लेख

यस प्रकाशनमा छापिएका सम्पूर्ण लेखहरु

राज्य पुनर्संरचनामा जातीयताको सवाल

Posted On May 21, 2012

नेपाल राष्ट्र एक सार्वभौम अखण्ड राष्ट्रको रूपमा परिचित राष्ट्र हो। नेपाल बहुजाति, बहुभाषी र बहुविचार भएको फूलबारी हो। जस्तैः कुनै बगैचामा फूलहरु विभिन्न हुन्छन् र तिनीहरु फुल्दछन्। तिनीहरुको बास्ना रङहरु फरक हुन्छन् अनि फरक-फरक किसिमले आफ्नै पहिचान बनाएका हुन्छन् त्यस्तै किसिमले नेपाल राष्ट्रभित्र रहेका विभिन्न जातहरु भाषाहरु, धर्महरु सांस्कृति संरक्षण गर्नु सबै नेपाली र नेपाल सरकारको दायित्व हुन आउँछ।

पुरा पढ्नुश..

नेपाली लोकतन्त्रको आधारशीला

Posted On May 21, 2012

नेपाल अल्पसङ्ख्यकहरूको देश हो। अल्पसङ्ख्यकमध्ये क्षेत्री, बाहुन, ठकुरी, दशनामी र दलितको जनसङ्ख्या ५० प्रतिशतको हाराहारीमा छ। यी जातीय समूहमध्ये आफैमा विविधा भएपनि दलित आरक्षण पाउने सूचीमा सूचिकृत भइसकेको हो। राज्यबाट सदियौंदेखि अपहेलित यो समूह वास्तवमा वञ्चितीकरणमा परेकै हो। छुवाछूत र अन्य भेदभावबाट पीडित यो समूह राज्यविहीन भएजस्तै बाहुन क्षेत्री जस्तो यहाँको आदिवासी जातीय समूह आफ्नै जातिका शासन गर्नेहरूको सत्तान्धता र भोटबैड्ढ घट्ने डरले राज्यविहीन हुन पुगेको तीतो यथार्थ यहाँ ओकल्नैपर्छ।

पुरा पढ्नुश..

राज्य पुर्नर्संरचना : सङ्घीयकरण जनमत सङ्ग्रहबाटमात्र

Posted On May 20, 2012

नेपालमा राज्य पुर्नर्संरचनाको रडाको मच्चिरहेको छ। सबैले आ-आफ्नो राज्य र आफ्नो सहरलाई प्रादेशिक राजधानी बनाउन लागिपरेपछि द्वन्द्वका शृङ्खला बढ्ने र राज्य गहयुद्धमा होमिने सम्भावना बढ्दै छन्। बाहुन क्षेत्री भनेका यहाँका आदिवासी हुन् तर उनीहरु अन्यकरणमा परेर अन्यायमा पारिए। राज्यविहीन र अधिकारविहीन त्यो समूह राज्यविरुद्ध उत्रिन बाध्य भयो र उनीहरु आदिवासीमा सूचीकृत गरिने राज्यसँग सहमति भयो। राज्यले ढिलै भए पनि त्यो गल्ती स्वीकार्न बाध्य भयो। तर अहिले उनीहरु आदिवासी भएको विरोधमा अहिले आफूलाई मात्र आदिवासी अरुलाई अनादिवासी वा अन्यवासी भन्ने अहंकारी जातीय समूहले विरोध गरिरहेको छ।

पुरा पढ्नुश..

जातीय संरचनाले ल्याउने विकृतिहरु

Posted On May 20, 2012

ढुङ्गे युगबाट सुरु भएको मानव जीवन विभिन्न आरोह, अवरोहसँग हातेमालो गर्दै विकसित रूप लिँदै आज यो अवस्थामा आएको छ। आजको अवस्था वास्तवमै लाजमदो अनि नाटकीय खेल प्रदर्शन भएको अनुभूति सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा बृद्धबृद्धा बुबामुमालाई पनि विदितै छ।

पुरा पढ्नुश..

विभेद र सङ्र्घर्ष

Posted On May 18, 2012

विभेद सङ्र्घर्षको प्रमुख कारण हो अर्थात विभेद सङ्र्घर्षको जननी हो। विभेदले नै सङ्र्घर्षलाई निम्त्याउँछ। भिन्नभिन्न रूपमा आफैभित्र परिवार समाज, राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा सङ्र्घर्ष भइरहेको हुन्छ। सङ्र्घर्ष अन्त्यहीन प्रक्रिया हो। जुन समुदायमा, जुन समाजमा, जुन राज्यमा अन्यायपूर्ण तरिकाले विभेद गरिएको हुन्छ, त्यहाँ सङ्र्घर्ष वा द्वन्द्व जन्मन्छ। जहाँ निर्णायक तहमा समानुपातिक न्यायपूर्ण प्रतिनिधित्व हुँदैन, त्यहाँ सङ्र्घर्ष मौलाउँछ।

पुरा पढ्नुश..

बन्द हडताल : एक सिंहावलोकन

Posted On May 18, 2012

नेपाल अन्तर्राष्ट्रिय राजनीतिमा विश्वका राज्यमा सबैभन्दा बढी बनद र हडताल हुने दशमा विश्व कीर्तिमान कायम गर्न सफल भएको छ। यसको मुल कारण राजनीतिक दलहरुको पार्टीगत स्वार्थ सिद्ध गर्ने होडबाजी हो। राजनीतिक दलहरुले आ-आफ्ना स्वार्थ सिद्ध गर्ने मुल हतियार बन्द र हडताललाई अपनाएका छन्। बन्द र हडतालले राज्यलाई के कति नोक्सान हुन्छ त्यसको ख्याल नराखी यो प्रक्रिया अपनाउने नेपालका कुनै पनि राजनीतिक दल पछि परेका छैनन्।

पुरा पढ्नुश..

सफलताको पथमा पाइलाहरु अगाडि बढाउ“दै सि.डी. विजय

Posted On May 17, 2012

नेपाली साङगतिक क्षेत्र यति बेला निकै फराकिलो बनेको छ। एकातिर देशभर खुलेका सञ्चारमाध्यमले स·ीतको प्रवर्द्धन गरेका छन् भने अर्कातर्फ देश तथा विदेशका विभिन्न ठाउँमा हुने महोत्सव र कर्न्र्सटले कलाकारहरुलाई बाँच्ने आधार प्रदान गरिरहेका छन्। साङ्गीतिक क्षेत्रमा आइसकेका स्रष्टाले आफूलाई कसरी स्थापित गराउने खोजीमा छन् भने नयाँ पुस्ता आफूलाई चर्चामा ल्याउन र सफलताको बाटो खोजिरहेको पाइन्छ। नेपाली सङ्गीतको व्यापार सड्ढटग्रस्त भए पनि यस प्रतिको मोह र आकर्षण भने घटेको छैन, दिनप्रतिदिन बढ्दो क्रममा छ।

पुरा पढ्नुश..

वर्तमानमा क. मदनलाई सम्झिँदा

Posted On May 16, 2012

संसारमा कहिलेकाहीं यस्ता महान् व्यक्तिको जन्म हुन्छ जसले मानव हुनुको सार्थकता प्रदर्शन गर्दै मानव सभ्यतालाई नै गौरवान्वित बनाउँदछन्। नेपालको राजनीतिक इतिहासमा मदन भण्डारीको योगदानले पनि यो कुरालाई पुष्टि गर्दछ। आज जेठ ३ गते अर्थात मदन-आश्रति स्मृति दिवस। जब राष्ट्रिय राजनीति गम्भीर मोडमा उपस्थित हुन्छ जनताका आवाजलाई बुलन्द गर्ने परिपक्व राजनेताको अभाव खड्किन्छ। नेपाली जनताले बडो श्रद्धापूर्वक उहाँलाई सम्झिने गर्दछन्। आखिर मदन भण्डारी को थिए – यो आलेखमा चर्चा गर्नु सान्दर्भिक ठान्दछु।

पुरा पढ्नुश..

समुन्नत नेपालमा बाँच्ने चाहना

Posted On May 15, 2012

भारतका पूर्व राष्ट्रपति अब्दुल कलामले एकजना स्कूले बालिकालाई अटोग्राफ दिँदै गर्दा सोधेछन्-’त्रि्रो के इच्छा छ-’ बालिकाले जवाफ दिइछन्-’म समुन्नत भारतमा जिउन चाहन्छु।’ हाम्रा देशका बालबालिकाहरुलाई पनि त्यही इच्छा छ। यो इच्छा पूरा गर्ने जिम्मा अहिलेको नेतृत्वको हो।

पुरा पढ्नुश..

शिक्षा क्षेत्र सेवा कि व्यवसाय ?

Posted On May 15, 2012

नयाँ शैक्षिक शत्रको आरम्भदेखि नै स्कुलहरुलाई नयाँ स्कुल भर्ना लिनेको होडबाजी छ। अविभावकहरुलाई आफ्ना बालबालिका राम्रो स्कुलमा पढाउने सुर्ता छ भने खास गरी निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई पनि बढी भन्दा बढी विद्यार्थी भर्ना लिने कसरत चलेको छ। अबका दिनमा शिक्षा शिक्षा मात्र भएन।

पुरा पढ्नुश..