eAdarsha.com

नेपाल बन्दका कारण जनजीवन ठप्प ,एम्बुलेन्स र पर्यटक बसमा तोडफोड, पत्रकारमाथि दुर्र्व्यवहार, पृथ्वीचोकमा झडप, ११ जना घाइते, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार
पोखरा, ७ जेठ। पहिचानसहितको सङ्घीयता माग गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ कास्की र तमुवान  संयुक्त सङ्र्घर्ष समितिले आह्वान गरेको तीन दिने नेपाल बन्दको पहिलो दिन आइतबार देशभरको जनजीवन प्रभावित भएको छ।

बन्द सफल बनाउने भन्दै बन्दकर्ताहरु पोखरामा पनि निकै आक्रामकरूपमा प्रस्तुत भएका थिए। बिहानदेखि जनजाति महासङ्घको झण्डा बोकेर पोखरामा मुख्य सहरी क्षेत्रमा परिचालित बन्दकर्ताहरुले एम्बुलेन्सलाई पनि छाडेनन्।

अघिल्ला बन्दहरुमा सञ्चालन हुन दिइने साइकललाई समेत अवरोध पुर्‍याइएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट रिफर भई मणिपाल शिक्षण अस्पतालतर्फ विरामी लैजाँदै गरेको ध१च १७१ नम्बरको एम्बुलेन्सलाई पोखराको पृथ्वीचोकमा तोडफोड गरिएको थियो।

त्यसैगरी बन्दकर्ताले पोखरामा नै ग१च ११२० नं. को एम्बुलेन्स समेत तोडफोड गरेको प्रहरीले जनाएको छ।  पोखराको पृथ्वीचोकमा बन्दकर्ता र प्रहरीबीच झडप हुँदा त्यसक्षेत्रमा केहीबेर तनाव सृजना भयो।

संयुक्त सङ्र्घर्ष समितिले गरेको नेपाल बन्दका क्रममा वैशाख २९ गते आन्दोलनकारीहरुले स्वतस्फूतरूपमा पृथ्वीचोकमा गाडेको अखण्ड नेपाल पश्चिमाञ्चल लेखिएको बोर्ड तोडफोडको प्रयास गरेपछि प्रहरी र बन्दकर्ताबीच झडप हुँदा एक जना पैदल यात्रु र चारजना बन्दकर्ता घाइते भएका छन् भने छजना सुरक्षाकर्मी पनि घाइते भएका छन्।

झडपमा घाइते हुने बन्दकर्तामा नुवाकोट घर भई पृथ्वीचोक बस्ने २१ वर्षीय टेकबहादुर तामाङ, पोखरा रानीपौवाका ३६ वर्षीय रमेश गुरुङ, तनहूँ घर भएका सुनिल गुरुङ र बुद्वचोक घर भएका विजय गुरुङ रहेका छन् भने झडपमा परी पैदलयात्रु पर्वत शिवालयचोक बस्ने ७९ वर्षीय नित्यलाल सुवेदी घाइते भएका छन्।  घाइतेहरुलाई उपचारार्थ पोखराका विभिन्न अस्पतालमा लगिएको थियो। अखण्ड नेपाल पश्चिमाञ्चलको बोर्डलाई लक्षित गर्दै टायर बालेर आगजनीको प्रयास गरिएपछि त्यसलाई रोक्न खोज्दा प्रहरी र बन्दकर्ताबीच झडप भएको थियो। झडपलगत्तै पृथ्वीचोकको घरमाथिबाट प्रहरीमाथि ढुङ्गा बसाएको थियो। झडपका कारण अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले नौ सेल अश्रुग्याँस प्रहार गरी बन्दकर्तालाई तितरवितर पारेको थियो।

प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका १४ जना बन्दकर्तालाई आफन्तको जिम्मा लगाई साँझ नै छाडेको छ।जिल्ला प्रशासन कार्यालय कास्कीको रोहवरमा बुधबार सर्वदलीय र सर्वपक्षीय उपस्थितिमा बन्द र विरोधको लागि तय गरिएको आचारसंहितालाई पालना गर्ने प्रतिवद्धता गरिए पनि त्यसको उल्लङ्घन गरिएको थियो।

बन्दका क्रममा आइतबार बिहान वीरगञ्जबाट पोखरातर्फ भारतीय पर्यटकहरु लिएर आइरहेको ना४ख ६२८८ नं. को बस, पृथ्वीचोकस्थित नेपाल बैड्ढ लिमिटेड, पोखरा १७ ड्यामसाइडमा अनिस खाजा घर र के.भि. स्टोर्स तथा पोखरा शान्ति वनवाटिकास्थित एमाले पार्टी कार्यालय कास्कीसँगको पसलमा समेत तोडफोड भएको छ। बन्दका कारण बिहीबार पोखरा र आसपासका जिल्लाको जनजीवन पूर्णरूपमा प्रभावित भएको छ। सहरी क्षेत्रदेखि भित्रीक्षेत्रसम्मको जनजीवन पूर्णरूपमा ठप्प भएको थियो।

प्रेसका सवारी साधनलाई ठाउँ ठाउँमा रोकर सञ्चारकर्मीलाई धम्क्याइएको थियो। मानवअधिकारकर्मी र खानेपानी बोकेका सवारी साधानलाई निर्वाधरूपमा चल्न दिइएको थियो।

बन्दका कारण उद्योग धन्दा कलकारखाना, शिक्षण संस्था र पसलहरु पूर्णरूपमा बन्द रहे। सरकारी कार्यालयहरु खुले पनि सेवाग्राहीको उपस्थिति न्यून

रह्यो।

पोखराका मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, पृथ्वीचोक, सृजनाचोक, बगर, अमरसिंहचोक र पर्यटकीय क्षेत्र लेकसाइड पनि सुनसान रहे।

सवारी साधन नचलेपछि सर्वसाधारण पैदल नै हिंडेर गन्तव्यसम्म पुगेका थिए। सुनसान बनेका सडकहरुलाई बालबालिका तथा युवायुवतीले फुटबल, स्केटिङ, क्रिकेट, ब्याडमिन्टन खेलेर खेल मैदानका रूपमा उपयोग गरेका थिए।

कुनै अप्रिय घटना हुन नदिन पोखराका मुख्य बजार क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

बन्दकर्ता धम्क्याउँदै थिए-’खबरदार, पत्रकार’

नेपाल बन्दको पहिलो दिन पोखरामा पनि पत्रकारहरु दुर्र्व्यवहारको शिकार बने। पोखराको पृथ्वीचोकमा झडपपछि बन्दकर्ताहरु आक्रोशितरूपमा पत्रकारमाथि जाई लाग्न सुरु गरेका थिए। ठाउँ ठाउँमा पत्रकारका सवारी साधनलाई रोकियो अनि भन्न थालियो -’भोलि समाचार प्रकाशित भएपछि के गर्ने सोचौंला, नकारात्मक समाचार आए कार्यालय घेरेर तोडफोड गर्छौ अनि हेर्दै जानू के के हुँदै जान्छ।’

पत्रकारलाई धम्क्याएपछि सबै कुरा ठीक हुन्छ र माग पूरा भइहाल्छ जसरी उनीहरु पत्रकारमाथि आक्रामक रूपमा प्रस्तुत भएका थिए। केही स्थानमा त उल्टै पत्रकारको नै फोटो खिच्नुपर्छ र समाचार नलेखे भोलि ठीक पार्नुपर्छ भन्दै फोटो खिच्ने समेत गरियो। कतै पत्रकारको सवारी साधनको चावी खोसियो कतै मोटरसाइकलको टायरको हावा खुस्क्याएर दुःख दिने काम पनि भयो।

‘खबरदार, पत्रकार, हाम्रा बारेमा समाचार लेख्दैनौ तिमीहरु, विचार नपुर्‍याए जे पनि हुन सक्छ, अब हामी चुप लाग्दैनौं’ भन्ने भनाइ बन्दकर्ताले ठाउँ-ठाउँमा दोहोर्‍याए। पत्रकारले बन्दकर्ताका भनाइलाई चुपचाप सहेर संयमता अपनाएका कारण कुनै अप्रिय घटना भएन।

सरकारद्वारा वार्तामा आउन आग्रह, आज वार्ता हुने
काठमाडौं, ७ जेठ। नामाड्ढन र सीमड्ढनबिनाको ११ प्रदेशको बिरोधमा आन्दोलनमा उत्रिएको आदिवासी जनजाति संयुक्त सङ्र्घर्ष समितिले सरकारसँग वार्ता गर्न २६ सदस्यीय वार्ता टोली गठन गरेको छ। वार्ता सोमबार बिहान आठ बजे हुने जनाइएको छ।

जनजातिले नेपाल बन्दको आन्दोलन जारी राखेरै सरकारी टोलीसँग वार्ता गर्ने जनाएको छ। यस्तै वार्तामा प्रमुख तीन दलका शीर्ष नेताहरुको उपस्थिति अनिवार्य रहेको सङ्र्घर्ष समितिले जनाएको छ।

यसअघि सरकारले आमहडतालमा उत्रिएको आदिवासी जनजाति संयुक्त सङ्र्घर्ष समितिलाई वार्तामा बोलाएको थियो। शान्ति तथा पुनर्निर्माण मन्त्री टोपबहादुर रायमाझीले आन्दोलन र तोडफोडबाट कुनै पनि समस्याको समाधान हुन नसक्ने बताउँदै वार्ता र संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेका थिए।

मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री रायमाझीले आन्दोलनरत सबै पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन्। उनले सरकार सबै तह र तप्कालाई समान अधिकार प्रदान गर्न तत्पर रहेको बताए।

बन्द हिंस्रक भएको भन्दै सरकारले बन्दका क्रममा तोडफोड नगर्न र सञ्चारमाध्यम, एम्बुलेन्स, पर्यटकलगायत अत्यावश्यक क्षेत्रका सवारीसाधनलाई निर्वाध चल्न दिनसमेत आग्रह गरेको छ।

यसैबीच आइतबारको नेपाल बन्दका क्रममा भएको प्रेसमाथिको आक्रमणको घटनाप्रति सङ्र्घर्ष समितिले दुख व्यक्त गरेको छ। बन्द आयोजनको तर्फबाट सञ्चारमाध्यममाथि आक्रमण गर्ने कुनै कार्यक्रम नरहेको र आन्दोलनमा घूसपैठ गरेकाहरुबाट यस्तो अनपेक्षित घटना हुन पुगेको जनाएको छ। आन्दोलनमा भएको घूसपैठ रोक्न नसकेकोमा भने सङ्र्घर्ष समितिले क्षमायाचना गरेको छ। सङ्र्घर्ष समितिले गरेको बन्दका कारण उपत्यकालगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ। बन्दको राजधानी बाहिरका जिल्ल्लाहरुमा भने दोहोरो तथा तेहेरो प्रभाव परेको छ। नेपाल आदिवासि जनजाति महासङ्घ र आदिवासी जनजाति संयुक्त सङ्र्घर्ष समितिको आह्वानमा गरिएको बन्दको पहिलो दिन आइतबार बिहानैदेखि प्रदर्शनकारीहरुले राजधानीलगायत देशका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए।

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले बबरमहल, चावहिललगायतका स्थानमा बन्दकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दर्जनौं घाइते भएको बताए। यस्तै बन्द गराउँदै हिंडेका कयौंलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बन्दमा राजधानीलगायतका स्थानमा सञ्चारकर्मीमाथि आक्रमण, सर्वत्र भर्त्सना

नेपाल आदिवासी सङ्र्घर्ष समितिले आयाजना गरेको बन्दका क्रममा सञ्चारमाध्यम र समाचार सड्ढलनमा खटिएका पत्रकार आक्रमणको तारो बनेका छन्। बन्दको समाचार सड्ढलनमा हिंडेका दर्जनौं पत्रकारमाथि बन्दकर्ताले आक्रमण गरेका छन्। यसक्रममा सञ्चारमाध्यमका कयौ गाडीमा तोडफोड भएको छ भने पत्रकारका मोटरसाइकलमा आक्रमण गरिएको छ। बन्दकर्ताले हिमालयन टेलिभिजन, एभिन्युज टेलिभिजन, सगरमाथा टेलिभिजन, कारोबार दैनिकलगायतकका सञ्चार गृहका गाडीमा पनि तोडफोड गरी क्षती पुर्‍याएका छन्।

यसैगरी राजधानीका विभिन्न सञ्चारकर्मीमाथि अपशब्द बोल्ने, भौतिक आक्रमणको धम्की दिने तथा सञ्चारकर्मीका मोटरसाइकलका चावी र परिचयपत्र खोस्नेलगायतका काम भएका छन्।

बन्दका क्रममा पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ, मानवअधिकारवादी संस्था लगायतले घोर भर्त्सना गरेका छन्। नेपाल पत्रकार महासङ्घका महासचिव ओम शर्माले पत्रकारमाथि सुनियोजित रूपमा भइरहेका आक्रमण रोक्न माग गरे। यता आदिवासी जनजाति महासङ्घले सञ्चारमाध्यममा आफूहरुले आक्रमण नगरेको दाबी गर्दै आन्दोलनमा घूसपैठ भएको बताएको छ। यसैबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आदिवासी जनजाति महासङ्घले आह्वान गरेको बन्दका क्रममा विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणप्रति खेद व्यक्त गरेका छन्। प्रधानमन्त्री भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी सुरक्षा निकायलाई सतर्क रहन निर्देशन पनि दिएका छन्। उनले बन्दका क्रममा तोडफोड भएका सञ्चारमाध्यमका गाडीहरुको उचित क्षतिपूर्र्ति दिने आश्वासन समेत दिएका छन्।

स्वतन्त्र पत्रकार सङ्घको ध्यानाकर्षण, महासङ्घद्वारा निन्दा
पोखरा, ७ जेठ। नेपाल आदिवासी जनजाति महासंघद्धारा आयोजित तीन दिने देशव्यापी आम हड्तालको पहिलो दिन आईतबार सञ्चारकर्मी माथि भएको आक्रमण प्रति स्वतन्त्रपत्रकार सङ्घ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

सङ्घले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै समाचार सङ्कलनको लागि कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीमाथि बन्दकर्ताबाटभएको दूर्व्यवहार तथा सञ्चारकर्मीका सञ्चार सामाग्री र सवारी साधनको तोडफोड भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

सङ्घका अध्यक्ष कृष्णप्रसाद बास्तोलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रमा शान्तिपूर्ण ढंगले आफ्ना मागहरु राख्न पाउने स्वतन्त्रता रहँदारहँदै बन्दका सामान्य नियम समेत पालना नगरी, बन्दकर्ताले गरेको दुरव्यवहार लोकतन्त्रको लागि सुहाउँदो अवश्य होइन भन्दै स्वयम् बन्दका आयोजकहरुले सञ्चार जगतलाई अवरोध नगर्ने प्रतिवद्धता बारम्बार गरेपनि सो को व्यापक उल्लङ्घन हुनु दुखद पक्ष भएको जनाइएको छ। काठमाण्डांैमा पत्रकारका सञ्चार साधन र सवारी साधनमाथि तोडफोड तथा आगजनीभएको साथै पोखरामा पनि सञ्चारकर्मीमाथि धम्की तथा दूर्व्यवहार भएकोमा उक्त कार्यप्रति भर्त्सना गरिएको छ। विज्ञप्तिमा आम आदिवासीका मागप्रति सञ्चार जगत सधैं सकारात्मक रहेको अवगत गराउँदै अब आईन्दा नागरिकको सूचनाको हक कुण्ठित गर्ने गतिविधि नगर्न तथा नगराउन सम्बन्धित पक्षलाई हार्दिक अपिल गरिएको छ।

यसैगरी नेपाल पत्रकार महासङ्घ कास्कीले आदिवासी जनजाति महासङ्घद्वारा आह्वान गरिएको तीन दिने नेपाल बन्दका क्रममा पोखरालगायत देशभरि सञ्चार जगतमाथि भएका विभिन्न दुर्र्व्यवहार र आक्रमणका घटनाको निन्दा गर्दै दुख व्यक्त गरेको छ।

‘अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिकको हक हो, त्यसमा महासङ्घ प्रष्ट छ’-अध्यक्ष बद्रीविनोद प्रतीकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ -’तर आन्दोलन आह्वानकर्ताले सञ्चारलगायतका अति आवश्यक सेवा प्रदायकलाई अवरोध नगर्ने भन्दाभन्दै पनि प्रेसमाथि भएका ज्यादतीपूर्ण व्यवहारले भनाइ र गराइमा भिन्नता देखियो।’

बन्दको पहिलो दिन आदर्श समाज राष्ट्रिय दैनिकका प्रमुख सम्वाददाता नवीन सिग्देल, सोही दैनिकका सम्वाददाता प्रकाश सापकोटा, डन न्युज दैनिकका बन्धुराज पराजुलीलाई समाचार सड्ढलन गर्न हिंड्ने क्रममा धम्की दिएको र पोखरा हटलाइन दैनिकका प्रमुख वितरक सन्तोष सापकोटामाथि पोखरा-१ बगरको केआइसिंहपुलमा बन्दकर्ताले कुटपिट गरी साइकलको हावा फालेर कुच्याउने र मोबाइल खोसेको घटनाको भर्त्सना गर्दै त्यस्ता घटना नदोहोर्‍याउन विज्ञप्तिमार्फत सचेत पारिएको छ।

त्रिपुरा दल गुल्ममा तेक्वान्दो बेल्ट टेस्ट
पोखरा, ७ जेठ। कास्की जिल्ला तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरअन्तर्गत त्रिपुरादल गुल्म विजयपुरमा सञ्चालित सि.सं २ तेक्वान्दो तालिमको प्रथम बेल्ट टेस्ट आइतबार सम्पन्न भयो।

त्रिपुरा दल गुल्मका सहसेनानी ध्रुव बानियाँ, सुवेदार मेजर प्रेमराज पौडेल, जमदारद्वय राजकृष्ण गिरी र दीपक गिरी, हुद्दा कृष्ण कट्टेल र कास्की जिल्ला तेक्वान्दो सङ्घका सचिव प्रेमनारायण न्यौपानेको उपस्थितिमा भएको बेल्ट टेस्टमा ३३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

तेक्वान्दोका सहायक प्रशिक्षक सुनबहादुर लामा जुरी तथा रमेश गिरी, टीका मल्ल, प्रभु शाही र आशाराम विकले रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

एसियाली यु- १४ फेस्टिभल फुटबलमा नेपालको एकै दिन तीन जीत
काठमाडौं, ७ जेठ। राजधानीमा जारी दक्षिण एसियाली यु-१४ फेस्टिभल फुटबलअन्तर्गत आइतबार भएको दोस्रो दिनको खेलमा नेपालले एकैपटक तीनवटा जीत हात पारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा नेपालको समूह बी ले ३-० गोल अन्तरले भुटानको समूह बी लाई हराएको हो।

त्यस्तै अर्को खेलमा नेपालको समूह बी ले श्रीलङ्काको समूह बी माथि ४-० गोल अन्तरको जित दर्ता गर्‍यो।

तेस्रो खेलमा नेपालको समूह ए ले भारतको समूह एसँग गोलरहित बराबरी खेल्यो भने अर्को खेलमा नेपालको समूह ए ले ६-० गोल अन्तरले भुटानको समूह बी लाई स्तब्ध पार्‍यो। दक्षिण एसियाली क्षेत्रका पाँच मुलुक नेपाल, बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतको सहभागिता रहेको खेलमा भारतको समूह बी ले बङ्गलादेशको समूह ए सँग १-० गोलको हार बेहोर्‍यो। अर्को खेलमा भारतको समूह ए ले १-० गोलले श्रीलङ्का ए माथि जित दर्ता गरायो।

प्रतियोगिताअन्तर्गतको अर्को खेलमा श्रीलङ्काको समूह बी ले बङ्गलादेशको समूह बीसँग ४-० गोलको हार स्वीकार्‍यो। यहाँ जारी खेलमा भुटानको समूह ए र बङ्गलादेशको समूह ए ले कुनै पनि गोल गर्न सकेनन्। दुव समूहको खेल गोलरहित बराबरीमा अन्त्य भयो।

बेपत्ता योद्धा स्मरण दिवसमा माओवादीको छुट्टाछुट्टै कार्यक्रम सत्य निरुपण र बेपत्ता छानबिन आयोग तत्काल गठन गर्नुपर्ने माग
पोखरा, ७ जेठ। एकीकृत नेकपा माओवादी कास्कीको संस्थापन पक्ष र बैद्य पक्षले बेपत्ता योद्धा स्मरण दिवसको अवसरमा आइतबार पोखरामा छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका छन्।

पछिल्लो समयमा माओवादीभित्र देखिएको संस्थापन पक्ष र बैद्य पक्षबीच पार्टी  भएको अन्तरकलहका कारण पोखरामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको हो।

संस्थापन पक्षले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले बेपत्ताको खोजी गर्नका लागि सत्य निरुपण र बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका थिए।

विस्तृत शान्ति सम्झौतामा नै ती आयोग गठन हुने उल्लेख गरिए पनि सम्झौता भएको साढे पाँच वर्ष पुगिसक्दा पनि दलहरु त्यसतर्फ चासो नदेखाउनु दुखको कुरा भएको बताउँदै तत्काल कार्यान्वयन गर्न माग गरेका थिए।

पीडकहरु खुलेआम लोकतन्त्रको वकालत गर्दै हिंड्ने तर पीडितहरुको पीडा भने ज्यूको त्यँू रहेकको बताउँदै उनीहरुले पीडकलाई तत्काल कारबाही गर्न माग गरेका थिए।

कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार समितिका सदस्य रामराज रेग्मीले बेपत्ता परिवारका परिवारको मागलाई माओवादीले सम्बोधन गर्न नसकेको स्वीकारे।

‘अहिले राजनितिक दलहरुबीच लेनदेनको अवस्था रहेकोले पनि हामीले माग सम्बोधन गर्न नसकेको अवस्था हो’-उनले भने-’पार्टी जसरी भए पनि माग सम्बोधन गरेरै छाड्छ हामी सधैं तपाईंहरुका साथमा छौं।’

एकीकृत नेकपमा माओवादी कास्कीका इन्चार्ज झलकपाणि तिवारीले दिवस पीडितहरुको पीडा सुन्नका लागि आयोजना गरिएको बताउँदै पार्टी सधैं बेपत्ता परिवारका साथमा रहने विश्वास दिलाए।

राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीले एक हजारभन्दा बढी तत्कालीन राज्य पक्ष र माओवादी पक्षबाट व्यपत्ता भएको जानकारी दिंदै पीडितहरु मानवीय पीडामा बाँचिरहेको अवस्था रहेको बताए।

बेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बरालले बेपत्ताहरुको अझै पनि सास र लासको खबर पाउन नसकेको बताउँदै बेपत्ता परिवारहरु दीर्घ रोगीको रूपमा रहेको बताए।

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक सुरेन्द्र थापामगरले बेपत्ताका बारेमा सरकारले सत्यतत्थ सार्वजनिक गर्न नसक्दा बेपत्ता दिनदिनै रोइरहेको अवस्था रहेको बताए।

कार्यक्रममा स्थानीय शान्ति समितिका सचिवालय सदस्य खगराज आचार्य, इन्सेक पश्चिमाञ्चल प्रमुख शिव खकुरेलले पनि बोलेका थिए।

एकीकृत नेकपा माओवादी कास्कीका सहसेक्रेटरी गंगा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा तमुवान राज्य समिति सदस्य सुमन देवकोटाले स्वागत र सदस्य लोकराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।

यसैबीच बैद्य पक्षीय संयुक्त राष्ट्रिय जनसङ्र्घर्ष समिति, नेपाल, कास्कीले सशस्त्र सङ्र्घर्षमा बेपत्ता भएकाहरुको स्थिति सार्वजनिक गर्न र बेपत्ता पार्ने देाषीहरुमाथि कडा कारबाही गर्न माग गरेको छ। बेपत्ता योद्धा स्मरण दिवसको अवसरमा आइतबार पोखराको पृथ्वीचोकमा एक कार्यक्रमको आयोजना गरी समितिले यस्तो बताएको हो।

एनेकपा माओवादी तमुवान राज्य समितिका सदस्य सुधिर क्षेत्रीले अहिलेको सरकारले जनयुद्धको उपलब्धिलाई तुहाउन लागेको दाबी गरेका थिए। उनले बेपत्ताहरुको खोजी र दोषीमाथि कारबाहीका लागि पनि जनव्रि्रोह जरूरी रहेको बताएका थिए।

एमाओवादीको असन्तुष्ट बैद्य पक्ष अन्य साना दलहरुसँगको सहकार्यमा संयुक्त राष्ट्रिय जनसङ्र्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएको छ।

हाम्रो सम्मानका लागि ल्याएको खादा प्रधानमन्त्रीलाई पुर्‍याइदिनुहोस् : बेपत्ता परिवार

बेपत्ता योद्धा स्मरण दिवसको अवसरमा एकीकृत नेकपा माओवादीले बेपत्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम तय गरेको थियो। कार्यक्रममा वक्ताहरुले भाषण गरेपछि बीचमा सम्मान गर्ने पालो आयो तव बेपत्ता पूर्ण पौडेलकी आमालाई खादा लगाएर सम्मान गरिएको थियो। त्यसपछि बेपत्ता परिवार समाजका अध्यक्ष अणनाथ बराललाई सम्मान गर्ने भन्दै आयोजकले नाम लिएपछि बरालले भने ‘यो सम्मानको खादा प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै लगेर बुझाइदिनू’ भनेपछि बेपत्ता परिवारले एकै स्वरमा उनलाई साथ दिएका थिए। कार्यक्रममा सम्मानको लागि नाम बोलाएपछि निकै आक्रोश सैलीमा प्रस्तुत भएका बरालले भने-’हामीलाई अब सान्त्वना चाहिएको छैन, अब कि सास चाहियो कि लास। हामीलाई सानो चोट परेको होइन यो खादाको आवश्यक नै छैन’-उनले भने-’पार्टीले केही गर्छ कि भनेर आश गरेर बसियो अब पनि केही नभए पार्टीबाटै पहिला म नै व्रि्रोह गर्दछु।’

कार्यक्रममा सहभागी हुन आएका बेपत्ता परिवारहरु पनि पार्टीले नै युद्धमा होमाउने अहिले युद्धको क्रममा बेपत्ता भएकाहरुलाई सार्वजनिक गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए। बेपत्ता परिवारहरु आक्रोशित भएपछि एकीकृत नेकपा माओवादी कास्कीका इन्चार्ज र सहसेक्रेटरी गंगा पोख्रेलले पार्टीकैआन्तरिक छलफल गरौंला भनेर थमथम्याएका थिए।

बन्दका क्रममा दुर्इ दर्जन सवारीसाधनमाथि तोडफोड
काठमाडौं, ७ जेठ। आदिवासी जनजाति संयुक्त सङ्र्घर्ष समितिद्वारा आइतबारदेखि आह्वान गरिएको तीन दिने नेपाल बन्दका क्रममा दुर्इ दर्जनभन्दा बढी सञ्चार माध्यम र सञ्चारकर्मीका सवारीसाधनमा तोडफोड भएका छन्।

बन्दकर्ताले गोपीकृष्ण हलनजिक बा१ज ६५१५ नम्बरको माइक्रोबस, जोरपाटीमा कान्तिपुर पब्लिकेसन्सको बा९च ५५३७ नम्बरको गाडी, चावहिलचोकमा नेपाल १ टेलिभिजनको बा७च १६०० नम्बरकोे गाडी, बौद्ध टुसालमा सिटी फन्डको पत्रकार चढेको बा५०प ७५१९ नम्बरको मोटरसाइकल र वानेश्वर कृष्णटावरअगाडि बा८च ७६७७ नम्बरको कार तोडफोड गरेका छन्। बन्दका क्रममा चुच्चेपाटीमा राजधानी पत्रिकाका पत्रकार नवराज चालिसेको बा४८प ६८५ नम्बरको मोटरसाइकल, चाबहिलमा बा३१प ३६१४ नम्बरको मोटरसाइकलमा रहेका एभिन्युज टिभीका वासुदेव सत्यालमाथि प्रदर्शनकारीले होहल्ला गरी हातपात गर्दा क्यामरा झरेर फुटेको छ।

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट तोडफोडमा संलग्न भएको भन्दै ५४ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता धिरजप्रताप सिंहले जानकारी दिए।

उनका अनुसार बन्दकर्ताले ललितपुरको कुपण्डोलमा बा१०प २७६४ र बा२२प २८७८ नम्बरको मोटरसाइकल, सानेपाचोकमा बा२८प २०४ र पुल्चोकमा बा२८प २९६८ नम्बरको मोटरसाइकलमा आगजनी गर्दा पूर्णरूपमा जलेर क्षति पुगेको छ। त्यस्तै इमाडोल पुलनजिक बा३२प १९६७ नम्वरको मोटरसाइकलमा आगजनी, बा३०प २३१८ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् भने ग्वाकोर्मा बा३०प ३८९९ नम्वरको मोटरसाइकलमा आगजनी गर्दा पूर्णरूपमा जलेर क्षति भएको पनि प्रहरीले जनाएको छ।

बन्दकर्ताहरूले स्टार अस्पताल सानेपाअगाडि बा१ज २६७१ नम्बरको टयाक्सीको सिसा तोडफोड गरेका छन् भने बालकुमारीमा बा१९प ३२२५ नम्बरको कान्तिपुर पब्लिकेसन्सको मोटरसाइकल र एकान्तकुनामा प्रहरी प्रभाग गोङ्गबुबाट प्रहरी सहायक निरीक्षक दुर्दत्त भट्ट र प्रहरी हवलदार बलबहादुर सापकोटा बा२८प ४१९२ नम्बरको मोटरसाइकलद्वारा पुनरावेदन अदालत पाटन जानेक्रममा आगजनी गरी क्षति पुर्‍याइएको छ।

नेपाल पत्रकार महासङ्घले बन्दसम्बन्धी समाचार सड्ढलनमा गएका पत्रकारहरूको सवारीसाधनमा भएको तोडफोड र आगजनीप्रति खेद व्यक्त गर्दै क्षति पुर्‍याइएका सवारीसाधनको उचित क्षतिपूर्र्ति उपलब्ध गराउन र त्यस्ता गतिविधिमा संलग्न भएकाहरूलाई कडा कारबाही गर्न माग गरेको छ।

पत्रकार महासङ्घले कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन, एबिसी टेलिभिजनसहित झन्डै एक दर्जन सञ्चारमाध्यम र सञ्चारकर्मीका सवारीसाधनमाथि तोडफोड भएको जनाएको छ।

महासङ्घका अनुसार सिटिजन्स एफएमका पत्रकार दिनेश गौतमको बा४६प नम्बरको मोटरसाइकल, विकु तामाङ र शक्ति कार्कीको बा१०प ७०२३ र बा२२प २८७८ नम्बरको मोटरसाइकल र चाबहिलमा नागरिक दैनिकका गोविन्द परियारको बा२९प ५५८४ नम्बरको मोटरसाइलमा क्षति पुर्‍याइएको छ।

बाएपी घिमिरेको बा२०प ३८९९ नम्बरको मोटरसाइकल, एबीसी टिभीको बा६च ५०७२ नम्बरको गाडीलगायत सवारी साधनमाथि तोडफोड भएको जनाएको छ।

नेपाल पत्रकार महासङ्घका सभापति शिव गाउँलेले सञ्चार माध्यम र सञ्चारकर्मीका सवारी साधनमाथि आक्रमण भइरहेको घटना प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जानकारी गराएपछि प्रधानमन्त्रीले सुरक्षा निकायलाई त्यस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री डा. भट्टराईले बन्दका क्रममा तोडफोड भएका सञ्चार माध्यम र सञ्चारकर्मीका सवारीसाधनको लगत राख्न र सरकारलाई उपलब्ध गराउन महासङ्घका अध्यक्ष गाउँलेलाई आग्रह गर्दै त्यसरी क्षति पुर्‍याइएका सवारी साधनको उचित क्षतिपूर्र्ति दिन सरकारले पहल गर्ने आश्वासन दिएको पनि अध्यक्ष गाउँलेले जानकारी दिए।  महासङ्घले बन्दका क्रममा सञ्चार माध्यम र सञ्चारकर्मीका सवारी साधनमाथि भएको तोडफोडको सम्पूर्ण लगत सड्ढलनसमेत गरिरहेको छ। रासस

साहित्य शृङ्खलामा जोशी र इच्छुकको चर्चा
पोखरा, ७ जेठ। ‘भोकभोकै मर्न थाले कवि कलाकार

तड्पाएर नमारिदेऊ, झुण्डाएर मार’

साहित्यकार र साहित्यानुरागीहरु यो हरफलाई बेला-बेलामा सम्झिइरहन्छन्। शनिबार उनीहरुले यसका सर्जक जनकवि गोकुल जोशी र प्रगतिवादी साहित्यकार कृष्ण सेन ‘इच्छुक’लाई एकसाथ स्मरण गरे। साहित्यकार द्धयको यही जेठ महिनमा पर्ने जन्मजयन्तीको सर्न्दर्भ पारेर साहित्य शृङ्खला पोखराले आफ्नो १२७ औं शृङ्खला उनीहरुको चर्चासहित सम्पन्न गरेको हो।

समलोचक रघुनाथ अधिकारीले कविद्वयले स्वाभिमानपूर्वक बाँचेर युगको आवाज सिर्जनामा अभिव्यक्त गरेको धारणा राखेका थिए। उनले भने-’जनकवि गोकुल जोशी र इच्छुक हाम्रा आदर्श होइनन्, यथार्थ हुन्।’

‘कवि कृष्ण सेन इच्छुकको जीवनी, व्यक्तित्व र कृतित्व’ शीर्षकमा आफ्नो स्नातकोत्तरको शोधपत्र तयार गरेका सुरेश रानाभाटले इच्छुक आफ्नो आदर्श र आस्थाजस्तै जीवन बाँचेका स्वाभिमानी व्यक्तित्व भएको बताए।

वि.सं. २०५९ मा प्रहरी हिरासतमा हत्या गरिएका इच्छुकका शोकाञ्जली, बन्दी र चन्द्रा गिरी, इतिहासको यस घडीमा, इच्छुक रचनावली भाग १ र भाग २ प्रकाशित छन्।

तनहूँ जिल्लाको राईपुरमा वि.सं. १९८७ मा जन्मिएका जनकवि गोकुल जोशीले आफ्नो ३० वर्षे जीवनकालमा नेपालको भविष्य, डा. के. आई. सिंहलाई नेपाल आउन देऊ, एसियाको फूलबारी नेपाल, सीमानाको गीत, नवप्रभातजस्ता कृतिहरु नेपाली साहित्यलाई दिएका छन्।हरेक महिनाको पहिलो शनिबार नियमितरूपमा आयोजना गरिने शृङ्खलाको सो कार्यक्रमका सहभागीले समसामयिक विषयवस्तुलाई समेटिएका कविता, मुक्तक, गजल, गीत प्रस्तुत गरेका थिए।

अम्बिका भण्डारी, असफल गौतम, घनश्याम शर्मा रेग्मी, रामनाथ अधिकारीले लोकलयमा अहिलेको परिवेश समेटिएका सिर्जना प्रस्तुत गरेका थिए भने कवि सङ्गीतस्रोताले कवितमार्फत भाषणमा अभिव्यक्त गर्ने दर्शनलाई व्यहारमा लागू गर्न नेताहरुलाई सुझाव दिएका थिए।

कार्यक्रममा यादवचन्द्र भुर्तेल, अल्पविराम, विजया सुवेदी, चुडामणि खनाल, नारायण बास्तोला ‘श्रमपन्थी’, दिवस पराजुलीले पनि आ-आफ्नो रचना वाचन गरेका थिए।

साहित्य शृङ्खला, पोखराका संयोजक भीम रानाभाटको अध्यक्ष्यता र नारायण मरासिनीको सञ्चालनमा भएको कार्यक्रममा प्रा. डा. रविलाल अधिकारी, समालोचक यादवराज उपाध्याय, डा. कृष्णराज अधिकारी, गण्डकी साहित्य संगमका अध्यक्ष नारायण परिश्रमीले पनि बोलेका थिए।

जनकवि गोकुल जोशीको ८३ औं जन्मजयन्तीको अवसरमा ‘गोकुल साहित्य पुरस्कार २०६९’ प्रगतिवादी साहित्यकार घनश्याम ढकाललाई मरणोपरान्त सोमबार एक समारोहको आयोजना गरी प्रदान गरिने पनि सो अवसरमा जानकारी दिइएको थियो।

स्याङ्जाको चिलाउनेवासमा अन्तरक्रिया सम्पन्न
पोखरा, ७ जेठ। संविधानसभाद्वारा तयार गरिएको अवधारण पत्र र प्रारम्भिक मस्यौदा तथा हालसम्म सम्पन्न कार्यहरुवारे चिलाउने वास गाविसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल कानुन समाज र संविधान सभा सचिवालयको सहकार्यमा संविधान सूचना केन्द्र गण्डकीको आयोजनामा भएको उक्त अन्तरक्रियामा मस्यौदा संविधान तथा संविधानसभाद्वारा संविधान निर्माणका प्रक्रियामा सम्पन्न भएको प्रगतिबारे संविधान सूचना केन्द्र गण्डकी प्रमुख एवं अधिवक्ता जूनाकुमारी गुरुङले बताएकी थिइन्।

शनिबार सम्पन्न उक्त अन्तरक्रियामा अतिथि (इ.एस.पी/आर.डी.आई.एफ) राज्य सवलीकरण कार्यक्रम क्षेत्रीय संयोजक अंशु गुरुङले राज्य पुनर्संरचनाको जटिलताले समयमा संविधान बन्न नसकेको बताउँदै आदिवासी जनजातिले जातीय राज्य नभई जातीय पहिचान खोजेको धारणा राखेकी थिइन्।

गाविस सचिव डाँसीराम पौडेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेकपा एमाले गाउँ सचिव शिवप्रसाद शर्माले कानुनको शासन, नियन्त्रण र सन्तुलनको नीतिमा कर्डाई हुनुपर्छ मिश्रति प्रणाली ठीक भएको बताउँदै प्रधानमन्त्री कार्यकारी प्रमुख हुनुपर्ने धारणा राखेका थिए। त्यसैगरी गैरसरकारी संस्था महासङ्घ स्याङ्जाका उपाध्यक्ष कमल पौडेलले १४ अञ्चल ७५ जिल्ला जस्तै दूरदर्शी दृष्टिकोणबाट राज्य पुनर्संरचना हुनुपर्ने र जातीय सहिष्णुतामा आँच आउनेगरी जाति र भाषाका आधारमा राज्य बनाउन नहुने धारणा राखेका थिए।

नेपाली काङ्ग्रेसका गाउँ सदस्य एवं समाजसेवी गीरधारी पौडेलले जातीय राज्य र जातीय अग्राधिकार कुनै हालतमा दिन नहुने भन्दै संविधानसभाको भवनले बनाउन नसके राज्यले ११ वटा सङ्घ कसरी चलाउन सक्छ भन्ने प्रश्न गरेका थिए। ताराबहादुर विकले दलित हक अधिकार एवं जातीय छुवाछूतका सम्बन्धमा व्यवहारिक पक्षमा कडा कानुन हुनुपर्ने अपा· तथा दलित मैत्री संविधान बनाउन जोड दिएका थिए। अन्य सहभागीमा पूर्व शिक्षक फणिन्द्रराज पौडेल (नेपाली) ले यो जात र ऊ जात नभनी हामी सवै नेपाली हौं भनेर सबैले गर्वलायक संविधान बनाउन जोड दिए।

यसैगरी आमा समूह अध्यक्ष कुन्तिदेवी गौतम, नागरिक समाजका दामोदर पौडेल, दलित अधिकारकर्मी राजेन्द्र विक, धनबहादुर सार्की, शिक्षक माधव गौतम लगायतले आ-आफ्ना धारणा राखेका थिए।

संविधान सूचना केन्द्र गण्डकीद्वारा आयोजित उक्त कार्यक्रममा संविधान सूचना केन्द्रका जनसर्म्पर्क अधिकृत विष्णु अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाविस सहायक सचिव देवकी पौडेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

राज्य पुनर्संरचनामा जातीयताको सवाल
नेपाल राष्ट्र एक सार्वभौम अखण्ड राष्ट्रको रूपमा परिचित राष्ट्र हो। नेपाल बहुजाति, बहुभाषी र बहुविचार भएको फूलबारी हो। जस्तैः कुनै बगैचामा फूलहरु विभिन्न हुन्छन् र तिनीहरु फुल्दछन्। तिनीहरुको बास्ना रङहरु फरक हुन्छन् अनि फरक-फरक किसिमले आफ्नै पहिचान बनाएका हुन्छन् त्यस्तै किसिमले नेपाल राष्ट्रभित्र रहेका विभिन्न जातहरु भाषाहरु, धर्महरु सांस्कृति संरक्षण गर्नु सबै नेपाली र नेपाल सरकारको दायित्व हुन आउँछ। प्राकृतिक, साँस्कृतिक र भौगोलिक रूपमा भरिपूर्ण नेपाल अविकसित र गरिब हुनु राष्ट्रको लागि दुर्भाग्यको कुरा हो। नेपालीहरुको लर्डाई गरिबी अन्याय, अत्याचार, शोषण, गरिबीविरुद्ध लडेर समृद्धि नेपाल बनाउनुपर्ने अहिलेको अवस्थामा नेपाली नेपाली बाझिनु र एक अर्कामा दोषारोपण गर्नु उपयुक्त हुँदैन। सार्वभौम अखण्ड नेपाललाई खण्ड खण्ड बनाएर जातका आधारमा विभाजन गर्नु सम्पूर्ण नेपालीका लागि दुर्भाग्यको कुरा हो। वर्गीय मुक्तिका लागि लर्डाई लडिरहेका जनताका बीचमा जातीय, भाषिक विभेदीकरणलाई अगाडि सार्नु जनतालाई भुलाउने, अल्मलाउने शोषण र दमनमा राखी राख्ने खेल हो। जस्तैः काठमाडौं उपत्यकालाई नेवा राज्य बनाउँदा ७० प्रतिशत नेवार नेवा राज्यभित्र पर्दैन। ४० प्रतिशत नेवारहरु नेवा राज्यभित्र पर्दछन्। अब ६० प्रतिशत नेवार तामसालिङ राज्य वा अन्य राज्यभित्र रहँदा ६० प्रतिशत नेवारले नेवा राज्यको सुविधा नपाउँदा उनीहरु उत्पीडनमा पर्दछ। जातीय आधारमा हेर्दा जातहरुभित्र पनि उत्पीडन र शोषण रहिरहेको छ। त्यसैले जातका आधारमा उत्पीडनमा परेका जनतालाई ऐन कानुन बनाई उत्पीडनबाट मुक्त गर्न सकिन्छ। जस्तैः पहिले राणा कालमा ब्राह्मणलाई हत्या गर्नु पाप हो भन्ने अवधारणा थियो। जसका कारण राणा विरोधी आन्दोलनमा ब्राह्मणलाई देश निकालियो र अरु जातलाई मृत्युदण्ड दिइयो। हो त्यो समयमा ब्राह्मण जात नभएका कारण अरु जातलाई मृत्युदण्ड दिइयो। त्यो बेला जातका आधारमा भेदभाव भयो। तर पछिका समयमा जातका आधारमा उत्पीडन नहुने गरी कानुन बनेको छ। कानुनले जातका आधारमा कसैलाई भेदभाव गरेको छैन। जस्तैः हिन्दू अधिराज्य नेपाल, राष्ट्र भाषा नेपाली भन्ने पनि हर्टाई सबैलाई राष्ट्रिय धर्म र भाषामा राखेको छ। त्यस्तै अरु भेदभावका कुरा छन् भने पनि हटाएर सबै जात धर्म, वर्णवर्गलाई समानताका दृष्टिकोणबाट हेरी कानुन बनाउन सकिन्छ। जातका आधारमा राज्य बनाउँदैमा जातीय मुक्ति भइहाल्ने कुरा त हुँदैन नि। बरु राज्य भित्र रहेका उत्पीडनमा परेका  जात, धर्म, भाषालाई विशेष व्यवस्था गरी उत्पीडनबाट मुक्त गर्न सकिन्छ। हो अहिले पनि जातका आधारमा दमन, शोषण कहीँ कतै भएकेा छ। जहाँ अशिक्षा, अज्ञान र चेतनाको अभाव छ। त्यसैले जब हामी अशिक्षा, अज्ञानता अचेतना, गरिबीबाट सबै जातलाई मुक्ति दिँदै जान्छौं। तब जातीय उत्पीडनको मुक्ति हुन्छ। सबै जातका उत्पीडनमा परेको व्यक्तिहरुलाई मुक्तिका विशेष कार्यक्रम अगाडि सारी कार्यान्वयन गरेपछि जातीय मुक्ति हुन्छ। यसका लागि जातीय राज्य नै चाहिन्छ भन्ने हुँदैन। जातीय राज्यबाट जातीय सद्भाव नै खलबलिन पुग्छ भने जातीय मुक्तिका लागि अन्य विकल्प्हरु किन नखोज्ने। नेपालका जुनसुकै जातका धर्म, संस्कृति इतिहास नेपालीहरुको सम्पत्ति हुन्। यी सम्पत्तिहरु संरक्षण र विकास गर्ने सम्पूर्ण नेपालीहरुको कर्तव्य र दायित्व हो। हाल देशमा भइरहेको जातीय सद्भावलाई खलबल्याएर जात जातका बीचमा भिडन्तको अवस्था सिर्जना गरी नेपाल आमाका शहीदका सपनालाई चकनाचुर पार्न खोज्ने जो सुकैलाई पनि नेपाली जनताले छोड्ने छैनन्। शोषण गरिबी, सामाज्यबाट मुक्ति गराई समृद्धि नेपालका लागि लडेका शहीदहरुको सपनालाई साकार पार्नको लागि सम्पूर्ण नेपाली एक भई सहमति, सहकार्य गरी अगाडि बढ्ने समयमा जातीय विखण्डन, अराजकता, बेरोजगारी, असहमतिलाई  अँगाल्ने हाम्रा देशका नेताहरुलाई खबरदारी गर्नुपर्दछ।

नेपाललाई सङ्घीयतामा लैजाने सवालमा तार्किक बहसहरु हुन आवशयक हुन्छ। संविधानसभाका सभासद्हरु अझ नेताहरु र जनताको बीचमा निहित व्यक्तिगत, क्षेत्रगत, जातिगत स्वार्थ नराखी छलफल वहसलाई व्यापक बनाई निर्णमा पुग्नुपर्दछ। सङ्घ वा राज्य विभेदीकरण गर्दा जात जातबीचमा असमानता विखण्डन, विकृति उत्पन्न भई द्वन्द्वको सृजना हुन सक्छ। हरेक पहिचान गर्नुपर्दछ। हाम्रो देशको समस्या भनेको गरिबी, अशिक्षा, अचेतना, अज्ञानता असमझदारी हो। यिनी कुराहरुको विरुद्धमा लड्ने अहिलेको आवश्यकता हो। व्यक्तिगत, गुटगत र पार्टी त स्वार्थ परिपूर्र्तिका लागि देशको अखण्डता, स्वाधीनता र राष्ट्रियतालाई बेवास्ता गरी विदेश शक्तिको चलखेलमा लागि विदेशीलाई नै हरेक आन्तरिक समस्यमा सामेल गरी उनीहरुको निर्देशन अनुसार चल्नु र आन्तरिक समझदारी बनाई अगाडि बढ्न नसक्नु नै अहिलेका राजनीतिक दलहरुको मुख्य समस्या हो। आफूहरु एकता र समझदारी गर्न नसक्ने र अरुलाई दोष लगाउनु शान्ति र संविधान नआउने दोस्रो कारण हो। यिनै कारणबाट देशमा जातीय द्वन्द्व उत्पत्ति हुन खोजेको हो। जातीय बहस हुन आवश्यक छ र बहस द्वन्द्वमा परिवर्तन भई संष्लेषण गर्न नसक्ने अवस्थामा यहाँका दलहरु पुगे भने पूरा राष्ट्र नै जातीय भड्काउ विकृति र विस·तिमा फसी असफल राष्ट्रमा गनिन सक्छ र नेपाल र नेपालीको अस्तित्व नै धरासायी हुन्छ। त्यसैले विभिन्न जातले अवश्य जातीय आन्दोलन गरे भने सम्पूर्ण नेपालीको अस्तित्व नै समाप्त हुने खतरा बढेको छ।

वर्तमान राष्ट्रिय समस्या शान्ति, संविधान र गरिबी हो। शान्ति, संविधान र गरिबीमा बहस नचलाई, व्यक्तिगत स्वार्थ, सरकार, पार्टी त स्वार्थ जातिगत स्वार्थ, गुटगत स्वार्थमा दशेका राजनीतिक दलहरु लाग्नु नै समस्याको समाधान नहुनु हो। सर्वपक्षीय वहस चलाई सबै पक्षलाई चित्त बुझ्ने किसिमले सङ्घ र सङ्घको नामाकरण गर्नुपर्दछ। हाल हल्ला चलेका विभिन्न सङ्घहरुमा तमुवान, मगरात, तामासालिङ आदि छन्। जस्तै तमुवान राज्यमा बस्ने तमुहरु भन्दा तमुवान राज्यभन्दा बाहिर बस्ने तमुहरुको सम्बन्ध विचार आउनु जरूरी छ। जस्तैः तमुहरु नेवा राज्यमा पनि त बसेका छन्। नेवा राज्यमा बस्ने तमुहरुको भावना कदर नहुँदा उनीहरुमा अन्यायमा पर्न सक्दछन् र त्यहीँबाट द्वन्द्व सुरु हुन्छ।

फेरि जातीय राज्यको निर्माण भयो भने, जातिभित्रका उपजातिहरुको बीचमा उपराज्यको कल्पना र मागहरु हुन सक्दछन्। यसरी नेपाल ढु·े युगजस्तो विभिन्न जालको झुण्ड, झुन्ड भई अप्रिmकी मुलुकहरुमा जस्तो जातीय युद्ध हुन सक्छ। नेपालमा कुनै एक ठाउँमा बहुमतरूपमा एकै जातीयहरुको बसोबास छैन। नेपाल भरि विभिन्न जातहरु फैलिएर रहेको अवस्था भएको हुँदा उनीहरुको बीचमा मेलमिलाप गरी भाइचाराको रूपमा बसोबास गरिरहेका छन्। यस्तो अवस्थालाई बिगारेर जातीय सद्भावलाई खलबल्याउन खोज्नु उचित हुँदैन। राज्य सञ्चालनका क्रममा चेतना र शिक्षा वर्गका हिसाबले पछि परेका जनतालाई समस्या र समानता दुवै सिद्धान्त प्रयोग गरी उनीहरुको संस्कृतिहरु मौलिकता संरक्षण र विकास गर्न सकिन्छ। त्यसैले गरिबी, उत्पीडनका निवारण गर्नका लागि जातीय राज्य नै चाहिन्छ भनेर देशलाई बन्धक बनाउनु उचित हुँदेन। आ-आफ्नो जातको अस्तित्व जातीय राज्यबाट हुन्छ भनी जातीय धार्मिक पार्टी त अस्तित्व खोज्दा नेपालको अस्तित्व नै हराई नेपाल र नेपालीको गौरव नै सड्ढटमा पर्न सक्छ। राज्यको पुन संरचना गर्दा प्रत्येक नागरिकहरुको वर्गीय, जातीय धार्मिक लै·कि आदि प्रतिनिधित्व हुने गरी राज्य सञ्चालन समानुपातिक व्यवस्था मिलाउन सके कसैलाई पक्षपात हुँदैन। उत्पीडनमा परेका जात र वर्गलाई केही समय विशेष अधिकारको व्यवस्था गरी उनीहरुलाई अग्रस्थानमा ल्याउन सकिन्छ। वास्तवमा नेपालका बहुसङ्ख्यक जनता वर्गीय मुक्ति चाहीँ रहेको अवस्थामा यो जात, त्यो जात यो धर्म त्यो धर्म भनी जातीय लर्डाई गर्ने र नेपाललाई क्षत विक्षत बनाई नेपालको नेपाली भई बस्ने आधार नै सड्ढटमा परेपछि पछुतो मानी बस्नुसिवाय केही हुने छैन। त्यसैले जातीय सद्भाव राखी पहिचान सामर्थ्य र भूगोललाई आधार मानी पछिसम्म राज्य सञ्चालन गर्न सहज हुने गरी राज्य पुनर्संरचना गर्न सकेमात्र नेपाल र नेपालीको इच्छा पूरा हुन सक्छ।