समाचार

व्यवसायिक गाईपालनबाट मनग्गे आम्दानी

पाल्पा मदनपोखराका एक युवक अन्य व्यवसाय छोडेर व्यवसायिक गाईपालनमा लागेका छन्।

लामो समय यातायात क्षेत्रमा काम गरेका मदनपोखराका सुकदेव रिजालले घरमा गाई फार्म खोलेर व्यवसायिक पशुपालनमा लागेका हुन। कृषि पेशामा नमुना गाउ“ मदनपोखरामा दूधको आपूर्र्तिमा सहजता ल्याउन र बजारको सम्भावना राम्रो देखेर गाईपालनमा अग्रसर भएको रिजाल बताउँछन्।

पुरा पढ्नुश..

प्रदेशको सङ्ख्यामा पुनः विवाद आजबाट मतदान प्रक्रिया सुरु गरिने

सङ्घीयतामा सहमति जुटाउने अन्तिम प्रयासमा लागेका दलहरुले शनिबार दिनभरि गरेको छलफल गरे पनि सहमति निकाल्न सकेनन्।

दिनभरको बैठकमा सहभागी काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले कुनै पनि विषयमा सहमति नभएको बताए। राज्य पुर्नर्संरचनामा जाँदा ११ प्रदेश बनाउनेमा सहमति नजिक पुगेका प्रमुख दलहरुबीच पुनः प्रदेशको सङ्ख्यामै विवाद अडि्कएको छ।

पुरा पढ्नुश..

‘पोखरामा खानेपानीको विकराल अवस्था आउन सक्ने’

गत वैशाख २३ शनिबार सेती नदीमा आएको बाढीले खानेपानी पाइपमा समेत क्षति पुर्‍याएकोले पोखरामा खानेपानीको विकराल सम्भावना आउन सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताइएको छ।

पुरा पढ्नुश..

नेपाल बन्द फिर्ता, जनजीवन सामान्य बन्दै

राष्ट्रिय अखण्डताका लागि जातीय सद्भाव संयुक्त सङ्र्घर्ष समितिले आह्वान गरेको नेपाल बन्द फिर्ता भएपछि जनजीवन सामान्य बन्दै गएको छ।

किराँतहरुको पर्व साकेलालाई मध्यनजर गरी बन्दा फिर्ता लिइएको सङ्र्घर्ष समितिले जनाएको छ। पूर्वान्ह ११ बजेदेखि आधिकारिकरूपमा फिर्ता लिएको सङ्र्घर्ष समितिले जनाए पनि एक घण्टा पहिलेबाट नै सवारी साधन चल्न थालेका थिए। बन्द फिर्ता भएपछि यातायातका साधन तथा बजार पसल खुले पनि शनिबार भएकाले शैक्षिक संस्था तथा उद्योगधन्दा र कलकारखाना भने सञ्चालन भएनन्।

पुरा पढ्नुश..

सफल पोखरा कपको आयव्यय सार्वजनिक, ११ लाख बढी बचत

कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा गत कात्तिक २२ देखि मङ्सिर ३ गतेसम्म पोखरामा सञ्चालित सफल पोखरा कपको आयव्यय शनिबार सार्वजनिक गरिएको छ।

सो अवसरमा प्रतियोगिताबाट ११ लाख २६ हजार तीन सय ९८ रुपैयाँ बचत गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

पुरा पढ्नुश..

धिताल पोखरा सेवा समाजमा सापकोटा

धिताल पोखरा सेवा समाज, कास्कीको छैटौं साधारणसभा तथा अधिवेशन मनोरथ सापकोटाको अध्यक्षयतामा ११ सदस्यिय कार्यसमिति निर्विरोध चयन गर्दै शनिबार सम्पन्न भएको छ।

पुरा पढ्नुश..

भूमेश्वर माविका विद्यार्थीद्वारा राहत सड्ढलन

कास्कीको धितालमा रहेको भूमेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुले सेती नदी प्रभावितका लागि राहत रकम सड्ढलन गरेका छन्।

विद्यालयमा गठित जुनियर रेडक्रस सकल तथा बाल क्लबमा आबद्ध विद्यार्थीले अन्तर्राष्ट्रिय रेडक्रस दिवसको अवसरमा घरदैलो कार्यक्रम गरी १२ हजार रुपैयाँ सड्ढलन गरेका हुन्।

पुरा पढ्नुश..

साइनिङ स्टारमा जुनियर रेडक्रस सकल पुर्नर्गठन

नयाँ शैक्षिक वर्षको सुरुवातसँगै साइनिङ स्टार आवासीय मावि लेकसाइड पोखराले जुनियर रेडक्रस सकलको नयाँ कार्यसमिति गठन गरेको छ। विद्यालयका प्राचार्य नारायणप्रसाद पाण्डेको उपस्थितिमा भएको कार्यक्रममा पूर्व जुरेसका पदाधिकारीहरुले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।

पुरा पढ्नुश..

यातायात मजदुर पदाधिकारीहरुलाई नेतृत्व विकास प्रशिक्षण

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी अञ्चलले पदाधिकारीहरुलाई एक दिने नेतृत्व विकास प्रशिक्षण दिएको छ।

प्रशिक्षणमा लामो दुरिमा चल्ने बस, मिति बस र सहरभित्र चल्ने ट्याक्सी र माइक्रोबसमा काम गर्ने मजदुरुहरुको सहभागिता रहेको थियो।मजदुर प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय उपाध्यक्ष इश्वरीप्रसाद आचार्यले मजदुरुहरु एकजुट भएमा मात्र मजदुरहरुलाई आइपर्ने समस्याको समाधान गर्न सकिने विचार व्यक्त गरे।

पुरा पढ्नुश..

घाटु नृत्य संरक्षण गर्नुपर्नेमा जोड

बुद्ध जयन्तीको अवसरमा स्याङ्जाको मनाकामनास्थित सपाउदे गाउँमा १६ वर्षपछि सती घाटु नृत्य नाचेका छन्।

परशुराम र रानी यम्फावतिको कथामा आधारित सती घाटु यस वर्ष संस्कृतिको संरक्षण गर्ने भन्दै नाचेका हुन्। १६ वर्ष अगाडिसम्म निरन्तर नाच्दै आए पनि नृत्यका गुरुआमाको बसाइँसराइँ तथा मृत्युका कारण नृत्यलाई निरन्तरता दिन सकेका थिएनन्। तर यस वर्ष भने भाषा संस्कृति र परम्पराको संरक्षणका लागि बसाइँ सरी गएका गुरुलाई गाउँमा ल्याएर नचाएको हो।

पुरा पढ्नुश..