लेख

यस प्रकाशनमा छापिएका सम्पूर्ण लेखहरु

सङ्घीयताको गाँठो

Posted On May 13, 2012

हामी मुलुकलई सङ्घीय ढाँचामा ढाल्ने अभियानमा लागिसकेका छौं। क्षेत्रीय, जातीय, सास्कृतिक र भाषिक अनेकताबीच राष्ट्रिय एकताको डोरी बाट्ने उद्देश्यले नै हामीले सङ्घीयता रोजेका हौं। समग्रमा सङ्घीय राज्यलाई राष्ट्रिय एकता र शक्तिलाई राज्यका अधिकारसँग सामञ्जस्य राख्ने लक्ष्यका साथ अपनाइएको प्रणाली भन्न सकिन्छ। यद्यपि यस सम्बन्धमा विभिन्न समुदाय र राजनीतिक दलहरुबीच ठूलो दरार छ।

पुरा पढ्नुश..

माओवादी, जातीय राज्य र ब्राह्मण क्षेत्रीको आन्दोलन

Posted On May 11, 2012

माओवादी पार्टीका नेताहरुले ०५२ सालमा सशस्त्र जनयुद्धको घोषणा गरेर वर्ग सङ्र्घर्षद्वारा सत्ता कब्जाको स्वप्न बाँडे तापनि जनसमूहले सहयोग नगरेपछि माओवादीले हरेक जनजातिलाई आफ्ना नाउँमा जातीय राज्यको निर्माण गर्न पाउने राजनीतिक अग्राधिकार, आत्मनिर्णको अधिकार पाउनेछन् भनेर उक्साएपछि केही जनजातिहरुले जातीय राज्यको स्थापना गर्ने लोभमा माओवादीलाई साथ दिए र जातीय राज्य स्थापना गर्ने माग अघि बढाए।

पुरा पढ्नुश..

तातोपानीको त्यो सुनामी : मैले प्रत्यक्ष जे देखें र भोगें

Posted On May 09, 2012

भुर्जुङ्गखोलामा मेरा एक मित्र हुनुहुन्थ्यो, मीनकुमार श्रेष्ठ, उहाँले तातोपानीको काभ्रे गाउँ जाने बाटोमा अर्गानिक खेती गरिरहेको केही दिन अगाडि मलाई जानकारी गराउनुभएको थियो। कुनै एकदिन छुट्टकिो दिन पारेर म एकपटक घुम्न र निरीक्षण गर्न आउँला भनेर मैले उहाँलाई भनेको थिएँ।

पुरा पढ्नुश..

विश्वविद्यालयमा भागबण्डा र यसले ल्याउने दुष्परिणाम

Posted On May 08, 2012

हाल सालै पोखरा विश्वविद्यालयमा भएका करिब एक दर्जन नियुक्तिहरु र त्यसले जन्माएका विविध प्रतिक्रियालाई संश्लेषण गरी केही कुरा चर्चा गर्नु उपयुक्त हुनेछ भन्ने लागेको छ। विशेष गरी पश्चिमाञ्चल क्षेत्रको शैक्षिक क्षेत्रको अत्यन्तै महत्त्वपूर्ण यस संस्थाको उन्नति र प्रगति चाहने सम्पूर्ण अभिभावक, बुद्धिजीवी, सरोकारवालासमक्ष आफूलाई अनुभूति भएका कुराहरु सम्प्रेषण गर्न चाहन्छु।

पुरा पढ्नुश..

क्षणभरमा अस्तित्वविहीन भयो खारपानी बजार

Posted On May 07, 2012

पोखरादेखि २० किलोमिटर उत्तरमा कास्कीको मिर्सा करुवा, कपुजे र भराभरीको बीचमा अवस्थित सार्दीखोलाको रमणीय पर्यटकीय गाउँ खारपानी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको थियो।

पुरा पढ्नुश..

बुद्धका उपदेशको पालना गरौं

Posted On May 07, 2012

२५५६ वर्ष अगाडि नेपालको लुम्बिनीमा बुद्ध भगवान जन्मिएका हुन्। उनको न्वारनको नाम सिर्द्धार्थ गौतम थियो। सिर्द्धार्थ गौतम शाक्यवंशीय राजा शुद्धोदन र रानी मायादेवीका पुत्र हुन्। नेपालको लुम्बिनीमा जन्मेर देशबाहिरसमेत बुद्ध दर्शनको प्रचार-प्रसार गर्नेऐतिहासिक महापुरुष बुद्ध हुन्। जन्म, बुद्धत्व र महापरिनिर्वाण एकै दिन प्राप्त गरेका हुन्। बुद्धले संसारलाई शान्तिको मार्ग देखाए, उनका उपदेशहरु हिजो जति सान्दर्भिक थिए आज पनि त्यत्तिकै छन् र भोलि पनि त्यति नै हुनेछन्। आज विश्व मानवले बुद्धलाई शान्तिका अग्रदूत भनेर पूजा गरेको छ। शान्तिपूर्ण वातावरणमा एक अकोर्सँग मैत्री, सद्भाव र समझदारी राख्ने तथा पारस्पारिक विवाद नल्याई स्वतन्त्ररूपमा बाँच्ने राजनीतिक सिद्धान्त शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील बुद्धका उपदेशबाट अपनाइएका छन्। ती पाँच सिद्धान्त यस प्रकार छन्।

पुरा पढ्नुश..

बुद्धजयन्तीको सार्थकता

Posted On May 05, 2012

नेपाली माटोका सपुत, शान्तिका अग्रदूत, सिर्द्धार्थ गौतम बुद्धको जन्म आजभन्दा २६३५ वर्ष पूर्व वैशाख पूणिर्मा, शुक्रबारका दिन नेपालको लुम्बिनीमा भएको हो। वैशाख पूणिर्माकै दिन बोधिसत्व सिर्द्धार्थ गौतमले आजभन्दा २६०० वर्ष पूर्व बुधबारका दिन भारतको बोधिगयामा बुद्धत्व ज्ञान प्राप्त गर्नुर्भई सम्यक सम्बुद्ध कहलाइनुभएको हो। बुद्धत्वज्ञान प्राप्तिपछि प्राणीमात्रको हित कल्याणका लागि ४५ वर्षसम्म अनवरत धर्मको प्रचारप्रसारमा लाग्नुभई बुद्धसम्वत् २५५५मा ८० वर्षको उमेरमा म·लबार, वैशाख पूणिर्माकै दिन भारतको कुशीनगरमा महापरिनिर्वाण (देहावसान) हुनुभयो। यही परिनिर्वाण दिनको गणनाबाट शुभारम्भ भएको बुद्धसम्वत्को यतिखेर २५५५औं नयाँ वर्षारम्भ भएको छ।

पुरा पढ्नुश..

शान्तिका दूत गौतम बुद्ध

Posted On May 04, 2012

बैशाखपूणिर्मा तीन संयोगको दिन पनि हो। यस दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको थियो। तसर्थ यस दिनलाई बुद्ध पूणिर्मा पनि भनिन्छ। बैशाख पूणिर्मालाई स्वायँ पून्हीको रूपमा पनि मनाउने गरिन्छ। यस अवसरमा भिक्षुहरुले शील प्रार्थना, बुद्ध पूजा र धर्मदेशना आदि गर्दछन्। बज्राचार्यहरुले चैत्य पूजा र तुतः पाठ गर्दछन्। कतैकतै बुद्ध प्रतिमाको यात्रा गराउने चलन पनि छ। राष्ट्रिय विदा घोषित यस दिन बुद्धको उपदेशबारे व्यापक चर्चा गरिन्छ।

पुरा पढ्नुश..

अन्तरजातीय जोडीको घरनिकालाबारे

Posted On May 03, 2012

गत वैशाख १ गतेको राजधानीबाट प्रकाशित एक दैनिकमा ‘अन्तरजातीय जोडी घरनिकाला’भन्ने समाचारले मेरो ध्यान आकृष्ट गरायो। त्यसैले त्यस समाचारलाई मैले सरसर्ती पढ्दै गएँ। सो समाचार पढीसकेपछि मेरो मनमा पनि केही कुरा व्यक्त गर्ने अभिलाषा जागृत भयो सोही अभिलाषाअनुसार मैले आफ्नो प्रतिक्रिया व्यक्त गर्ने प्रयत्न गरेको छु।

पुरा पढ्नुश..

पृथ्वीचोकमा आकाशे पुल : पोखराको आकर्षण र सुन्दरता

Posted On May 03, 2012

अन्तरराष्ट्रबाट हवाई मार्ग अथवा सवारी साधनबाट आउने पर्यटकदेखि नेपालका ७५ जिल्लाबाट यात्रु आउने, भेटघाट हुने पश्चिमाञ्चल पोखराको केन्द्र अन्तर्राष्ट्रिय पर्यटकीय नगरीको राजधानी पोखरा भनिएझै पर्यटकीय नगर पोखराको केन्द्रविन्दुमा रहेको पृथ्वीचोकमा सवारी आवागमन र यात्रुहरुको परिक्रमा गर्ने केन्द्र विन्दु पृथ्वीचोकमा हामी चारै दिशाबाट पृथ्वीचोकमा अनिवार्य उपस्थित हुन्छौं।

पुरा पढ्नुश..