यस बिधामा परेका सम्पूर्ण समाचारहरु
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ए.ए.ए. ट्राभल्स पोखराले सञ्चालन गरेको हेलिकोप्टरबाट पोखराको दृश्यावलोकन गर्ने कार्य पूर्ण सफल भएको आयोजकले जनाएको छ। सिम्रिक एयरको हेलिकोप्टरबाट पोखराको दृश्यावलोकन गर्न पाउँदा विदेशी पर्यटक ज्यादै खुसी देखिन्थे भने नेपालीहरुले यस प्रकारको सेवा आगामी दिनमा पनि सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।....
आउँदो फागुन ५ गतेदेखि एक सातासम्म चल्ने तेस्रो लमजुङ महोत्सव २०६८ को आयोजना गरेको लमजुङ उद्योग वाणिज्य सङ्घले महोत्सवको तयारी तीव्र पारेको छ। महोत्सवको तयारीको क्रममा सङ्घले क्रियाशील विभिन्न सहकारी संस्थासँग छलफल गरी महोत्सव सफल पार्न आग्रह गरेको छ। सङ्घमा आयोजित छलफलमा बेसीसहरका अधिकांश सहकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।....
पोखरा प्रदर्शनी केन्द्रमा संयुक्तरूपमा आयोजित मुप्रि ल्होछार मेलाअन्तर्गत बिहीबार सम्पन्न खुल्ला सात किमी सडक दौड प्रतियोगितामा पुरुषतर्फ दूधपोखरी तमु समाजका चोकबहादुर तमु, महिलातर्फ ज्ञानुबाबा उच्च माविका मनिषा अधिकारी र समूहगततर्फ दूधपोखरी तमु समाज प्रथम भएको छ। हिल्हो (बिरालो वर्ग)को विदाइ र मुप्रिल्हो (गिद्ध वर्ग) आगमनसँगै आयोजित खुल्ला दौड प्रतियोगिताको पुरुषतर्फ जनप्रिय क्याम्पसका सिद्धान्त अधिकारी द्वितीय र नयाँ गोरखगण फूलबारी ब्यारेकका नन्दलाल खड्का तृतीय भए।....
प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले आफ्नै नेतृत्वको सरकारले शान्ति र संविधान निर्माण कार्यलाई पूरा गर्ने बताएका छन्। विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान सरकार असफल भइरहेको भन्दै टिकाटिप्पणी गरिरहेका बेला उनले अन्य दलको सहयोग लिएर आफ्नै कार्यकालमा शान्ति र संविधान निर्माणको एजेण्डालाई टुङगयाउने दृढता व्यक्त गरेका हुन्।....
सडकमै खाउँ, सडकमै नाचौ, सडकमै रमाऔं भन्ने मुलनाराका साथ रेष्टुरेष्ट एण्ड वार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा्को आयोजनामा बुधबारदेखि सुरु हुन लागको १३ आंै सडक महोत्सवको पूर्वार्द्धमा म·लबार पोखरामा सञ्चारकर्मी तथा रेष्टुरेष्ट मजदुरबीच सडक दौड प्रतियोगिता सम्पन्न भएको छ।....
विभिन्न सुरक्षा निकायका प्रमुखहरुले रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल रेवान पोखराको आयोजनामा हुन लागेको १३ औं सडक महोत्सवलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। रेवान पोखराको आयोजनामा सोमबार पोखरामा सम्पन्न महोत्सवको सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सुरक्षा निकायका प्रमुखहरुले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन्। कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शिवहरि उपाध्याय, कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी इश्वरराज रे....
अर्थमन्त्री वर्षमान पुनले व्यवसायीबीच स्वच्छ प्रतिस्पर्धा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। व्यवसायीबीच नै स्वच्छ प्रतिस्पर्धाको संस्कृति विकास नभएको भन्दै उनले औद्योगिक वातावरणका लागि व्यवसायीलाई पनि स्वच्छ प्रतिपर्धा गर्न आग्रह गरे।....
पोखरामा बिहीबारदेखि सुरु हुन लागेको औद्योगिक व्यापार मेलामा वर्ल्ड भ्यू नेपालको सहअस्तित्व परियोजनाअन्तर्गत सांस्कृतिक अभियानअन्तर्गत १५ वटा सांस्कृतिक स्टल रहने भएका छन्।....
लुम्बिनी भ्रमण वर्ष सन् २०१२ लाई सफल पार्नको लागि पोखरामा १०८ सदस्यीय उपसमिति गठन भएको छ। यसअघि गठन भएको १३ सदस्यीय सचिवालय समितिका संयोजक उत्तममान बुद्धाचार्यको अध्यक्षतामा बुधबार बसेको एक भेलाले उपसमितिलाई पूर्णता दिएको हो।....
पोखराको चिप्लेढुङ्गामा रहेको आलमण्ड क्याफे एण्ड रेष्टुरेण्ट मङ्गलबारबाट १० औं वर्षमा प्रवेश गरेको छ। स्थापनाको दशौं वर्ष प्रवेशको अवसरमा क्याफेले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सञ्चालकद्वय लोकबहादुर गुरुङ र गौतम उदासले धेरै हण्डर, ठक्कर, कठिन र कष्टपूर्ण यात्रापश्चात आफूहरुलाई सफलता मिलेको बताए।....