यस बिधामा परेका सम्पूर्ण समाचारहरु
विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा नेपालको प्रतिवद्धता र सरोकारवालाहरुको भूमिका विषयक दुर्इ दिने गोष्ठी शुक्रबारदेखि पोखरामा सुरु भएको छ। साउथ एशिया वाच अन टे्रर्ड इकोनोमिक्स एण्ड इन्भाइरोमेन्ट(सावती), जर्मन अन्तर्राष्ट्रिय नियोग (जिआईजेड), वाणिज्य तथा आपूर्ति मन्त्रालय र पोखरा उद्योग वाणिज्य सङ्घले संयुक्तरूपमा उक्त गोष्ठीको आयोजना गरेको हुन्।....
।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँको घरमा श्रम गर्दै आएकी स्याङ्जा जिल्ला ठूलाडिही गाविस-९, बेसीधाराकी तारा मल्लका परिवारले ससम्मान स्वदेश फिर्ताको वातारवरण मिलाइदिन नेपाल सरकारसँग माग गरेका छन्। इजरायली प्रधानमन्त्री नेतान्याहुँकी पत्नी साराले तारा मल्ललाई करार अवधि तोकिएको समयभन्दा बढी समय काममा लगाएर श्रमशोषण गरी विविध यातना दिएको खबर बाहिर आएपछि मल्लका परिवारले ससम्मान तारालाई स्वदेश फर्कोइदिन सरकारसँग आग्रह गरेका हुन्।....
संसारभरका वैज्ञानिकहरूका लागि यो साता खुसीको विषय बन्यो- मंगल ग्रहमा पानीको संकेत ! खुसी नहुनु पनि किन, जहाँ पानी त्यहाँ जिन्दगानी ! तर हाम्रा लागि चाहिँ खुसीको कुरा अझ अर्कै छ- त्यो पानीको सम्भाव्यता पत्ता लगाउने अनुसन्धान टोलीमा नेपाली युवा विद्यार्थी पनि थिए ....
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले यही १९८ औं भानु जयन्तीका अवसरमो विभिन्न पुरस्कारको घोषणा गरेको छ। यसपटकको प्रतियोगितामा विभिन्न विधाका पुस्तकमध्ये अन्तराष्ट्रिय नेपाली साहित्य उत्कृष्ट पुस्तक पुरस्कारद्वारा १८ वटा कृति पुरस्कृत भएका छन्। यसै क्रममा उक्त संस्थाले पृथ्वीनारायण क्याम्पस पोखराका सहप्राध्यापक डा.कुसुमाकर न्यौपानेको गोपीचन लोकनाटकलाई पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य उत्कृष्ट पुस्तक पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ।....
जापान र फ्रान्स जर्मनीमा सञ्चालित महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। बुधबार राति फ्र्याड्ढर्फटमा भएको पहिलो सेमिफाइनल खेलमा स्वीडेनलाई ३-१ ले पराजित गर्दै एशियाली मुलुक जापान पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। जापानका लागि नाहोमी कावासुमीले दुर्इ तथा होमारे सावाले एक गोल गरेकी थिइन्। स्वीडेनको तर्फबाट जोसेफाइन ओक्भीष्टले सान्त्वना गोल गरेकी थिइन्।....
भारतको सिक्किमबाट पोखरा घुम्न आउने क्रममा बीच बाटोमै लुटिएर २१ दिनदेखि अलपत्र परेका पर्यटकलाई लेकसाइडका एक होटेल सञ्चालकले गाडी भाडा हालेर सहयोग गरेका छन्। अलपत्र परिवार बुधबार नै पोखराबाट काँकडभिट्टा गएको छ। लुटिएपछि पैसा नभएर अलपत्र परेको पर्यटकको परिवारलाई होटेल लेक डायमण्डका सञ्चालक मनकुमार मुखियाले तीन हजार दुर्इ सय गाडी भाडा हालेर पठाउन सहयोग गरेका हुन्। इलाम घर भएका मुखियाका आफन्तहरु दार्जलिङमा छन्।....
चीनको दक्षिणी व्यापारिक सहर क्वाङ्चौमा विरामी अवस्थामा अलपत्र परी 'ओभरस्टे’ गरेका एक नेपालीको उद्धार गरी १२ दिनपछि नेपाल पठाउन लागिएको छ। पोखरा रामबजार घर भएका सुरज कार्कीलाई यहाँस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ एनआरएन चीनले उद्धार गरी बुधबारै राति नेपाल पठाउने व्यवस्था मिलाएको छ। अध्ययनका लागि दुर्इ वर्षअघि जापान गएका कार्की दुर्इ महिनाअघि त्यहाँ गएको सुनामीका कारण मानसिकरुपमा अस्वस्थ थिए।....
भारत रत, जेष्ठ २५ - विदेशमा रहेको कालोधन फिर्ता र भ्रष्टाचारविरुद्ध कानुन बनाउन माग गर्दै आमरण अनसनमा बसेका योग गुरु बाबा रामदेवको स्वास्थ्य बिग्रन सुरु गरेको छ ।....
दलहरुको सहमतिमा संविधानसभाको म्याद तीन महिना थपिएकोमा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ। राष्ट्रसङ्घका महासचिव बान की मुनको सचिवालयले आइतबार राति जारी गरेको विज्ञप्तिमा विघटनको संघारमा पुगिसकेको संविधानसभा जोगाएकोप्रति खुसी व्यक्त गरिएको छ। थपिएको तीन महिनाको अवधिलाई अधिकतम रुपमा उपयोग गर्दै शान्तिप्रक्रिया र संविधान निर्माणका बाकी काम सफलतामा पुर्याउन दलहरुको ध्यानाकर्षण गराइएको छ।....
हङकङ, वैशाख ५ - पर्यटन वर्ष सुरु भएको तीन महिनापछि हङकङमा शनिबार मोटर र्यालीको आयोजना गरी यसको प्रचारप्रसार थालिएको छ । हङकङकै अग्लो टापुमध्येको 'भिक्टोरिया पिक' बाट सुरु भएको र्याली करिब ३० किलोमिटर यात्रापछि वेस्ट काउलुनमा पुगी टुंगिएको थियो । पिक यहाँको मुख्य पर्यटकीय थलोमध्येको हो । ....