प्रधानन्यायाधीश रेग्मीका चुनौतीहरु

१. निवर्तमान प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले प्रधान न्यायाधीशको सपथ ग्रहण भएको बेला जनताले उहाँबाट थोरै आशा अपेक्षा गरेका थिएनन्। यसबीच केही प्राचीन न्यायाधीशहरु आएर छोटो समयमा नै सेवा निवृत्त हुनुभयो। उहाँ पनि एक वर्ष जत्तिका लागि मात्र त्यो पदमा आउनुभएको थियो। फेरि उहाँको धेरै बोल्ने बानीले गर्दा पनि बोल्छन् जान्छन् भन्ने गरेका थिए।

२. तर सबैको अनुमानविपरीत उहाले छोटो समयमा लोकप्रिय कार्यहरु गर्नुभयो देशकै क्यान्सरको रूपमा रहेको भ्रष्टाचारको मुद्दा हेर्न उहाँले आतुरता देखाउनुभयो। लामो समय मन्त्री समेत भएका चिरञ्जीवी वाग्लेलाई भ्रष्टाचारको आरोपमा नगद जरिवाना गरी जेलमा राख्ने आदेश दिनुभयो। उहाँले अख्तियार दुरुपयोग निवारण आयोगका पदाधिकारीहरुलाई समेत अदालतको कठघरामा उभ्याउनुभयो।

३. उहाँले थोरै काम गर्नुभयो तर राम्रो गर्नुभयो। उहाँ लोकप्रिय पनि बन्नुभयो। सेवाबाट निवृत्त हुने बेलामा उहाँ सबैको हाई हाई भएर जानुभयो। एकजना राष्ट्रसेवकले त्यसमा पनि न्यायमूर्तिले यस्तो सम्मान र प्रतिष्टा पाउनु ठूलो उपलब्धि हो। उहाँको त्यही उपलब्धि भरखरै प्रधानमन्त्री न्यायाधीश हुनुभएका खिलराज रेग्मीका लागि एक चुनौती पनि थपिएको छ। मार्गनिर्देशन पनि भएको छ।

४. निवर्तमान श्रेष्ठले आफूले गोरेटो बाटो बनाएको र त्यो बाटोलाई राजमार्ग बनाउने काम प्रधानन्यायाधीश रेग्मीको हो भनेर प्रष्ट पार्नुभएको छ। उहाँ दुवैका केही समानता पनि छन्। उहाँ दुवैजना पाल्पा जिल्लाका हुनुहुन्छ। तानसेनको एउटै स्कुलको विद्यार्थी हुनुहुन्छ। न्याय सम्पादनको क्षेत्रमा पनि लामो समय साथसाथै हुनुहुन्छ।

५. धेरै कुरा समान भए तापनि श्रेष्ठभन्दा प्रधानन्याधीश रेग्मी केही गम्भीर प्रकृतिका हुनुहुन्छ र ज्यादै सोची सम्झी मात्र बोल्नुहुन्छ उहाँ अन्तरमुखी स्वाभावका हुनुहुन्छ। उहाँको यही स्वभावले उहाँलाई नजिकबाट चिन्नेहरुले उहाँले अवश्य उल्लेखनीय काम गर्नुहुनेछ भनेर आशा, अपेक्षा गरेका छन्। उहाँले पनि छिटो छरितो र निष्पक्ष न्याय सम्पादन गर्नु आÇनो मुख्य अभियान हुन्छ भनेर भन्नुभएको छ।

६. उहाँले न्यायालयको मुख्य समस्या भनेकै भ्रष्टाचार हो र भ्रष्टाचारको मुख्य जड विचौलिया हुनु भनेर उहाँले रोग पत्ता लागेको जनाउनुभएको छ। उहाँले ती विचौलियामाथि कारबाही गर्न नागरिक समाज र प्रेससँग पनि आग्रह गर्नुभएको छ। ३८ वर्ष अदालतमा विताउनुभएका उहाँलाई परिपक्व प्रधानन्यायाधीश मान्दछन् र तीन वर्षभन्दा लामो समय पदावधि रहेका उहाँले दिगो र दूरगामी महत्त्व राख्ने निर्णर्यहरु गर्नुहुनेछ भनेर आशा गरेका छन्।

७. संविधान निर्माणको क्रममा रहेको यस बेला न्यायालय आफैमाथि पनि गम्भीर चुनौती छ। न्यायालय आफैले स्वतन्त्रता पाउँछ  कि पाउँदैन, यो गम्भीर प्रश्न छ। न्यायालयले स्वतन्त्र भएन भने त्यसले गर्ने काम कुरा स्वतन्त्र र निष्पक्ष हुने सम्भावना रहँदैन। आÇनो स्वतन्त्रताका लागि न्यायालयले केही गर्दै आएको छ। प्रधानन्यायाधीश रेग्मीको मुख्य काम संविधानमा न्यायलायलाई स्वतन्त्र निकायका रूपमा स्थापित गर्नु हो। देशमा भ्रष्टाचार व्याप्त भएकाले तत्सम्बन्धी मुद्दा छिटो टुङ्ग्याउनु हो भने मातहतका न्यायाधीशहरुलाई छिटोछरितो र इमान्दार भएर निकास गराउनु हो। सानो ठाउँमा २/४ वटा कुराले पनि लोकप्रिय हुन सकिन्छ भन्ने कुरा देखिएकोले उहाँको लागि समय धेरै छ। त्यसको प्रयोग उहाँले राम्ररी गर्नुपर्दछ भन्दै हामी उहाँको सफलताको कामना गर्दछौं।

स्रोत / लेखक / सम्बददाता : आदर्श समाज


Post Views: 34 views since May 8, 2011 ( excluding you )