यातायात व्यवसायीहरुको महाधिवेशन

१. नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको तीन दिने महाधिवेशन पोखरामा प्रारम्भ भएको छ। उक्त महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि २९ गते समापन हुँदैछ। महाधिवेशनमा आफ्नो सङ्गठनलाई सशक्त पार्नुका साथै मजदुरको हक अधिकार सुनिश्चित गर्नुका साथै उपभोक्ताहरुको हक, अधिकार के-कसरी सुनिश्चित गर्ने त्यसतर्फ पनि विचार विमर्श हुने आयोजकले जनाएको छ।

२. नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ देशको एउटा ठूलो र निजी क्षेत्रको सर्वाधिक लगानी भएको क्षेत्र हो। राज्यले उद्योग, पर्यटन आदि क्षेत्रमा लगानी गराउन धेरै प्रयास गरेको थियो भने यातायात क्षेत्रमा लगानी गर्न निजीक्षेत्र आफ्नै उत्साहका साथ आएको छ। काठमाडौं-पोखरा जोड्ने पृथ्वीराजमार्ग निर्माण हुनासाथ पोखरामा पृथ्वीराजमार्ग बस व्यवसायी समिति गठन गरिएको थियो।

३. त्यसपछि जहाँ जति राजमार्ग, मार्गहरु खुल्छन्, उति नै यातायात व्यवसायी सङ्घसंस्थाहरु खुल्दै गए। यसका शाखा र एकाईहरु बढ्दैछन् भने सञ्जाल व्यापक हुँदैछ। यो महासङ्घअर्न्तर्गत दुर्इ सय ६३ वटा यातायात सङ्घ, समिति र प्रा.लि.हरु भएको बताइएको छ। यसले धेरैलाई रोजगारी दिएको छ र उपभोक्ताहरुलाई सेवा दिन पनि यो अग्रसर भएको छ।

४. यातायातको क्षेत्रमा निजीक्षेत्रको यति धेरै लगानी भएको छ, तर यो क्षेत्र सुरक्षित छैन। विशेष गरी आन्दोलन र हड्तालको बेला लगानीकर्ताहरु धेरै टेन्सनमा रहनुपर्ने भुक्तभोगीहरु बताउँछन्। त्यस्तो बेलामा आन्दोलनकारीहरुको पहिलो लक्ष्य गाडी हुन्छ र उनीहरुले गाडी देख्नासाथ ढु·ामुढा गर्न र आगजनी गर्न थाल्छन्। त्यस्तो बेलामा लगानीकर्ताहरुले धेरै धनजनको क्षति बेहोर्र्नुपरेको यथार्थ सबैको सामु र्छल· छ।

५. त्यतिमात्र होइन, यातायात व्यवसायीहरु ठाउँ-ठाउँमा उठाउने चन्दाबाट पनि पीडित छन्। कतै प्रहरीबाट पीडित भएको पनि उनीहरु सुस्तरी सुनाउँछन्। एकातिर यातायात व्यवसायीहरुका त्यस्ता गुनासा छन् भने अकोर्तिर उनीहरुप्रति पनि धेरैका धेरै गुनासा छन्। राज्यले र अदालतले पनि सिण्डिकेट प्रथा खारेज गर्न भनेतापनि व्यवसायीहरुले कुनै न कुनै रुपमा र नाममा त्यो प्रथा जारी राखेका छन् र फाइदा उठाएका छन्।

६. महासङ्घले अन्धा, अपा· र विद्यार्थीहरुलाई जे-जति सुविधा र सहुलियत दिने प्रतिवद्धता जनाएपनि त्यो त्यति सजिलै ती वर्गले नपाएको गुनासो गर्दछन्। यातायातको साधनको कण्डिशन राम्रो नराख्नु, जथाभावी दौडाउनु, बीच बाटोमा चढ्ने यात्रीलाई टिकट नदिनु यातायात व्यवसायी तथा मजदुरको लापरवाही नै हो। पैसा असुलेअनुसारको सुविधा दिनुपर्छ। यो कुरा सैद्धान्तिक रुपले मान्दामान्दै पनि व्यवहारमा देखाइँदैन।

७. यातायात व्यवसायीहरुले उपभोक्ता/यात्रीहरुको यात्रा व्यवस्थित, सुरक्षित र रमाइलो बनाउनेतिर ध्यान दिनुपर्दछ। नियमको कडाइपूर्वक पालना गर्नु गराउनु पर्दछ। बाटोमा सुरक्षाको व्यवस्था हुनुपर्दछ। यात्रीहरुको बीमाको व्यवस्था गरिनुपर्दछ। यसबारे धेरै कुरा चल्यो, तर व्यवहारमा लागू भएको छैन। नयाँ नेतृत्वमा आउने पदाधिकारीले यी सबै विषयमा विचार गरी सबैको हितमा महासङ्घलाई लगाउन सकोस्, यही हाम्रो कामना छ।

स्रोत / लेखक / सम्बददाता : आदर्श समाज


Post Views: 37 views since May 11, 2011 ( excluding you )