समाचार

श्रमिक बचतको साधारणसभा सम्पन्न

श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम प्रारम्भिक साधारणसभा शनिबार सम्पन्न भयो।

कार्यक्रमको प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका शाखा अधिकृत बालकृष्ण सुवेदीले उद्घाटन गरेका थिए। सो अवसरमा नेकपा एमाले अञ्चल समन्वय कमिटी सदस्य सीता गिरी, सहकारी सङ्घ कास्कीका अध्यक्ष प्रभा कोइराला, पृथ्वीराजमार्ग बस सञ्चालक समितिका कोषाध्यक्ष योगेन्द्रबहादुर केसी, जिफन्ट कास्कीका बलराम पौडेल, नेपाल यातायात मजुदर युनियन गण्डकीका सचिव विष्णुबहादुर पराजुलीलगायतले बोलेका थिए।

पुरा पढ्नुश..

आज नागपञ्चमी

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरको मूलढोकामा नागको चित्र टाँसी विधिपूर्वक पूजाअर्चना गरी मनाइँदैछ।

आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ। वैदिककालदेखि नै नागपूजाको प्रचलन चल्दै आएको र आर्य समाजले यसलाई निरन्तरता दिएको पाइन्छ।

पुरा पढ्नुश..

शान्ति प्रक्रिया अवरुद्ध हुनुमा दलहरुबीच आरोप-प्रत्यारोप

प्रमुख दलका शीर्ष नेताहरुले शान्ति प्रक्रिया पूरा नहुनुमा एक अर्को दल दोषी भएको आरोप लगाएका छन्।

राजधानीमा नेपाली काङ्ग्रेस मोरङ-काठमाडौं सर्म्पर्क समितिले बुधबार गरेको कार्यक्रममा माओवादी, काङ्ग्रेस र एमालेका शीर्ष नेताहरुले आफ्नो दल शान्तिप्रक्रियाप्रति प्रतिवद्ध भए पनि अन्य दलका कारण यात्रा अवरुद्ध भएको भन्दै जिम्मेवारीबाट पन्छिने कोसिस गरे।

पुरा पढ्नुश..

लोककविको स्मृतिमा विविध कार्यक्रम

लोककवि अलि मियाँको पाँचौं स्मृति दिवसका अवसरमा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानले बुधबार पोखरामा विविध कार्यक्रम आयोजना गरेको छ।

प्रतिष्ठानले अलि मियाँको समाधिस्थल जयकोट वनमा कल्पवृक्ष रोपण, कृतिको लोकार्पण तथा परिचर्चा गर्नेजस्ता कार्यक्रम आयोजना गरेको हो।

स्थानीय साहित्यकारहरुको सहभागिता रहेको कार्यक्रमममा लोककवि अलि मियाँले लोकसंस्कृतिको विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै लोकसंस्कृति नै मुलुकको पहिचान भएकाले त्यसको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो। वक्ताहरुले अलि मियाँ लोक संस्कृतिको धरोहर भएको बताएका थिए।

पुरा पढ्नुश..

राष्ट्रपतिद्वारा नेताहरुसग सामूहिक परामर्श शान्ति र संविधान निर्माणप्रति ध्यान केन्द्रित गर्न आग्रह

राष्ट्रपति डा. रामवरण यादवले शान्तिप्रक्रिया कार्यान्वयन, संविधान लेखन र मुलुकका समस्या समाधानका लागि छलफलबाट सहमतिमा पुग्न प्रमुख दलहरुलाई आग्रह गरेका छन्।

प्रमुख तीन दल माओवादी, काङ्ग्रेस र एमालेका शीर्ष नेताहरुसँग बुधबार राष्ट्रपति भवन शीतलनिवासमा भएको सामूहिक भेटमा राष्ट्रपति यादवले राष्ट्रलाई निकास दिन सहयोग चाहिए दिन तयार रहेको समेत उल्लेख गरे। राष्ट्रपति यादवले समस्यालाई गम्भीरताकासाथ लिएर छिटो समाधान खोज्न दलहरुलाई आग्रह गरेको भेटपछि काङ्ग्रेस सभापति सुशील कोइरालाले जानकारी दिए।

पुरा पढ्नुश..

स्याङ्जाका आठ सहकारी संस्था खारेजीमा

सरकारले गाउँगाउँमा सहकारी, घरघरमा भकारी भन्ने मुला नारा दिएर सहकारी संस्थाहरु खोल्न प्रेरित गरेपनि मापदण्ड पूरा गर्न नसकेका स्याङ्जाका आठ वटा सहकारी संस्था भने खारेजीमा परेका छन्।

डिभिजन सहकारी कार्यालय स्याङ्जाले नियमित काम नगरेका, लेखा परीक्षण प्रतिवेदन नबुझाएका, साधारणसभा वर्षौदेखि नगर्ने र सहकारी निर्देशिकाविपरीत काम गर्ने संस्थाहरूलाई कारबाहीस्वरुप खारेज गरेको हो।

पुरा पढ्नुश..

बक्सिङ टोली कोरिया प्रस्थान

कोरियाको इन्चोनमा हुने एसियाली कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन दुर्इ खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ।

अगष्ट ५ देखि १२ तरिखसम्म चल्ने प्रतियोगितामा ग्वान्झाव एसियाडका पदक विजेता दीपक महर्जन र सुदेश मानन्धरले प्रतिस्पर्धा गर्नेछन्। दीपकले ८१ तथा सुदेशले ५२ केजी तौलसमूहमा खेल्नेछन्। सुदेशको यो पहिलो अन्तर्राष्ट्रिय अनुभव हुनेछ।

पुरा पढ्नुश..

उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल

नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्दै आएको स्पोर्टस् अवार्ड कार्यक्रमअर्न्तर्गत यस वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीले पल्सर मोटरसाइकल पाउने भएका छन्। पुरुषले १५० सीसी तथा महिलाले १३५ सीसीको मोटर साइकल पाउनेछन्।

अघिल्लो वर्षझै यो वर्षपनि अवार्ड कार्यक्रमको मुख्य प्रायोजक पल्सर मोटरसाइकल रहने बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। मुख्य प्रायोजनसँगै कार्यक्रमको नाम पल्सर स्पोर्टस् अवार्ड-२०६७ हुनेछ।

पुरा पढ्नुश..

शान्ति र संविधानका लागि संसद् अवरुद्ध : पाण्डे

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बद्रि पाण्डेले जनताले चाहेअनुसारको शान्ति र संविधान दिनको लागि नेपाली काङ्ग्रेसले संसद् अवरुद्ध गर्दै आएको बताएका छन्।

नेपाली काङ्ग्रेस लेखनाथ नगर समितिको बुधबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

पुरा पढ्नुश..

विद्यार्थीहरुद्वारा क्याम्पस प्रमुखलाई ज्ञापनपत्र

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुले विभिन्न मागसहित क्याम्पस प्रमुखसामु ज्ञापनपत्र बुझाएका छन्।

विद्यार्थीहरुले राखेका मागहरुमा मुख्य मागहरुमा क्याम्पसको अध्ययन अध्यापनको नियमितताको अनुगमन गर्न एक अधिकार सम्पन्न अनुगमन समिति निर्माण गर्नुपर्ने, क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि इन्टरनेटको व्यवस्था गरिनुपर्ने, यस शैक्षिक सत्रबाट स्नातक तहमा बीबीए पाँचवक, बीएल, बीएससी, इन्भायरमेन्टल साइन्स अध्ययनको व्यवस्था गरिनुपर्ने, क्याम्पसका शौचालयको सरसफाइका साथै अन्य उचित व्यवस्थापन गरिनुपर्ने, त्रिविको नियमविपरीत क्याम्पसमा केही विद्यार्थी स·ठनले कब्जा गरेका भवनहरु तुरुन्त खाली गरिनुपर्ने, पुस्तकालयमा नयाँ पाठ्यक्रम अनुसारका पुस्तकहरुको यथाशीघ्र व्यवस्था गरिनुपर्नेलगायतका रहेका छन्।

पुरा पढ्नुश..