डडेलधुराका ग्रामीण विकास बैंकका प्रबन्धक अमरबहादुर मल्लले सोमबार राति आत्महत्या गरेका छन् । जिल्ला सदरमुकाम देखि ७५ किलोमीटर टाढा जोगबुढामा रहेको ग्रामीण विकास बैंकका प्रबन्धक ४० बर्षीय मल्लले स्थानीय पन्तुरा नदीमा हामफालेर आत्महत्या गरेका हुन् । बैंक कार्यालय देखि तिन किलोमीटर टाढा रहेको स्थानीय सिद्धनाथ उच्च माविको फील्ड नजीकैबाट सोमबार सांझ हामफालेर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । पन्तुरा नदीमा हामफालेका मल्ललाई प्रहरीले समयमा उद्धार गरेपनि प्राथमिक स्वास्थ्य केन्द्र जोगबुढा ल्याउंदै गर्दा बाटामै उनको मृत्यु भएको हो । प्रबन्धक मल्ल कैलालीको धनगढी नगरपालीका निवासी हुन् । आत्महत्या गरेको बिषयमा प्रहरीले छानबिन गरीरहेको जनाइएको छ ।
स्रोत / लेखक / सम्बददाता : आदर्श समाज
Post Views: 176 views since June 1, 2011 ( excluding you )