स्वैच्छिक अवकास रोजेका माओवादीका पूर्व लडाकूको बिदाइ प्रक्रिया शुक्रबारबाट सुरु भएको छ। चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा सेना समायोजन विशेष समिति सचिवालय संयोजक बालानन्द शर्माले स्वैच्छिक अवकास रोजेका लडाकूलाई चेक हस्तान्तरण गरी यो प्रक्रिया सुरु भएको हो।
एकीकृत नेकपा माओवादीका नेताहरुले उपाध्यक्ष बावुराम भट्टराई नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन्।
माओवादी कोचिला राज्यसमितिका कार्यकर्तालाई प्रशिक्षण दिन शुक्रबार बिराटनगर पुगेका माओवादीका शीर्ष नेताहरुले सकेसम्म यही सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिनुपर्ने बताउँदै यसमा सहमति नभए खुल्ला छलफलका लागि पनि माओवादी तयार रहेको बताएका छन्।
पीनबाट मोबाइलमा ब्यालेन्स रिचार्ज गर्ने पद्धतिको विकल्पमा गण्डकी र धौलागिरि अञ्चलमा पिनलेस रिचार्ज व्यालेन्स -एमपिओएस) सेवा सुरु गरिएको छ।
नेपाल टेलिकम पोखरा शाखाले केही समय पहिलेदेखि सो सेवा सुरु गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
गुण्डागर्दी शैलीमा नियन्त्रणमा लिइएको कास्की भरतपोखरीका तिलबहादुर पौडेलले चढ्दै आएको गाडी शुक्रबार पोखरामा भेटिएको छ।
उनी चढ्दै आएको बा८च ८३८६ नम्बरको हाइलक्स गाडी पोखराको होटेल ग्राण्ड पछाडि पालले छोपेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक यादवराज खनालले जानकारी दिए। पोखराको एक युवा समूहले गुण्डागर्दी शैलीमा म·लबार पेस्तोल देखाउँदै सो गाडी नियन्त्रणमा लिएका थिए।
दुर्इपटकको च्याम्पियन लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी दशौं आहा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
राष्ट्रिय लिगको तेस्रो मनाङले शुक्रबार पोखरा रङ्गशालामा भएको पहिलो चरणको अन्तिम खेलमा एन्फा यु-१७ लाई २-० ले पराजित गर्दै मनाङ क्वाटरफाइनलमा प्रवेश गरेको हो।
नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको आयोजना तथा विष्णुपादुका मावि हेमजाको व्यवस्थापनमा जुनियर रेडक्रसस्तरीय हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। प्रतियोगितामा स्नोभ्यू बोर्र्डिङ स्कुल प्रथम, हेमजा बोडिङ स्कुल द्वितीय र गौरीशंकर उच्च मावि तृतीय भएका थिए।
विद्यावारिधिका लागि अष्ट्रेलिया जान लागेका पोखरा विश्वविद्यालयका उपप्राध्यापक ऋषिकेश पाण्डेलाई शुक्रबार केन्द्रीय क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको छ।
रूपाताल खोलाको छेउमा शुक्रबारदेखि अन्तर सहकारी फुटबल प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको पहिलो दिन शुक्रबार छवटा खेलहरु सम्पन्न भएका छन्।
उद्घाटन खेलमा आयोजक संस्था वाटिका बचत तथा ऋण सहकारी संस्थाले लेखनाथ बचत तथा ऋण सहकारी संस्थालाई १-० ले पराजित गर्यो। वाटिकाका लागि चेसबहादुर गुरुले निर्णायक गोल गरेका थिए।
नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घ कास्कीले एक विज्ञप्ति जारी गरी पोखरा उप-महानगरपालिकाले हाल गरेको घरटहरा भत्काउने कार्य अव्यवस्थित र सुनियोजित भएको भन्दै भर्त्सना गरेको छ।
म्याग्दीको गलेश्वर शिवालय क्षेत्र विकास कोषको आयोजाना महाशिवरात्रीको अवसरमा मन्दिर परिसरमा श्रीमद्भागवत शिवमहापुराण धनधन्याचल सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ।