मनोरन्जन

यस बिधामा परेका सम्पूर्ण समाचारहरु

साहित्य शृङ्खलामा जोशी र इच्छुकको चर्चा

Posted On May 21, 2012

'भोकभोकै मर्न थाले कवि कलाकार तड्पाएर नमारिदेऊ, झुण्डाएर मार’ साहित्यकार र साहित्यानुरागीहरु यो हरफलाई बेला-बेलामा सम्झिइरहन्छन्। शनिबार उनीहरुले यसका सर्जक जनकवि गोकुल जोशी र प्रगतिवादी साहित्यकार कृष्ण सेन 'इच्छुक’लाई एकसाथ स्मरण गरे। साहित्यकार द्धयको यही जेठ महिनमा पर्ने जन्मजयन्तीको सर्न्दर्भ पारेर साहित्य शृङ्खला पोखराले आफ्नो १२७ औं शृङ्खला उनीहरुको चर्चासहित सम्पन्न गरेको हो।....

पुरा पढ्नुश..

पौडेलेको देशान्तर कविता सङ्ग्रह विमोचन

Posted On May 20, 2012

पोखरा उप-महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत तिलक पौडेल स्याकोर्टेद्वारा रचित देशान्तर कविता सङ्ग्रह एक कार्यक्रमबीच शनिबार लोकार्पण गरिएको छ।....

पुरा पढ्नुश..

चुडिँदैछ सारङ्गीको तार

Posted On May 18, 2012

कहाँ गयो जीवनको धनी, के भनेर बसौँला मै पनि’ भन्दै सारङ्गी रेटेर गीत गाउँदै कसैलाई नचाउने कसैलाई रुवाउने गर्न्धर्व समुदायको पुर्ख्यौली पेसा अहिले लोप हुने अवस्थामा पुगेको छ।....

पुरा पढ्नुश..

‘खोजीप्रतिभा’-२ को उपाधिका लागि सिडी विजय अधिकारी सहयोग समिति गठन

Posted On May 18, 2012

नेपाल टेलिभिजनबाट प्रत्येक बुधबार प्रसारण भइरहेको 'खोजी प्रतिभा’ सिजन-२ गायन प्रतियोगितामा नवौं स्थानसम्म आइपुगेका गायक सीडी विजय अधिकारीलाई उपाधि दिलाउन पोखरामा सहयोग समिति गठन गरिएको छ।....

पुरा पढ्नुश..

घाटु नृत्य संरक्षण गर्नुपर्नेमा जोड

Posted On May 13, 2012

बुद्ध जयन्तीको अवसरमा स्याङ्जाको मनाकामनास्थित सपाउदे गाउँमा १६ वर्षपछि सती घाटु नृत्य नाचेका छन्। परशुराम र रानी यम्फावतिको कथामा आधारित सती घाटु यस वर्ष संस्कृतिको संरक्षण गर्ने भन्दै नाचेका हुन्। १६ वर्ष अगाडिसम्म निरन्तर नाच्दै आए पनि नृत्यका गुरुआमाको बसाइँसराइँ तथा मृत्युका कारण नृत्यलाई निरन्तरता दिन सकेका थिएनन्। तर यस वर्ष भने भाषा संस्कृति र परम्पराको संरक्षणका लागि बसाइँ सरी गएका गुरुलाई गाउँमा ल्याएर नचाएको हो।....

पुरा पढ्नुश..

बास्तोला मिस लिटिल पोखरा – २०१२

Posted On May 11, 2012

द लुक्स फेशन होम रानीपौवा पोखराले आयोजना गरेको मिस लिटिल पोखरा २०१२ को जुनियरतर्फको उपाधि अन्नपूर्ण बास्तोलाले जित्न सफल भएकी छिन्। गण्डकी आवासीय उच्च मावि लामाचौरमा कक्षा ६ मा अध्ययनरत अन्नपूर्ण बास्तोलाले १० जना प्रतियोगीलाई उछिनेर मिस लिटिल पोखरा २०१२ को उपाधि प्राप्त गरेकी हुन्। सोही प्रतियोगिताबाट उनले मोष्ट कन्फिडेन्सको उपाधि समेत प्राप्त गरेकी छन्।....

पुरा पढ्नुश..

हेलिकोप्टरबाट पोखरा साइटसिन

Posted On May 09, 2012

पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले हेलिकोप्टरबाट पोखरा साइटसिन तथा हेलिटुर सञ्चालन गरिने भएको छ। त्रिपल ए ट्राभल्स पोखरा र मुक्तिनाथ एयरलाइन्सको सहकार्यमा पोखरा साइटसिन तथा हेलिटुरको व्यवस्था मिलाइएको हो।....

पुरा पढ्नुश..

लेखनाथमा हुने पद्मराज ढकाल एकल साँझको तयारी अन्तिम चरणमा

Posted On May 04, 2012

आगामी शनिबार लेखनाथमा हुने पद्मराज ढकाल एकल साँझको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरामा गत शनिबार भव्यरुपमा सम्पन्न भएको ढकाल एकल साँझलाई लेखनाथमा पनि सोही अनुरुप सम्पन्न गर्न आयोजक संस्था लेखनाथ सांस्कृतिक समूहले तीव्र तयारी गरिरहेको छ।....

पुरा पढ्नुश..

नवौं रोट महोत्सव गोरखामा सुरु

Posted On May 03, 2012

गोरखाको पवित्र भूमि गुरु गोरखनाथको गुफामा बुधबारदेखि छैटौं रोट महोत्सव सुरु भएको छ। महोत्सवको पहिलो दिनमा हजारौं दर्शनार्थीले दर्शन गरेको जनाइएको छ। वैशाख पूणिर्मा अर्थात् गुरु गोरखनाथ प्रकट भएको दिन पारेर सिद्वाश्रम शक्तिकेन्द्र नेपालले रोट महोत्सवको आयोजना गरेको हो। महोत्सवको पहिलो दिन गोरखा सदरमुकामदेखि गोरखनाथ गुफासम्म रथ यात्रा समेत गरिएको थियो।....

पुरा पढ्नुश..

भव्य भयो ‘पद्मराज ढकाल एकल साँझ’ आधुनिकताको नाममा नेपाली संस्कृतिलाई नबिर्सौ : प्रश्रति

Posted On April 29, 2012

पद्मराज ढकाल एकल साँझ-२०६९ पोखराको सभागृहमा शनिबार भव्यरूपमा सम्पन्न भयो। उक्त कार्यक्रमको अग्रज साहित्यकार मोदनाथ प्रश्रतिले उद्घाटन गरेका थिए।....

पुरा पढ्नुश..