यस बिधामा परेका सम्पूर्ण समाचारहरु
कास्की जिल्ला तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरअन्तर्गत त्रिपुरादल गुल्म विजयपुरमा सञ्चालित सि.सं २ तेक्वान्दो तालिमको प्रथम बेल्ट टेस्ट आइतबार सम्पन्न भयो।....
राजधानीमा जारी दक्षिण एसियाली यु-१४ फेस्टिभल फुटबलअन्तर्गत आइतबार भएको दोस्रो दिनको खेलमा नेपालले एकैपटक तीनवटा जीत हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा नेपालको समूह बी ले ३-० गोल अन्तरले भुटानको समूह बी लाई हराएको हो।....
अघिल्ला दुवै संस्करणको उपाधि विजेता नेपालले तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन शनिबार नौ स्वर्णजितेको छ। खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) को हलमा भएको पुरुषको ५० केजी तौलसमूहमा नेपालका सुदन रानामगर पहिलो भए। फाइनलमा उनले नेपालकै अनुप नगरकोटीको चुनौती पन्छाए। नेपालका मन्जित लामा र सुजन लामा संयुक्तरूपमा तेस्रो स्थानमा रहे।....
स्याङ्जाको पुतलीबजार नगरपालिका-१ स्थित माले बगरमा सञ्चालित तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि सगरमाथा इङ्लिस बोर्डिङ, वालिङले हात पारेको छ। यसअघि लगातार दुर्इपटक उपाधि जितेको सगरमाथाले यसपटक ह्याटि्रक गरेको हो।....
नेपाल भारोत्तोलन सङ्घका महासचिव एवं भारोत्तोलनका वरिष्ठ प्रशिक्षक पार्थ सारथी सेन गुप्त 'एसियन गोल्ड अवार्ड’ बाट सम्मानित भएका छन्। गुप्तका अनुसार एसियामै भारोत्तोलन खेलको विकासमा योगदान पुर्याए वापत एसियाली भारोत्तोलन सङ्घले उनलाई उक्त अवार्डबाट सम्मान गरेको हो। भारोत्तोलनमा प्रदान गरिने उक्त अवार्ड एसियाकै सबैभन्दा ठूलो अवार्डका रूपमा रहेको छ। दक्षिण कोरियाको इन्चियोनमा गत अप्रिलमा भएको सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिपका दौरान एसियाली भारोत्तोलन सङ्घका अध्यक्ष मोहम्मद अल्माना तथा महासचिव अलि मुरादीले गुप्तलाई अवार्ड हस्तान्तरण गरेका थिए।....
नेपाल भलिबल सङ्घले यस वर्षको कार्यक्रम सार्वजनिक गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समीक्षालयमा बुधबार आयोजित एक कार्यक्रमबीच सङ्घले भौतिक पूर्वाधारलाई दीर्घकालीन तथा प्रतियोगितालाई अल्पकालीन कार्यक्रममा समेटेको सङ्घ महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए। सङ्घले यो वर्ष दोस्रो राष्ट्रिय महिला बिच भलिबल (जेठ २७-२९), भदौ तेस्रो साता एनभीए कप महिला तथा पुरुष भलिबल, असोज पहिलो साता तेस्रो राष्ट्रिय पुरुष बिच भलिबल, असोज २० गते पाँचै विकास क्षेत्रमा भलिबल महोत्सव, मङ्सिर पहिलो साता २७ औं पुरुष तथा १७ औं महिला राष्ट्रिय भलिबल, माघ पहिलो साता राष्ट्रिय लिग तथा फागुन पहिलो साता अन्तरकलेज राष्ट्रव्यापी खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने....
जिल्ला खेलकुद विकास समिति कास्कीले पोखराको कुँडहरमा रहेको भद्रकाली उच्च माविलाई २० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गरेको छ। सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने सवद्यार्थीको शैक्षिक विकाससँगै विद्यालयस्तरमा खेलकुदलाई पनि विकास गर्ने उद्देश्यअनुसार ती सामग्री हस्तान्तरण गरिएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाले जानकारी दिए।....
जिल्ला खेलकुद विकास समितिको आयोजनामा अन्तर माध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता म·लबारदेखि स्याङ्जाको पुतलीबजार नगरपालिका-१ स्थित मालेबगरमा सुरु भएको छ।....
कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा गत कात्तिक २२ देखि मङ्सिर ३ गतेसम्म पोखरामा सञ्चालित सफल पोखरा कपको आयव्यय शनिबार सार्वजनिक गरिएको छ। सो अवसरमा प्रतियोगिताबाट ११ लाख २६ हजार तीन सय ९८ रुपैयाँ बचत गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।....
नेपाल एसीसी यु-१६ एलिट कपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअर्न्तर्गत मलेसियाको वायोमास मैदानमा म·लबार भएको आफ्नो तेस्रो खेलमा इरानलाई १६७ रनको फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। टस जितेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा आठ विकेटको क्षतिमा दुर्इ सय ४६ रन जोडेको थियो।....