राष्ट्रिय जनगणना २०६८ र हाम्रो दायित्व

नेपाल सरकारअर्न्तर्गत केन्द्रीय तथ्याड्ढ विभागबाट हरेक दश, दश वर्षमा गरिने गरिने राष्ट्रिय जनगण ना २०६८ जेठ महिनाको सुरुसँगै प्रारम्भ भएको छ। पहिलो चरण जनगणनाअर्न्तर्गत घरपरिवार लागत सूचिकरण (हाउसहोल्ड लिस्टिङ) चलिरहेको छ भने असार ३ गतेदेखि १३ गतेसम्म दोस्रो चरणको जनगणना कार्य चल्ने छ। यस कार्यमा हरेक व्यक्तिको पारिवारिक विवरण विभिन्न १४ वटा प्रश्नमा, व्यक्तिगत विवरण, सामाजिक साँस्कृतिक विवरण गरी १५ वटा प्रश्नमा दिनुपर्ने छ। त्यस्तै क्रमबद्ध नमुना छनौट विधिद्वारा छनौटमा परेका सदस्यको लागि व्यक्तिगत विवरण,जन्म,बसाइसराई, जन्मस्थान र हालको बसाई, प्रजननदर, शिशु मृत्युदर, वैवाहिक स्थिति, आयआर्जनको अवस्था पारिवारिक हैसियत, रोजगारीको हैसियत बेरोजगारीको अवस्थाजस्ता विभिन्न विषयसँग सम्बन्धित २७ भन्दा बढी प्रश्नको व्यक्तिगत विवरण समेत भर्नुपर्नेछ।

नेपालले जनगणना सुरु गर्न लागेको १०० वर्ष पुगेको छ। यस अगाडिका १० वटा जनगणना भन्दा अझै महत्त्वकासाथ हेरिएको एघारौं जनगणनालाई व्यवस्थितरूपमा यथार्थ तथ्याड्ढ ल्याउने कार्यक्रमको लागि ठूलो सङ्ख्यामा सुपरीवेक्षक तथ्याड्ढ ल्याउने कार्यक्रमको लागि ठूलो सङ्ख्यामा सुपरीवेक्षक र गणकहरु परिचालन गरिएको छ। पहिलो चरणमा गाविस र नगरपालिकाका वडाहरुलाई विभिन्न गणना क्षेत्रमा विभाजन गरी परिवार सूचिकरण गर्ने कार्यमा सुपरीवेक्षकहरुलाई खटाइएको छ भने दोस्रो चरणको गणना कार्यको लागि गणकहरुले हरेक व्यक्तिको वैयक्तिक, पारिवारिक  विवरणहरु असार ३ देखि १३ सम्ममा गर्ने छन्।

नेपालमा विक्रम सम्वत् १९६४ साल (सन १९११) मा पहिलो पटक जनगणना सुरु गरिएको थियो। यसपछि हरेक दश-दश वर्षमा नेपाको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ जना पुगेको छ। २०६८ सालको मुलुकको जनसङ्ख्या २ करोड ८५ लाख ८४ हजार भन्दा बढी हुने अनुमान गरिएको छ। हालसम्म १ सय ३ जात जातिगत र भाषाभाषी बोल्ने रहेका छन्। आफ्ना जातीगत र भाषागत अधिकारको लागि साथै समुदायमा आएको जनचासोका कारण त्यो सङ्ख्या पनि वृद्धि हुने अनुमान गरिएको छ।

राष्ट्रिय जनगणनाबाट प्राप्त हुने तथ्याड्ढ समग्र मुलुकको ऐन हो। यसबाट मुलुकको कुल जनसङ्ख्या महिला पुरुष बालबालिका बृद्धबृद्धा शारीरिक र मानसिकरूपमा फरक-फरक क्षमता भउका, वडा गाविस नगरपालिका क्षेत्र, जिल्लागतरूपमा जनसङ्ख्या विवरण दिन्छ। अर्कोतिर जनसङ्ख्या वृद्धि दर, बसार्इं सराई दर, शिशु जन्म र मृत्युदर मातृमृत्युदर, साक्षरता, रोजगारी, लगायतका विवरण समेत उपलब्ध हुन्छ। त्यस्तै जातजाति भाषा धर्म को साथै शैक्षिकस्तरगत रूपमा समेत जसङ्ख्या विवरण प्राप्त गर्न सकिन्छ। जनगणनाबाट खानेपानीको घरको, भौतिक सुविधा आदिको समेत विवरण आउने छ। परिवारमा अक्सर बसोबास गर्ने सङ्ख्या अनुपस्थित देशभित्र र अनुपस्थित देश बाहिरको सङ्ख्या, विदेशबाट नेपाल आइ बस्नेको यथार्थ सङ्ख्या पनि निकालिने छ। यी सबै तथ्याड्ढका आधारमा मुलुकको सामाजिक आर्थिक अवस्थाको जानकारी प्राप्त हुन्छ र रूपान्तरण प्रक्रियालाई अघि बढाउन विभिन्न किसिमका योजनाहरु निर्माण गर्ने त्यसको कार्यान्वयन गर्न सहयोग पुर्‍याउँछ। समग्रमा मुलुकको सम्पूर्ण विकासको लागि महत्त्वपूर्ण हुन्छ।

जनगणना हामी सबैको गणना हो, अनि हाम्रो लागी नै गरिने गणना हो। त्यसैले जनगणनाको विवरण लिन आउने  सबै सुपरिवेक्षक र गणकलाई यथार्थ विवरण उपलब्ध गराउनु तपार्इं हाम्रो दायित्व हो। जनगणनामा तपार्इं हाम्रो दायित्व हो। जनगणनामा तपार्इं हाम्रो घर दैलोमा आउने सुरीवेक्षक र गणकलाई ठीक ठीक जवाफ दिनु सबैको कर्तव्य हो।कोही नछुटौ, कोही नदोहोरियौं, अक्सर बसोबास गरेकै स्थानबाट आफ्नो विवरण लेखाऔं’ भन्ने मुल नाराका साथ यो वर्षको राष्ट्रिय जनगणना सफल बनाउनु सबैको साझा कर्तव्य हो। मुलुकको भावी योजना बनाउन सहयोगी हुने विकास र निर्माण समृद्धिको लागि समेत उपयोगी जनगणनाले आदिवासी जनजाति, मधशी पहाडी, हिमाली, दलित सिमान्तकृत सबैका पक्षको सही तथ्याड्ढ बनाउनको लागि आ-आफ्नो स्थानबाट सहयोगको अपेक्षा गरिएको छ। जनगणनामा सङ्कलन गरिएका कुनै पनि विवरण गोप्यता खुल्ने गरी प्रकाशन गरिंदैनन्। केवल तथ्याड्ढीय रूपमा प्रयोजनका लागि सामूहिकरूपमा मात्र तयार गरीने हुन्छ।

राष्ट्र विकासको लागि बहुउपयोगी यथार्थ तथ्याड्ढ सङ्कलनको यो अभियानलाई सहयोग पुर्‍याउन सरोकार पक्ष सबैको दायित्व हो।

यस वर्षको जनगणनाबाट तेस्रो लिङ्गीको समेत तथ्याड्ढ गर्न लागिएको छ। जम्मा ५० प्रश्न तयार गरी दुर्इ चरणमा जनगणना कार्य गर्न लागिएको छ। विदेशिरहेका व्यक्ति परिवार सदस्य विवरण जानुको कारण, गएको देशको समेत विवरण सङ्कलन गरिंदै छ। त्यस्तै गरी घरको बनोट प्रकार क्षेत्रफलको विवरण विस्तृतरूपमा लिन लागिएको छ। कृषि विवरणअर्न्तर्गत खेती पाती, तरकारी घरपालुवा पशुपन्छी को विवरणको साथै दर्ता नभएका साना घरेलु व्यवसायको विवरण समेत यसमा आउने छ। यसपटक महिलाले गर्दै आएका घर धन्दाको काम कति समय गर्ने गरेको छ। महिलाको नाममा जग्गा घर हुने सङ्ख्या पनि यसपटक निकालिने छ। त्यसैले यसपटक पहिलाभन्दा केही प्रश्न बढी राखी थप विवरण निकालिने कार्य हुँदै छ।

जनगणनाले मुलुकको जनसङ्ख्याको आकार, बनावट वितरण, वृद्धिदर, लै·कि हिसाबबाट समेत प्रशासनिक सानो एकाइसम्म निकाल्ने छ। बाटो, पुल, विद्यालय उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिंचाई, खाद्यान्न आपूर्ति, बसोबास, व्यवस्था, विकास बजेट बाँडफाँट, विभिन्न क्षेत्रको उत्थान कार्यक्रमको लागि सरकार र नागरिक दुवै पक्षको लागि उपयोगी हुने जनगणनामा सहयोग गर्नु यथार्थ विवरण ल्याउनु सबैको साझा अभियान हो।

स्रोत / लेखक / सम्बददाता : सूर्यप्रसाद ढकाल


Post Views: 73 views since June 3, 2011 ( excluding you )

  • बिजया शर्मा

    यति महत्वपूर्ण जनगणनाका लागि अलि प्रचार प्रसार पुगेनकि जस्तो लाग्छ