लेख

यस प्रकाशनमा छापिएका सम्पूर्ण लेखहरु

आमाको दूध नै शिशुको लागि सवोर्त्तम खाना

Posted On August 05, 2011

गर्भमा रहँदा प्रत्येक शिशुलाई पोषक तत्व आमाको गर्भवाट प्राप्त हुन्छ। जन्मेपछि पनि शिशुले सर्वप्रथम आमाको दूध नै खान्छ, खुवाउनुपर्दछ। ‘कुपोषण’ जनस्वास्थ्य समस्याको रूपमा रहेका देशमध्ये नेपाल पनि एक हो। बालबालिका कुपोषित हुनु, किशोर किशोरीहरु कुपोषित हुनु, गर्भवती कुपोषित हुनु र कुपोषित आमाबाट कुपोषित शिशु जन्मनु तथा सुत्केरी महिलाको पोषण स्थिति खस्कँदै जानु एउटा कुपोषणको चक्र हो। शिशुहरुलाई उचित मात्रामा उपयुक्त तरिकाले स्तनपान नगराउनु कुपोषण चक्रको एउटा प्रमुख कारक तत्त्व मानिन्छ। यस लेखमा स्तनपानको महत्त्व, स्तनपानको वर्तमान अवस्था, शिशुलाई स्तनपान गराउने तरिका तथा स्तनपान नगराउँदा हुने असरहरुको वारेमा चर्चा गरिने छ।

पुरा पढ्नुश..

नागपूजा

Posted On August 04, 2011

श्रावण शुक्ल पञ्चमीमा नाग पूजा गरेर घरमा नागको प्रतिमा फोटो वा चित्र बनाई यथा विधिअनुसार टाँस्नाले विद्युत्, अग्निजन्य, दोषबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। नाग जलको देवता जमिनका देवता र घरका पनि देवता मान्छिन्। अष्टस्थिर पर्वत विन्ध्याचल, चित्रकुट, हिमालय आदि पर्वतलाई नाग मानिन्छ र तिनै पर्वत र धर्तीलाई स्थिर र शान्त राख्नु नाग देवताको पूजा गरिन्छ। नागका पनि देवता छन्। भगवान शिवलाई नागेश्वर भनिन्छ गलामा धारण गरेर शिवले नागलाई अलड्ढार सावित गरिदिनुभएको छ। शिवको गलामा रहेको विषलाई लिन र गौरवान्वित हुन सर्पहरु लालयित हुन स्वाभाविक हो।

पुरा पढ्नुश..

एक गुमनाम शिक्षक

Posted On August 02, 2011

कर्म क्षेत्रमा लागुञ्जेल मानिस अति गतिशील रहन्छ । उसलाई फुर्सद कमै हुन्छ । समय अपुग भए जस्तै हुन्छ । दिन छिटो र रात अबेर भए हुन्थ्यो जस्तो लाग्छ । के गर्ने, प्रकृतिको नियम आफूले चाहे जस्तो हुँदैन । प्रकृतिसँग सम्झौता गनैपर्ने हुन्छ सबैले । कर्मठ व्यक्ति आ-आफ्नो पेशा अनुसार व्यापार, उद्योग, कृषि, कार्यालय सेवा आदिमा सूयोर्दयदेखि अस्तकालसम्म व्यस्त रही सङ्र्घर्षमय जीवन बिताइरहेका हुन्छन् । तीतामीठा फलका साथ रमाइरहेका हुन्छन् कार्यमा । यस्तैमा उनीहरुलाई जोशजाँगर आउँछ, समस्यासँग लड्दै कार्यक्षेत्रमा लागिपरिरहन्छन् । यस्ता व्यक्तिलाई घामले सुकाउँदैन, पानीले रुझाउँदैन, उकालोले थकाउँदैन, ओरालोले लडाउँदैन नत हावाहुरीले नै विचलन गर्न सक्छ उनीहरुलाई ।

पुरा पढ्नुश..

सलाम विकृतिविहीन तीज मनाउनेहरुलाई

Posted On August 01, 2011

गत हप्ता मेरो लेख साउन महिना हरियो चुरा र बोलबमप्र्रति धेरै प्रतिक्रिया प्राप्त भयो। प्रतिक्रिया दिने लाममा गृहणीदेखि प्राध्यापकसम्म हुनुन्थ्यो। हामी लेखकले एकोहोरो लेख्ने पाठक प्रतिक्रिया नलिने हो भने साँच्चै हाम्रो लेखको कुनै अर्थ छैन। पाठक प्रतिक्रिया भनेको लेखकको लागि ऐना हो। आफू कस्तो छु भन्ने जान्नको लागि ऐना हेर्र्नुपर्छ त्यसैगरी लेखकका लागि पाठकप्रतिक्रिया नै ऐना हुन्छ। यस पत्रिकाको लागि म नियमित लेख्न खोज्ने अनियमित लेखक हूँ।

पुरा पढ्नुश..

प्रधानमन्त्रीलाई पत्र

Posted On July 31, 2011

सम्माननीय प्रधानमन्त्री ज्यू,

नागरिक नमस्कार।

नेपाली जनता संविधानसभाबाट जारी हुने संविधानको लागि व्यग्र छन्। नेपाली जनतालाई वास्तविकरूपमा सार्वभौमसत्तासम्पन्न स्वीकार गरिएको नेपालको संविधान, २०६८ यहाँको नेतृत्व रहेको समयमा जारी हुनेछ भन्ने पूर्णविश्वास गरिरहेको बेला तपार्इंको सरकार संविधान निर्माणमा अलमलिएको भान भइरहेको छ। संविधान निर्माण र शान्ति प्रक्रियाका गाँठा फुकाउन तपाईंको नेतृत्व जति प्रभावकारी हुनुपने हो त्यति हुन नसकेको महसुस नेपाली जनजनले गरिरहेका छन्।

पुरा पढ्नुश..

दलित मुक्ति

Posted On July 31, 2011

‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।’ लक्ष्मीप्रसाद देवकोटाको यो भनाइ साँच्चिकै यथार्थ र सान्दर्भिक छ। तर यो अन्ध विश्वासमय र कुसंस्कारले जरो गाडेको समाजलले यो भनाइलाई बुझन सकेन, न त यो समाजमा आफूलाई समाजसेवी, सभ्य, शिक्षित र शासक ठान्नेहरुले नै अनुभूति गर्न सके। उनीहरुको सारा दिमागै धमिराले खाएको छ त के गथ अनुभूति। मानिसले मानिसलाई छोएर मानिसकै जात जाने परम्परा रहेको मध्ययुगीन सभ्यता हाम्रो नेपाली समाज अझै समाप्त हुन सकेको छैन। हाम्रो देशका बुद्धिजीवी,न्यायप्रेमी, समाज परिवर्तन र विकासमा लाग्नेहरु यिनै मध्ययुगीन कुसंस्कारका विरुद्धमा बारम्बार कलम घोटिरहन बाध्य छन्।

पुरा पढ्नुश..

किन फेरिएका होलान् त शब्दका अर्थहरु ?

Posted On July 30, 2011

तपाईंलाई सुन्दा पनि अनौठो लाग्ला झ् अनौठो नमान्नुस् यो साँचो भन्दैछु। हामी सबैले देखिरहेकै कुरा हो। यो संसार नाम गरेको नर्कको राजधानी नेपाल भन्ने ठाउँ यहाँ हेर्नुहोस् त हेरे सरम लाग्छ, खाए विमार लाग्छ, पिए नशा लाग्छ छोए फोहोर लाग्छ, बोलाए बात लाग्छ भनेर मैले भन्न खोजेको होइन मेरो मतलव त यो हो कि यहाँ केही पनि गर्नुहुँदैन। यहाँ नव राम्रो गर्नुहुन्छ न नराम्रो नै, एकले अर्काेलाई कसरी तल पार्ने बोलेर हुन्छ कि नबोलेर हुन्छ कि झुटा आरोप लगाएर हुन्छ कि अरुको कुभलो नगरी यहाँ के म के तपाई कसैलाई पनि खाएको पच्दैन। यहाँ राजनीतिमा लाग्नु पनि हुँदैन नलाग्दा पनि हुँदैन न कुनै नियम संविधान बन्यो न पुरानो रयल पयल बाँकी छ, जता हेरे पनि उजाड छ उदास छ, अर्न्तर्द्वन्द्वको दुर्गन्ध छ। न नियम न कानुन अनि उखानै छ रे नेपालको कानुन आफ-आफै जानुन।

पुरा पढ्नुश..

रक्तदान जीवनदान : एक चर्चा

Posted On July 28, 2011

मानव सभ्याताको विकाससँगै स्वास्थ्य क्षेत्रमा अकल्पनीय उपलब्धिहरु प्राप्त भएका छन्। २१ औं शताब्दीमा विज्ञानले गरेको चौतर्फी विकाससँगै विभिन्न कारणले रगतको कमीबाट हुने मृत्युलाई तत्कालै मानिसको रगत दिएर बचाउन सकिने प्रविधिको विकास चिकिल्सा क्षेत्रमा भयो। विज्ञानको उच्च विन्दुमा विकास भए तापनि रगतको कमीबाट हुने मृत्युबाट बचाउन मानिसको रगतको विकल्प उपलब्ध हुन सकेको छैन। विभिन्न कारणले रगतको आवश्यकता पर्ने व्यक्तिलाई अर्को व्यक्तिको शुद्ध र समूह मिल्ने रगत तत्काल उपलब्ध गराउनुपर्ने आवश्यकता वढ्दो छ। त्यसैले रगतको अभावबाट मानिसको जीवनरक्षा गर्न रक्तदान नै एक मात्र विकल्प हो।

पुरा पढ्नुश..

साउन महिना हरियो चुरा र बोलबम

Posted On July 25, 2011

साउन महिना धर्म र संस्कृतिको महिना मानिंदोरहेछ। साउन महिना आयो कि आएन भनेर क्यालेण्डरको पात्रो हेर्न पर्दैन, नारीहरुका हातमा हरियो चुरा हेरे पुग्छ। महिला दिदीबहिनीहरुको हातमा हरियो चुरा देखेपछि साउन महिना लागेछ भन्ने बुझ्नुपर्छ। नारीहरुको हात क्यालेण्डर बनेको छ।

पुरा पढ्नुश..

सच्चा क्रान्तिकारी बामपन्थी पिता कमरेड पुष्पलाल

Posted On July 23, 2011

कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता हुनुहुन्छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकार पनि हुनुहुन्छ। वि.सं. १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्म भई २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा दिवंगत हुनुभएका क. पुषलाल श्रेष्ठ राणा विरोधी आन्दोलनको विगुल फुक्ने शहीद गंगालाल श्रेष्ठका माईला भाइ हुनुहन्थ्यो।

पुरा पढ्नुश..