विद्रोही अहिले भीडन्त भएका स्थानहरूबाट भागिसकेका बताए ।

घटनामा दर्जनौँ सुरक्षाकर्मीको मृत्यु भएको र करिब ३० जना घाइते भएका एक स्थानीयले बताए । तालिवान समूहका प्रवक्ता जाविहुल्ला मजाहिदले सञ्चारमाध्यमहरूलाई दिएको जानकारीमा विद्रोही लडाकूले सरकारी सुरक्षाफौजमाथि गरेको कारबाहीमा शुरूमा १० जना प्रहरीको मृत्यु भएको र केही सुरक्षा चौकीहरूलाई लिने क्रममा थप केही सुरक्षाकर्मीको मृत्यु भएको बताए ।

एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

rss रासस
माघ २४, २०७५
एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट
काठमाडौँ, २४ माघ : महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौँबाट एक लाख २६ हजार लिटर, ललितपुरबाट सात हजार ३६० र भक्तपुरबाट चार हजार २६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले समाजमा हुने धेरै घटना घरेलु मदिराका कारण भएको भन्दै कार्यालयले घरेलु मदिरा नियन्त्रणका लागि विशेष अभियान चलाएको जानकारी दिए । समाजमा हुने हत्या, हिंसा,…

सिन्धुलीमा जीप दुर्घटना पाँचको मृत्यु

एजेन्सी
माघ २४, २०७५
सिन्धुलीमा जीप दुर्घटना पाँचको मृत्यु
पोखरा, २४ माघ । सिन्धुलीको फिकल गाउँपालिका—२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घटनामा सात जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।