अख्तियार बुटवलमा झण्डै हजार उजुरी

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५

अख्तियार बुटवलमा झण्डै हजार उजुरी

बुटवल, २८ माघ । प्रदेश ५ का प्रमुख उमाकान्त झाले भ्रष्टाचार न्यूनीकरणको लागि प्रतिबद्धता जाहेर गरेर मात्र नहुने बताएका छन्। प्रतिबद्धता अनुसार काम गरेर देखाउनु पर्ने बताउँदै राज्यका महत्वपूर्ण निकायले पूर्ण रुपमा अनुगमन गर्नुपर्ने उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १८ औं स्थापना दिवस अवसरमा सोमबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख झाले नागरिक समाज, पत्रकार जागरुक बन्न सके भ्रष्टाचार न्यूनीकरण हुने बताए।

मुख्यमन्त्री शंकर पोखरेलले आयोगले अनुसन्धानलाई प्रभावकारी बताउनुपर्ने बताए । उनले आयोगमा उजुरी बढ्दैमा भ्रष्टाचार बढेको मान्न नसकिने बताए। गलत नियतका कारणले उजुरी बढ्दा विकास निर्माणमा अवरोध सिर्जना भएको मुख्यमन्त्री पोखरेलले बताउँदै अब्यवहारिक कानून निर्माणले गर्दा पनि भ्रष्टाचार बढेको बताए।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भ्रष्टाचारको मूल क्षेत्र पहिचानको आवश्यकता रहेको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीमा दर्ता भएको उजुरीका आधारमा रुपन्देही जिल्लामा सबैभन्दा धेरै भ्रष्ट्रचार हुने जिल्लामा पर्दछ भने रुकुम पूर्व सबैभन्दा कममा पर्दछ।

आर्थिक वर्ष २०७५/७६ को पुस मसान्तसम्म आयोगमा परेको ८ सय ८८ वटा उजुरीमध्ये रुपन्देही जिल्लाको २ सय ९५ वटा उजुरी परेको छ भने रुकुम पूर्वको ५ वटा दर्ता हुन आएको छ।

त्यस्तै कपिलवस्तु जिल्लाको १ सय ९७, नवलपरासी पश्चिमको १ सय ७९, अर्घाखाँचीको ७२, पाल्पाको ५३, गुल्मीको ४८, रोल्पाको २७, प्यूठानको १२ वटा उजुरी आयोगमा दर्ता भएको छ ।

आयोग रुपन्देही प्रमुख रविलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध टेलिभिजनका कार्यकारी अधिकृत विष्णुप्रसाद भुषाल, ज्ञानु पौडेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीका उपसचिव नारायण पाण्डेयले बोलेका थिए।

‘शिक्षाको लगानीले प्रतिफल आएन’

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
‘शिक्षाको लगानीले प्रतिफल आएन’
लमजुङ, २८ माघ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षामा राज्यले गरेको लगानी अनुसार प्रतिफल नआएकोमा चिन्ता व्यक्त गरेका छन्। सुन्दरबजार–६ स्थित सयपत्री आवासीय माविको ३४औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सोमबार उद्घाटन गदै मुख्यमन्त्री गुरुङले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्। राज्यको सबैभन्दा बढी लगानी शिक्षाका क्षेत्रमा छ तर उत्पादन न्यून छ, यस्तो दुःखद स्थितिको अन्त्य हुनुपर्छ भन्दै उनले सरकारले सञ्चालन गर्न लागेको विद्यालयको मोडेल पनि सयपत्रीको जस्तै रहेको उल्लेख गरे । उनले प्रदेश सरकारले विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालय, विज्ञान प्रयोगशाला निर्माण गर्ने नीति लिएको जानकारी दिँदै त्यसका लागि मागपत्र आब्हान गरिरहेको उल्लेख गरे। उनले हरेक वर्ष ४ लाख व्यक्ति एसइईमा पास…

प्रवासबाट नेपालमा सहयोग

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
प्रवासबाट नेपालमा सहयोग
पोखरा, २८ माघ । अष्ट्रेलिया सिड्नीस्थित सगरमाथा फुटबल क्लबले बोत्तल उठाएर संकलन गरेको रकमबाट पोखरा–१६ दीपस्थित दीव्यज्योति आधारभूत विद्यालयलाई फोटोकपी मेसिन सहयोग गरेको छ। विद्यालयमा आयोजित एक समारोहमा क्लब प्रशिक्षक शिव तामाङले सोमबार विद्यालय प्रअ कृष्णकुमारी जोशी, विद्यालय अध्यक्ष चन्द्रकान्त आचार्य र वडा सदस्य राजेश गुरुङलाई सो मेसिन संयुक्त हस्तान्तरण गरेका हुन्। ‘बोत्तल फर एजुकेशन एण्ड फुटबल’ भन्ने नाराका साथ क्रियाशील फुटबल क्लबले यसअघि पनि विभिन्न सहयोग गर्दै र्आएको छ। क्लबमा हाल ३० जना खेलाडी छन्। क्लब प्रशिक्षक तामाङले नेपालमा केही…