सगरमाथा र नेपाल

१.     विश्वमा नेपाललाई चिनाउने मुख्य दुर्इ कुरा छन्। ती मध्ये एक शान्ति नामक भगवान बुद्ध हुन् भने अर्को विश्वको सवोर्च्च शिखर सगरमाथा हो। सगरमाथा र नेपाल एक अर्काका पर्याय भएका छन्। सगरमाथा भन्नासाथ नेपालको स्मरण हुन्छ। यी दुर्इ एक अर्काको पुरक जस्तै भएका छन्। सगरमाथाले नेपालीहरूलाई सर्वाधिक आकषिर्त गरेको छ भने नेपालीहरूले पनि सगरमाथामा पुगेर विभिन्न रिर्कर्ड राख्दैछन्।

२.     चर्चित नेपाली आरोही आप्पा शेर्पाले अस्ति मात्रै २१ औं पटक सर्र्वोच्च शिखर सगरमाथा पुगेर आÇनै कीर्तिमान तोड्नु भएको छ। उहाँले गत वर्ष २० औं पटक सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान राख्नु भएको थियो। विगत २० वर्षदेखि उहाँले सधैं सगरमाथा आरोहण गर्दै आउनुभएको छ। उहाँका घर परिवारले अबदेखि त्यो प्रयास नगर्न आग्रह गरेता पनि उहाँ यस पटक बिना हल्ला त्यहाँ पुगेर कीर्ति राख्नुभयो।

३.     आप्पा शेर्पाको प्रतिस्पर्धीका रूपमा छेवाङ निमा देखा पर्नुभएको थियो। उहाँले २० औं पटकसम्म सगरमाथा आरोहण गर्नुभएको थियो। शिखरबाट र्फकेपछि उहाँको हिम पहिरोमा परी निधन भयो। कीर्तिमान कायम गर्ने तेस्रो व्यक्ति पनि नेपाली नै हुनुहुन्छ, फुर्वा तासी। फुर्वा तासीले पनि लगातार १९ औं पटक सगरमाथा आरोहण गरिसक्नु भएको छ।

४.     नेपालीहरूले सगरमाथामा पुगेर धेरै कीर्ति राखेका छन्। मीनबहादुर शेरचनले ७२ वर्षको उमेरमा सगरमाथामा पाइला टेकेर एउटा कीर्ति राख्नु भयो भने पूर्व परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले ८२ वर्षको उमेरमा सगरमाथा आरोहण गर्ने अदम्य साहस देखाउनु भयो। तर दुर्भाग्य उहाँको उच्च रक्तचाप र अक्सिजनको कमीको कारण निधन भयो। अस्तिभरखरै बेस क्याम्पमा उहाँको निधन भएको थियो।

५.     सन् १९५३ मा तेन्जिङ शेर्पा , सर एडमण्ड हिलारीले आरोहण सुरू गर्दादेखि अहिलेसम्म देशी विदेशी गरी करिब तीन हजार जनाले विश्वको सर्र्वोच्च शिखर सगरमाथालाई चुमी सकेका छन्। ती मध्ये अधिकाँश नेपालीहरू छन्। ती मध्ये सबभन्दा छिटो अवधिमा सगरमाथा पुग्ने पनि नेपालीहरू छन् भने सबभन्दा लामो समय त्यहाँ रहिरहने पनि नेपाली हुन्। एक जोडीले त्यही पुगेर विवाह पनि गरे।

६.     त्यसको अतिरिक्त, सबभन्दा कम उमेरमा सगरमाथा पुग्ने पनि नेपाली भएका छन् भने अक्सिजन बिना सगरमाथा पुग्ने पनि नेपाली। नेपालीले धेरै पक्षमा कीर्ति राखेका छन्। विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउने नेपालीहरूमध्ये धेरै सगरमाथासँग सम्बन्धितहरू छन्।

७. सगरमाथा नेपालको गौरव हो। पर्वतारोहीहरूका लागि एक चूनौति हो। अवसर पनि हो। यस अजस्र पानीको स्रोत पनि हो। तर विश्वमा आएको मौसमको परिर्वतनले सगरमाथा र नेपालको हिमाली क्षेत्र प्रभावित भएको छ। तापक्रममा आएको गर्मीपनाले हिऊँ पग्लने क्रम जारी छ। सेता हिमालयहरूमा काला दाग देखिन थालेका छन्। त्यसबाट यस क्षेत्रका जन-जीवन पनि प्रभावित बन्दैछ।

८.     एकातिर तापक्रमले हिमाली क्षेत्र प्रभावित हुनु र अर्कोतिर आरोहीहरूको लापरबाहीले यस क्षेत्र फोहोर हुँदै गएको छ। फोहोर बढ्दै गएकोले सफा गर्नु पनि एक चूनौति भएको छ। त्यो काम त्यत्तिकै खर्चालु पनि छ। आप्पा शेर्पालगायतका केही समूहले सफा गर्ने पनि गरेका छन्। तर त्यसलाई पर्याप्त भन्न मिल्दैन। सगरमाथालगायत अन्य हिमाललाई पनि सफा सुग्घर राख्न र तातो तापक्रमबाट जोगाउनु नितान्त आवश्यक छ।

स्रोत / लेखक / सम्बददाता : आदर्श समाज


Post Views: 55 views since May 13, 2011 ( excluding you )