सिग्देल परिवारको स्मारिका लोकार्पण

पोखरा, १४ जेठ। सीप विकास समिति सिग्देल मार्ग पोखरा-१३ ले रजत महोत्सवको उपलक्ष्यमा स्मारिका प्रकाशित गरेको छ।

शनिबार आयोजित एक कार्यक्रमबीच सिग्देल परिवारकी बयोवृद्व सदस्य गौरा सिग्देलले स्मारिकाको लोकार्पण गरिन्।

सिग्देल परिवारका गतिविधि र गरेका उपलब्धिहरुलाई समेटिएका कारण स्मारिकाले सिग्देल परिवारको पहिचान दिन सक्ने विश्वास लिइएको छ।

कार्यक्रममा सिग्देल परिवारका सदस्यमध्येबाट उच्च शिक्षातर्फ विभिन्न तह उत्तीर्ण गर्ने १३ जनालाई सम्मान गरिएको थियो।

सम्मानित हुनेमा विजय सिग्देल, संजिवन सिग्देल, आदर्श सिग्देल, दिपेश सिग्देल, कविता सिग्देल, सकुन्तला सिग्देल, श्रेया सिग्देल, स्नेहा सिग्देल, सुप्रिया सिग्देल, स्वतन्त्रता सिग्देल, सुलोचना सिग्देल, सुरक्षा सिग्देल र रीता सिग्देल रहेका छन्।

कार्यक्रममा बोल्दै क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्रप्रसाद बरालले रचनात्मक कार्य सञ्चालन गर्न समितिलाई सुझाव दिए।

समाजसेवी एवं सीप विकास समितिका पूर्वअध्यक्ष चित्राङ्गद सिग्देलले स्मारिकाबाट नयाँ सन्ततीहरुले आफ्ना अग्रजले सञ्चालन गरेका गतिविधि बारेमा जानकारी लिई लाभान्वित हुने विश्वास व्यक्त गरे। स्मारिकाको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल परीक्षा नियन्त्रक प्राध्यापक तारा बरालले स्मारिकाले सिग्देल परिवारसँग सम्बन्धित महत्त्वपूर्ण विषयलाई उजागर गर्न सकेको बताए।

कार्यक्रममा आईएनएफका हिमालयदेव सिग्देल, समितिका निवर्तमान अध्यक्ष शरदकान्त सिग्देल, आईएनएफका हिमालयदेव सिग्देल, स्मारिका सम्पादक मण्डलका संयोजक महेन्द्र सिग्देल, महिला तथा बाल कल्याण कुञ्जकी उपाध्यक्ष मालती सिग्देल, आदर्श बाल क्लबका अध्यक्ष विकास सापकोटाले बोलेका थिए।

सीप विकास समितिका अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्मारिका सम्पादन मण्डलका सदस्य अनुज सिग्देल र समितिका उपाध्यक्ष गोविन्द सिग्देलले बोलेका थिए।

 

स्रोत / लेखक / सम्बाददाता: आदर्श समाज


Post Views: 75 views since May 29, 2011 ( excluding you )

  • Lekh Nath Sigdel

    Sampurna Sigdel Bandhu haru lai Mero Suvakamana 6.