लेख

यस प्रकाशनमा छापिएका सम्पूर्ण लेखहरु

चालु शैक्षिक आन्दोलन र यसको औचित्य

Posted On March 13, 2012

नेपाली शिक्षकहरु यतिखेर विगत तीन महिनादेखि आन्दोलनरत छन्। शिक्षकहरुद्वारा सञ्चालित आन्दोलनका बारेमा यतिखेर सवैतिरबाट चर्चा, परिचर्चाहरु भएका छन्। अभिभावक, विद्यार्थी, नागरिक समाज, राजनैतिक पार्टी सरकार सवैले यो आन्दोलनका बारेमा आ-आफ्ना धारणाहरु बनाएका छन्। यो आन्दोलनको औचित्यताका बारेमा प्रश्नहरु उठाइएका छन्। नेपालको शैक्षिक इतिहासमा सम्भवतः सवैभन्दा ठूलो शैक्षिक आन्दोलन अगाडि बढिरहेका बेला यो आन्दोलनको औचित्यताको खोजी अत्यन्त सान्दर्भिक पनि छ। र, आन्दोलनको औचित्यताको पुष्टि गर्नुपर्ने दायित्व आन्दोलनरत सवै शिक्षकहरुले लिनैपर्दछ।

पुरा पढ्नुश..

पोखरा नगरीको बढ्दो सहरीकरणसँगैको ट्राफिक व्यवस्थापन

Posted On March 06, 2012

पोखरामा दिनप्रतिदिन सवारी साधनको सङ्ख्या वृद्धि हुँदै जाँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिन थालेको छ। काठमाडौंमा जस्तै कार्यालय समयमा हुने ट्राफिक जामको समस्या विस्तारै यहाँ पनि देखिन थालेको छ। विशेषगरी सिर्द्धार्थ चोक, चिप्लेढुङ्गा एरियामा यो समस्या देखिन थालेको छ। पोखरामा देखिने ट्राफिक समस्यालाई समयमै व्यवस्थापन गर्न तर्फ नलाग्ने हो भने भविष्यमा यसले विकराल रुप लिने निश्चित छ। पोखराको ट्राफिक व्यवस्थापनमा समस्याका रुपमा देखिएका कारक तत्वहरुलाई निम्न रुपमा हेर्न सकिन्छ ?

पुरा पढ्नुश..

असफल राष्ट्र परिभाषित गर्ने सूचाड्ढहरु के हुन् ?

Posted On March 05, 2012

आजभोली असफल राष्ट्रबारे चिया पसल, पत्रपत्रिका किन्ने र पढ्ने ठाउँ, विश्वविद्यालय र क्याम्पसका खाली चउर, सरकारी र गैरसरकारी कार्यालयका घाम ताप्ने प्रा·ण, माइक्रोबस, असन्तुष्ट राजनीतिक कार्यकर्ताको जमघट र गाउँघरको मेलापातमा चर्चा परिचर्चा हुने गरेको पाइन्छ। तथापी कस्तो अवस्थाको राष्ट्रलाई असफल राष्ट्र भनि परिभाषित गर्ने भन्ने सर्न्दर्भमा लिपिवद्ध आलेखहरु बिरलै भेटिन्छन्।

पुरा पढ्नुश..

सामाजिक,आर्थिक विकास र इज्जत

Posted On March 02, 2012

‘गाउँमा काम गरी खान त साह्रै गाह्रो रहेछ। पैसाको त के कुरा हीनताबोधले टिक्नै गाह्रो त्यसैले लाखौं लगानी गरेको व्यवसाय कौडीको भाउमा सित्ताएर विदेश जाँदै छु।’ मेरा एक शिक्षक मित्रको भनाइ हो यो। ड्रि्री हासिल गरिसक्दा पनि उपयुक्त जागिर नभेटाएपछि, एक प्राइभेट स्कुलको जागिर छाडेर कृषि व्यवसायमा हामफालेका ति मित्रले गुनासो गर्दै थिए, हाम्रो संस्कार र स्वभावले गरिखान नदिंदो रहेछ। यत्रो पढेको मान्छे बङ्गुर पालेर बस्छ, केही गर्न नसकेर यस्तो फोहोर काम गर्दै छ।

पुरा पढ्नुश..

हिमालय आँखा अस्पताल र झलक थापा

Posted On March 01, 2012

१ मार्च १९९३। हिमालय आँखा अस्पताल पोखराको घारीपाटनमा स्थापना भएको दिन। यो दुर्इ दशकको अवधिमा यस अस्पतालले पोखरेलीलाई मात्र हैन पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रका अधिकांश जिल्लावासीलाई आफ्नो सेवा दिएर, नयाँ संसार हेर्ने ज्योति प्रदान गर्न सफल भएको छ। पूर्वाधार र गुणस्तरीय सेवाका कारण यो अस्पताल नाम कमाउन सफल पनि छ। आँखाको कुनै पनि समस्या हुनेवित्तिकै अधिकांशले ‘टप अफ दि माइण्डमा’ भरोसाका साथ सोच्ने हस्पिटल नै ‘हिमालय आँखा अस्पताल’ हो। तर यति हुदा हुदै पनि हामी धेरैलाई -सम्भवत अस्पतालकर्मीलाई पनि) थाहा नहुन सक्छ यो कसको – पहलमा पोखरामा आएको हो भनेर। कञ्जुस्यार्इं नगरी र इमान्दारपूर्वक भन्ने हो भने हिमालय आँखा अस्पताल पोखरामा बन्नुमा ‘तरुल’ झैं लुक्न चाहने स्वभावका धनी पर्यटनविद् झलक थापाको ठूलो देन छ। यसका लागि हामी सम्पूर्ण पोखरेली (अन्यले पनि) ले उहाँलाई आभार व्यक्त गनैपर्छ र आगमनको श्रेय दिनैपर्छ।

पुरा पढ्नुश..

अको सरकारको कल्पना अनिष्ट

Posted On February 29, 2012

हाम्रा चमत्कारी चेलीहरुले क्रिकेट खेलमा भरखरै अन्तर्राटि्रय क्षेत्रमा प्रतिस्पर्धी भएर विजय प्राप्त गर्नाले हामीलाई यतिखेरको महङ्गी र अभावले चिन्तित गराए पनि त्यो चिन्तालाई भगाई हामीलाई आनन्द दिएर भविष्यलाई समेत उत्साहित बनाएको छ। नेपालीहरु आफै अनुशासित भएर काम गरेमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी भएर बाँच्न सक्ने क्षमता छ भन्ने कुरा उक्त क्रिकेट खेलको विजयले प्रमाणित गर्दछ। हामी हरेक क्षेत्रमा प्रतिस्पर्धी हुन सकेमा हाम्रो पनि व्यक्तित्व विकास हुनुको साथै आर्थिक उन्नति पनि छिट्टै गर्न सकिन्छ भन्ने कुरा अनुभव सिद्ध भएको छ। भारत र चीनको बीचमा मैत्री साँघु भएर बस्नुपर्छ भन्ने हाम्रा प्रधानमन्त्री डा. भट्टराईको चाहना प्रतिस्पर्धा गर्न सक्ने विश्वासमा नै हुनुपर्छ।

पुरा पढ्नुश..

स्मृतिको पानामा भिक्षु कुमार काश्यप महास्थवीर

Posted On February 28, 2012

भिक्षु कुमार काश्यप महास्थवीर -जो ‘कुमार भन्ते’ नामले बढी परिचित हुनुहुन्थ्यो) को २०६८ साल फागुन १४ गते काठमाडौंमा निधन भयो। उहाँ ८५ वर्षका हुनुहुन्थ्यो। उहाँ केही महिनादेखि मिर्गौला र मस्तिष्कको नशासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो।

पुरा पढ्नुश..

लौ सुन्नुहोस् बोक्सी र देवताको कथा

Posted On February 27, 2012

चितवनका ढेगनीदेवीलाई बोक्सीको आरोपमा आफन्तले कुटपिट गरेर मारेछन्। बोक्सीको आरोपमा नेपाली महिलाहरु सदियौंदेखि हिंसामा परेर ज्यान गुमाउनुपरेको दुखान्त अभिशाप हामीसँग छ। बोक्सीको बारेमा हामी सानो छँदा विभिन्न किंवदन्ती सुन्ने गरिन्थ्यो।

पुरा पढ्नुश..

शहीद स्मृति पुस्तकालय : एक चिनारी

Posted On February 25, 2012

कास्की जिल्ला पोखरा उप-महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित शहीद स्मृति पुस्तकालय सञ्चालन भएको झण्डै २३ वर्षमा प्रवेश गर्दैछ। ढिलै भए पनि पुस्तकालय पोखराको नमुना पुस्तकालयको रूपमा व्यवस्थित हुने क्रममा छ। भर्खरै शहीद दिवस २०६८ माघ १६ मा पुस्तकालय नयाँ संरचनासहितको भवनमा पुनस्र्थापित भएको छ। चेतनशील, शिक्षाप्रेमी र सुसूचित हुन चाहने बौद्धिक वर्गका लागि यो अर्को खुसीको सर्न्दर्भ हो।

पुरा पढ्नुश..

जनजनलाई आश्वासन कि दैनिक उपभोग्य सामान ?

Posted On February 24, 2012

पछिल्लो समयमा नेपालमा ठूला ठूला राजनीतिक परिवर्तन भए। नयाँ नेपाल निर्माणका ठूला ठूला सपना बाँडिए। परिवर्तनका नारा उराल्ने नयाँ राजनीतिक शक्ति सत्तामा आए। के के नै गर्लान्झैं भयो। जनताले सर्वाधिक पत्याएका र बुहप्रतीक्षित कहिल्यै पनि दोस्रो हुन नजानेका बुद्धिविलास पनि पछिल्लो समयमा मुलुकको सवोर्च्च कार्यकारी पदमा पुगे। उनले पनि आम गरिब, किसान, मजदुर, महिला, दलित, मधेशी, उत्पीडित, उपेक्षित, सिमान्तकृत र राज्यको मूलधारमा नसमेटिएका जनताको लागि एकलव्य नै बन्ने प्रण गरे।

पुरा पढ्नुश..