सम्पादकिय

यस प्रकाशनमा छापिएका सम्पूर्ण सम्पादकिय लेखहरु

बढ्दो गुण्डागर्दी चिन्ताजनक

Posted On August 17, 2011

देशमा गुण्डाहरुको सङ्ख्या बढ्दै गएको छ। उनीहरुको सङ्ख्या बढे अनुसार उनीहरुको स·ठन पनि बढेको छ। गुण्डाहरुले गरेको अपराधलाई राजनीतिकरण गरिएकोले दण्डहीनताको स्थिति बढेको छ। गुण्डाहरु अहिले स·ठित अपराधमार्फत समाजमा विशिष्ट सुविधा प्राप्त वर्गमा रूपान्तरण हुँदैछन् भनेर धेरैले टिप्पणी गरेका छन्। राजनीतिको संरक्षणमा गुण्डागर्दी बढ्दै गएको जुन स्थिति छ, त्यो चिन्ताजनक छ।

पुरा पढ्नुश..

लुम्बिनी विकास गर्ने तत्परता

Posted On August 15, 2011

शान्ति नायक भगवान बुद्धको जन्मस्थल लुम्बिनीको विकासले आज विश्वका धेरैको ध्यान आकषिर्त गरेको छ। लुम्बिनीलाई यो स्थितिमा पुर्‍याउने श्रेय संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव उत्थानलाई दिनुपर्दछ। उनले गरेर लुम्बिनीको गुरुयोजना तयार भएको हो र गुरुयोजना अनुसारको विकास गर्नमा पनि राष्ट्र सङ्घको ठूलो योगदान छ। त्यसलाई नेपालीहरुले कहिले भुल्नुहुँदैन।

पुरा पढ्नुश..

ब्रेक थु्रमा अर्जुनदृष्टि

Posted On August 14, 2011

राजनीतिमा नया-नयाँ नारा आउँछन्, नयाँ-नयाँ शब्द प्रयोग हुन्छन्। सर्वसाधारण मानिस त्यही नारा र शब्दको आशमा अब त केही होलान् कि भनेर प्रतीक्षा गर्दछन्। उनीहरुको धैर्यको बाँध टुटेपछि राजनीति गर्नेहरुले फेरि अर्को नयाँ शब्द ल्याउँछन् र त्यसैमा भुलाउँछन्। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ब्रेक थु्र पनि तिनै शब्दमध्ये एक हो भने प्रधानमन्त्री झलनाथ खनालको अर्जुनदृष्टि पनि यस्तै अर्को शब्द हो।

पुरा पढ्नुश..

समस्या समाधानमा पत्रकारहरु

Posted On August 11, 2011

नेपाल पत्रकार महासङ्घ कास्की शाखाको लागि हिजो अर्थात साउन २५ गतेको दिन ज्यादै महत्त्वको रह्यो। पाँच महिना पहिलेदेखि शाखाको विद्यमान विवाद हिजोको भेलाले समाधान गरेको छ। अधिवेशन र चुनावको विषयलाई लिएर पत्रकारहरुबीच मदभेद बढेको थियो। दुर्इ साता पहिले केन्द्रीय अध्यक्ष शिव गाउँलेले समस्या समाधानको फर्मूला तय गरेअनुसार हिजो त्यो कुरा व्यवहारमा परिणत भई समस्या समाधान भएको थियो।

पुरा पढ्नुश..

संसद् चल्न दिनुपर्दछ

Posted On August 10, 2011

देशमा बन्द, हडताल, चक्काजाम, संसद् अवरुद्ध गर्ने काम ज्यादै सस्तो भएको छ। सानो कामको लागि पनि बन्द, हडताल गर्ने गरिएबाट राष्ट्रको धेरै क्षति भएको छ। त्यस्तो क्षतिको मूल्याड्ढन गर्नुपर्दछ र त्यस्तो बन्द, हडताल गर्ने कामलाई निरुत्साहित पार्नुपर्दछ। अहिले नेपाली काङ्ग्रेसले संसद् अवरुद्ध गर्ने काम गरेको छ। संसद्को १० वटा बैठक अवरुद्ध गर्ने काम गरेको छ। संसद्को १० वटा बैठक अवरुद्ध भएको छ।

पुरा पढ्नुश..

आदिवासी जनजातिहरुको जिम्मेवारी

Posted On August 09, 2011

आज विश्व आदिवासी दिवस। विश्वका आदिवासी जनजातिहरुले आज १७ औं आदिवासी दिवस मनाइरहेका छन्। संयुक्त राष्ट्र सङ्घले आदिवासी जनजातिहरुको समस्यामा ध्यान केन्द्रित गरी यो दिवस मनाउन थालेपछि स्थितिमा केही परिर्वतन आएको छ। विश्वका अन्य देशका आदिवासी जनजातिको जस्तै नेपाली आदिवासी जनजातिहरुको स्थितिमा पनि सुधार आएको छ।

पुरा पढ्नुश..

लुम्बिनीको विकास

Posted On August 08, 2011

लुम्बिनीको विकासबारे अहिले थरिथरिका कुरा आइरहेका छन्। एकातिर आर्थिक अभावका कारण लुम्बिनीको गुरुयोजना पूरा गर्न सकिएको छैन भने अकोर्तिर बाहिर लुम्बिनीको नाममा अर्बौ रकम लगानी गर्ने सम्झौता भएको चर्चा छ। सरकारले तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा गर्ने प्रतिवद्धता बजेटमा जनाएको छ। तर बजेट भने मात्र ११ करोड विनियोजना गरेको छ। जब कि त्यो पूरा गर्न छ अर्ब चाहिने अनुमान छ।

पुरा पढ्नुश..

महासचिव मुनको चिन्ता

Posted On August 07, 2011

प्रधानमन्त्री झलनाथ खनालसँग संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले नेपालका शान्ति प्रक्रियामा र संविधानको प्रगतिबारे टेलिफोन वार्ता भएको समाचार र्सार्वजनिक भएको छ। महासचिव मुनले आधा घण्टासम्म वार्ता गरे। नेपालको शान्ति प्रक्रिया र संविधान निमार्ण ारे राम्रा शुभचिन्तकहरु के कति चिन्तित रहेछन् भनेर देखाउँछ।

पुरा पढ्नुश..

जोर्ज जोन शिक्षा प्रतिष्ठान

Posted On August 05, 2011

पोखराको पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सिपल शिक्षाविद् जोर्ज जोन शिक्षा र समाज सेवाको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गरेर पोखरामा स्थापित जोर्ज जोन शिक्षा प्रतिष्ठानको पन्ध्रौ साधारणसभा शनिबार पृथ्वीनारायण क्याम्पसमा सम्पन्न हुन गइरहेको छ। साधारणसभामा सभाका विविध कार्यका अरिरिक्त शिक्षा क्षेत्रमा निरन्तर लागि महत्त्वपूर्ण योगदान पुर्‍याएकाहरूलाई सम्मान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

पुरा पढ्नुश..

प्रधानमन्त्रीको नियति

Posted On August 04, 2011

राष्ट्रिय सहमतिको लागि अर्जुन दृष्टि लगाउने भनेर अग्रसर भएका एमाले अध्यक्ष झलनाथ खनाल एकीकृत माओवादीसँग गोप्य सहमति गरी बहुमतीय आधारमा प्रधानमन्त्री भए। बहुमतीय आधारमा प्रधानमन्त्री भए तापनि उनले त्यो नारा कहिले छोडेनन् र व्यवहारमा फेरि उनले राष्ट्रिय सहमति जुटाउन ठोस काम पनि गरेनन्। राष्ट्रिय सहमति भन्दै माओवादी पोस्ने काम गरेको आरोप उनकै पार्टीका नेताहरुले उनीमाथि लगाउने गरेका छन्।

पुरा पढ्नुश..