यस प्रकाशनमा छापिएका सम्पूर्ण सम्पादकिय लेखहरु
खेलकुद क्षेत्रमा परिचित एवं प्रतिष्ठित संस्था पोखराको सहारा क्लबको आयोजनामा आजदेखि पोखरा र·शालामा आहा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ। खेलकुदको विकासमा सहकार्य गरौं पोखरालाई खेल पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने मुल नाराका साथ प्रारम्भ हुन लागेको प्रतियोगितामा दुर्इ विदेशी टीमलगायत १२ टीमले प्रतिस्पधा गर्दैछन्।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सपथ खाइकै दिनदेखि धेरै भविष्यवाणी गर्दै आएका छन्। उनले पहिले डेढ महिनामा शान्ति प्रक्रिया टुङ्गयाउने भविष्यवाणी गरेका थिए। त्यसपछि पनि पटक-पटक गरेका छन्। अहिले फेरि एक महत्त्वपूर्ण भविष्यवाणी गरेका छन्। उनले मङ्गलबार पाल्पा तानसेनमा आयोजित पत्रकार भेटघाटमा यही साताभित्र यही सरकार राष्ट्रिय सहमतिको सरकारमा परिणत हुनेछ भनी प्रष्ट भविष्यवाणी गरेका छन्।
अर्थ मन्त्रालय यतिबेला मध्यावधि समीक्षामा जुटेको छ। यस किसिमले बेलामौकामा समीक्षा गर्नु एक राम्रो परम्परा हो। समीक्षाको पहिलो दिन प्रधानमन्त्री डा.भट्टराईले प्रगति समीक्षाबारे धेरै असन्तोष व्यक्त गरे। उनले आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि कतिपय योजना स्वीकृत भएर नगएकोमा सम्बन्धित मन्त्री र सचिवहरुप्रति आक्रोश पोखे।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि नेपालको स्थायी समस्या भएको छ। यसको मूल्य बढ्दै गएको छ। भन्न त सरकारले अन्तर्राष्ट्रिय बजारमा यसको भाउ तलमाथि भए अनुसार समायोजन गर्ने भनेको छ। तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको बेलामा यहाँ समायोजन गरी मूल्य घटाउने गरिदैन भने त्यहाँ बढेको बेलामा मात्र समायोजनको नाममा यहाँ भाउ बढाउने गरिएको छ।
संविधान घोषणा गर्ने दिन अब चार महिनामात्र बाँकी छ। जेठ १४ गते संविधान घोषणा भएन भने के होला, कस्तो होला भन्ने सन्त्रास सर्वसाधारणमा छ भने राजनीतिक पार्टीले त्यसलाई प्राथमिकताको विषय बनाएर लेख्ने प्रयास गरेका छैनन्। उनीहरु संविधानसभाको म्याद थप्ने बेलामा के-के न गरेझैं गरी देखाउँछन्, अरु बेला अनावश्यक विवाद झिकेर समय नष्ट गर्दछन्।
दश वर्षे सङ्र्घर्षको बेला माओवादीले कब्जा गरेका घर जग्गा फिर्ता गर्ने कुरामा माओवादीले पटक-पटक प्रतिवद्धता जनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला व्यवस्थापिका संसद्मा पनि उनले दिन नै तोकेर जग्गा फिर्ता गर्ने पतिवद्धता जाहेर गरेका थिए। अरु पार्टीँगको कतिपय सहमतिमा पनि यो कुरा उल्लेख छ।
जनतालाई राहत दिने प्रतिवद्धताका साथ विस्तार भएको प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले पटक-पटक मूल्य वृद्धि गर्दै आएको छ। सरकारले यस पटक त चर्को रूपमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सरकारले ग्याँसमा प्रलिसिलिण्डर एक सय ७५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टटिेल प्रतिलिटर ९ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा पाँच रुपैयाँ बढाएको छ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनका प्रधानमन्त्री वेन जियाओकासमक्ष आफूले भारत र चीनबीचको पुल बन्न चाहेको बताएका छन्। उनले नेपालीहरुलाई त्यसो भन्दा अरु कुरा पनि थपेका छन्। उनले भनेका छन्-’हामी भारत र चीनबीच पुलका रूपमा वसेनौं भने दुर्इमध्ये एकमा मर्ज, हुन सक्ने खतरा छ। दुर्इ देशबीच पुल बन्ने कुरा उनको सपना हुन सक्छ भने र्ँमर्ज हुन सक्ने कुरा’ जुन उनले भनेका छन्, त्यो राष्ट्र, राष्ट्रियता र अखण्डताको दृष्टिले आपत्तिजनक छ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले देशमा जति विदेशी लगानी भित्रिन्छ, उति नेपालको विकास हुन्छ भनेर एकतर्फीरूपले विदेशी लगानी भित्र्याउन लागिपरेका बेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा विदेशी पूँजी निर्वाधरूपले भित्रिए स्वदेशी उद्योगी व्यवसायी नाङ्लो पसलेमा परिणत हुने चेतावनी दिएका छन्।
छिमेकी मित्र राष्ट्र चीनका प्रधानमन्त्री वेन जियाबाओले हिजो नेपालको संक्षिप्त भ्रमण गरे। प्रधानमन्त्री बाओ कतारको दोहा जाने क्रममा नेपाल आएका थिए। नेपालले उनको भ्रमणका लागि धेरै प्रयास र प्रतीक्षा गरेको थियो। उनको नेपाल भ्रमणका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदार चीन गएर भ्रमणको व्यवस्थाका लागि प्रयास गरेका थिए।