क) पृष्ठभूमि :
विश्व रेडक्रस अभियानले धेरै आरोह अवरोह पार गर्दै डेढ सताब्दी पूरा गरिसकेको छ। आज ८ मईको दिन विश्व रेडक्रस दिवसको पावन अवसरमा हामी सम्पूर्ण रेडक्रसकर्मी र रेडक्रस प्रेमीहरुको ऐतिहासिक पर्व हो। जाँ हेनरी ड्युनाको जन्मदिन ८ मईलाई सन् १९४८ देखि विश्वभरि विश्व रेडक्रस दिवसको रुपमा मनाउने परम्पराको सुरुवात भयो। ड्युनाको उच्च भावना र विशाल हृदयको कदर स्वरुप उहाँप्रति श्रद्धा सुमन प्रकट गर्ने र अभियानका मानवीय गतिविधि यसका उच्च आदर्श, मूल्य मान्यता र सिद्धान्तका साथै समृद्ध इतिहासलाई चर्चा परिचर्चा गर्ने एउटा महत्त्वर्ण अवसरको रूपमा हामीले यस दिवसलाई लिएका छौं।
विश्व प्रसिद्ध कर्मयोगी रेडक्रस अभियानका संस्थापक जाँ हेनरी डयूनाले इटालीको सल्फेरिनोमा सन् १८५९ मा इटाली, फ्रान्स र अष्ट्रियाबीच भएको युद्धमा इतिहासको एउटा सबैभन्दा विभत्स मानव हत्याको भयावह दृष्य देखेपछि उहाँको मनमा मानवताको पुकार गुञ्जन थाल्यो। उहाँले सन् १८६२ मा फ्रेन्च भाषामा ‘सल्फेरिनोको स्मृति’ नामक पुस्तक प्रकाशन गरी
१) हरेक राष्ट्रमा एक स्वयंसेवी उद्धार संस्थाको आवश्यकता रहेको
२) त्यस्तो संस्थालाई अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा मान्यता प्रदान गरिनुपर्ने जस्ता दुरदृष्टि परिकल्पनाका प्रस्ताव विश्वसामु प्रस्तुत गर्नुभयो। जसले विश्वमा ठूलो चर्चा पायो र वास्तविकताको बाटो समेत देखायो। त्यही परिकल्पना र रेडक्रसका आधारभूत सिद्धान्तका आधारमा यसका गतिविधि तथा काम गर्ने तौर तरिका निर्देशित हुन्छन्।
ख) परिचयः
अन्तर्राष्ट्रिय कानुनका धेरै शाखामध्ये अन्तर्राष्ट्रिय मानवीय कानुन पनि एउटा मुख्य शाखा हो। रेडक्रसको स्थापनासँगै अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि प्रादुर्भाव भयो। सन् १८६४ मा भएको पहिलो जेनेभा महासन्धिबाट यसलाई संहिताबद्ध गर्न सुरुवात गरियो। यो अन्तर्राष्ट्रिय तथा गैर अन्तर्राष्ट्रिय सशस्त्र सङ्घर्षको परिस्थितिलाई नियमन गर्ने, सार्वजनिक अन्तर्राष्ट्रिय कानुनको शाखा हो। जसलाई युद्धको कानुन वा सशस्त्र सङ्घर्षका कानुन पनि भनिन्छ। युद्धको प्रभावलाई कम गर्नु, सशस्त्र सङ्घर्षका कारणबाट सृजना हुने पीडालाई रोकथाम गर्नु वा कम गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको मुख्य उद्देश्य हो।
अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवता र शत्रुताबीचको सम्झौता हो र युद्धलाई व्यवस्थित गर्ने नैतिक कानुन हो। जसले आक्रमण र प्रतिक्षाको अधिकारसँग सम्बन्ध राख्दछ। यसले कसले किन युद्ध गर्यो वा युद्ध न्योयोचित छ वा छैन भन्ने कुराको कुनै सरोकार नराखी युद्धको तौरतरिका र प्रयोग हुने साधनलाई सीमित गर्दछ र युद्धको असरलाई कम गर्ने, युद्धमा भाग नलिएका, नलिने वा लिन छोडेकाहरुलाई संरक्षण गर्नेतर्फ मात्र ध्यान राख्दछ। त्यसैले अन्तर्राष्ट्रिय मानवीय कानुन त्यस्ता नियमहरुको संग्रह हो। जसले सशस्त्र युद्धका बेला युद्धमा भाग नलिएका, नलिने वा लिन छाडेकालाई संरक्षण गर्दछ र युद्धको तौरतरिका र साधनलाई सीमित गर्दछ।
ग) मुख्य श्रोतहरुः
विभिन्न समयमा कूटनीतिक सम्मेलनद्धारा पारित भई राज्यले अनुमोदन गरेका सन्धि कानुन, जेनेभा महासन्धि अतिरिक्त सन्धिपत्र, प्रथाजनित कानुन, सबैजसो धर्म र सभ्यतामा निहित भावना, राज्यले आफ्ना सैनिकलाई व्यवस्थित र निर्देशित गर्ने गरी बनाएका महत्त्वर्ण नियम यसका मुख्य स्रोत हुन्। युद्धको पनि नियम/सीमा हुन्छ भन्ने भनाइले पनि हाम्रो धर्मशास्त्रमा समेत व्यवस्था भएका कुरालाई समायोजन गरेको छ। जस्तैः महाभारतको युद्धमा सूर्य उदय नभएसम्म र सूर्यास्त भएपछि युद्ध गर्नु निति र मर्यादाविपरीत हुने भन्ने जस्ता कुरालाई प्रष्टरूपमा आज पनि अन्तर्राष्ट्रिय मानवीय कानुनले समेटेको देखिन्छ।
घ) संरक्षित व्यक्ति, स्थान र वस्तुहरुः
अन्तर्राष्ट्रिय मानवीय कानुनले संरक्षित गरेका व्यक्ति, स्थान र वस्तुलाई कुनै पनि अवस्थामा आक्रमणको निशाना बनाइनु हुँदैन भन्ने कुरामा जोड दिएको छ।
१) गैर सैनिक नागरिक, घाइते र विरामी लडाकू, युद्धबन्दी तथा बन्दी, सशस्त्र सङ्घर्षमा भाग नलिएका र लिन छोडेका व्यक्तिहरु, चिकित्साकर्मी, धार्मिकगुरु, रेडक्रस चिन्हको सही प्रयोग गरेका व्यक्तिलाई आक्रमणको निशाना बनाइन नहुने कुराको सुनिश्चितता प्रदान गरेको छ।
२) रेडक्रस चिन्ह अङ्कित वस्तु, उपकरण तथा साधन, चिकित्सा एकाइ र अस्पताल, एम्बुलेन्स र चिकित्सा यातायात, रेडक्रस अभियानका अ·हरुका भवन तथा सवारी साधन, सङ्घर्षका समयमा स्थापित प्राथमिक उपचार पोष्ट र उपचार स्थल, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्त्विक महत्त्वका स्थान र वस्तुलाई आक्रमणको निशाना बनाइन नहुने कुरामा जोड दिएको छ।
ङ) मुख्य दस्तावेजहरुः
जेनेभा महासन्धिमा हस्ताक्षर गर्ने पक्षधर राष्ट्रहरुको मित्र र शत्रु दुवैलाई समान रूपमा बिनाभेदभाव मानवीय व्यवहार, मानव मर्यादामा सम्मान खासगरी सङ्कटाभिमुख समुहहरु (गर्भवती महिला, बृद्ध, अपाङ्ग, असक्त विरामी र बालबालिका आदि) को संरक्षण, प्रतिष्ठाको आदर गर्नु, अमानवीय व्यवहार, बलात्कार, बन्धक, फाँसी र देश निकालामा प्रतिबन्ध लगाउनुको साथै क्ष्ऋच्ऋ का प्रतिनिधिहरुलाई युद्धबन्दी वा बन्दीहरुलाई भेटन अनुमति, युद्ध पीडितहरुको संरक्षण र राहत कार्यको आदर गर्नु, शान्ति तथा युद्धकालमा सशस्त्र फौज र सर्वसाधारण नागरिकहरुमा जेनेभा महासन्धिको प्रचारप्रसार गरी जानकारी गर्नु गराउनु प्रमुख दायित्व रहन्छ। सन् १८६४ मा जेनेभामा सम्पन्न भएको प्रथम कूटनीतिक सम्मेलनबाट जेनेभा महासन्धिको औपचारिक विकासक्रम सुरु भयो। विभिन्न समयमा भएका जेनेभा महासन्धि र हेग सन्धि समेटी सन् १९४९ मा एक महासन्धि समेत थप गरि चारवटा छुट्टाछुट्टै महासन्धिमा हस्ताक्षर गरियो। तिनीहरुलाई सन् १९४९ को जेनेभा महासन्धि भनिन्छ।
१) पहिलो जेनेभा महासन्धि(सन् १८६४)
यसले रणभूमिमा घाइते र विरामी, सैनिक, चिकित्सा सेवाका कर्मचारी, धर्मगुरुको सुरक्षाको व्यवस्था गरेको छ।
२) दोस्रो जेनेभा महासन्धि(सन् १८९९)
यसले सामुन्द्रिक युद्धका जलसेना घाइते, विरामी, चिकित्सा सेवामा संलग्न व्यक्ति, धर्मगुरु र दुर्घटनाग्रस्त पानी जहाजका नाविकको सुरक्षाको व्यवस्था गरेको छ।
३) तेस्रो जेनेभा महासन्धि(सन् १९२९)
यसले युद्धबन्दीसँग गरिनुपर्ने मानवीय व्यवहारको व्यवस्था गरेको छ। अमानवीय, अपमानजनक र तिरस्कारर्ण साथै यातनाजन्य व्यवहारलाई निषेध गरेको छ।
४) चौथो जेनेभा महासन्धि(सन् १९४९)
यसले शत्रुको कब्जामा परेका वा शत्रुद्वारा अधिनस्थ इलाकामा गैरसैनिक नागरिकको सुरक्षाको व्यवस्था गरेको छ साथै आत्मसम्मानमा जोड दिएको छ।
सन् १९४९ सम्मका जेनेभा महासन्धिमा थप प्रावधानसहित समायोजन गर्ने क्रममा सन १९७७ मा दुइवटा र सन २००५ मा एउटा अतिरिक्त सन्धिपत्रको व्यवस्था गरियो।
१) पहिलो अतिरिक्त सन्धिपत्रः
अन्तर्राष्ट्रिय सशस्त्र सङ्घर्षको समयमा खासगरी गैरसैनिक नागरिकलाई सशस्त्र युद्धको असरबाट बचाउन, सुरक्षाको बृद्धि गर्न र चिकित्सा सेवामा संलग्न व्यक्ति, अस्पताल र एम्बुलेन्सलाई बढीभन्दा बढी सुरक्षाको व्यवस्था गरेको छ।
२) दोश्रो अतिरिक्त सन्धिपत्रः
गैरअन्तर्राष्ट्रिय(आन्तरिक) सशस्त्र सङ्घर्षका समयमा घाइते, विरामी, दुर्घटनाग्रस्त नाविक र सर्वसाधारण नागरिकको सुरक्षा र विशेष गरी स्वतन्त्रताबाट बञ्चित नागरिकको सुरक्षाको व्यवस्था गरेको छ।
३) तेश्रो अतिरिक्त सन्धिपत्रः
कहिंकतै चिन्हकै कारणले मानवीय सेवा र सहयोगका कार्यमा अवरोध त भइरहेको छैन भन्ने अर्थर्ण तर्कको छलफलद्वारा विचाराधीनमा रहेको इजरायल राष्ट्रले मात्र प्रयोग गर्ने रेडक्रिष्टल चिन्हलाई रेडक्रस र रेडक्रिसेन्ट चिन्हकै हैसियत र सम्मानमा रहने गरि सन् २००५ मा थप चिन्हको रूपमा यस अतिरिक्त सन्धिमत्रद्वारा प्रदान गरियो।
च) जेनेभा महासन्धिहरुका साझाधारा-३:
जेनेभा महासन्धिहरु मूलत अन्तर्राष्ट्रिय युद्धलाई नियमन गर्ने उद्देश्यले ल्याएका भए तापनि १२ अगस्ट १९४९ मा चारवटै जेनेभा महासन्धिको धारा-३ मा गैर अन्तर्राष्ट्रिय सशस्त्र सङ्घर्ष अर्थात आन्तरिक सशस्त्र सङ्घर्षमा लागूहुने प्रावधानहरुमा उच्च संविदाकारी पक्षमध्ये एकको भूभागमा अन्तर्राष्ट्रिय चरित्रको नभएको सशस्त्र सङ्घर्षका हकमा सम्वद्ध पक्ष निम्नानुसार उल्लेखित प्रावधानको प्रयोग गर्न बाध्य छन् भन्ने कुराको व्यवस्था गरेको छ।
१) हतियार परित्याग गर्ने घाइते, विरामी, बन्दी अवस्था वा अन्य कुनै कारणबाट सङ्घर्षमा भाग नलिने सशस्त्र सेनाका सदस्यसहित युद्धमा सक्रिय भाग नलिने व्यक्तिलाई सम्पूर्ण परिस्थितिमा अन्य कूनै समान मापदण्डमा आधारित कुनैपनि भेदभावविना मानवीय व्यवहार गरिने कुरामा जोड दिएको छ।
यस उद्देश्यका लागि जीवन र व्यक्तिप्रतिको हिंसा खासगरी सबै प्रकारका हत्या, यातना, अ·भ·, क्रुरव्यवहार र बन्धक बनाउने कार्य, व्यक्तिगत मर्यादाप्रतिको आक्रोशर्ण व्यवहार खासगरी अपमानजनक तिरस्कारर्ण र होच्याउने व्यवहार, सभ्य मानिसद्वारा अत्यावश्यक भनी मान्यता प्रदान गरिएका सबै न्यायिक प्रत्याभूति प्रदान गर्ने घोषणा गरिएको फैसला बिनादण्ड दिने तथा मृत्युदण्डको कार्यान्वयन गर्ने काम कारबाहीमाथि उल्लेखित व्यक्तिहरुको सम्बन्धमा जुनसुकै समय र ठाउँमा निषेध गरिएको छ।
२) घाइते र विरामीको सङ्कलन र हेरविचार गर्न रेडक्रसको अन्तर्राष्ट्रिय समितिजस्ता निष्पक्ष संस्थाले पक्षहरुलाई आफ्नो सेवा प्रस्ताव गर्न सक्ने छन साथै सङ्घर्षका पक्षहरुले विशेष सम्झौताका माध्यमद्वारा प्रस्तुत महासन्धिका सवै वा केही प्रावधानलाई लागू गर्न थप प्रयास गर्नुपर्नेमा जोड दिएको छ।
छ) आधारभूत नियमहरुः
१) सङ्घर्षमा संलग्न पक्षहरु र सशस्त्र सैनिकहरुले युद्धमा प्रयोग गर्ने साधन र तौरतरिका असीमित हुने छैन। अनावश्यक हानि नोक्सानी अथवा अत्यधिक पीडा दिने हातहतियार र युद्धको तौरतरिकालाई निषेध गरिएको छ।
२) सङ्घर्षमा प्रत्यक्ष रुपमा भाग नलिएका व्यक्तिहरु वा भाग लिए पनि घाइते, अशक्त र विरामी भई भाग लिन असमर्थ व्यक्तिहरुको जीवन, नैतिकता र शारीरिक संरचनाको आदर गर्नुपर्दछ। जुनसुकै परिस्थितिमा पनि तिनीहरुको सुरक्षा र बिनाभेदभाव मानवीय व्यवहार गरिनुपर्दछ।
३) प्रत्येक व्यक्तिहरुलाई आधारभूत न्यायिक प्रत्याभूतिको सुविधा प्राप्त हुनुपर्दछ। कसैलाई पनि आफूले नगरेको कार्यको निमित्त जिम्मेवार ठहयाइने छैन, साथै शारीरिक तथा मानसिक पीडा शारीरिक सजाय, कठोर र अपमानजनक व्यहार गरिने छैन।
४) युद्धमा आत्मसमपर्णगर्ने अथवा घाइते भई लर्डाईमा भाग लिन नसक्ने शत्रुलाई मार्न अथवा घाइते तुल्याउने निषेध गरिएको छ।
५) गैरसैनिक नागरिक र तिनका सम्पत्तिको सुरक्षामा सङ्घर्षरत पक्षहरुले जुनसुकै बेला पनि सामान्य नागरिक र युद्धरतलाई छुट्टयाउनुपर्दछ। गैरसैनिक नागरिकको आवादी बसोबास क्षेत्र, सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रलाई मात्र आक्रमणको निसाना बनाउन हुँदैन।
६) गिरफ्तारमा परेका युद्धरत र विपक्षको कब्जामा रहेका असैनिक नागरिकहरुको जीवन तिनीहरुको मर्यादा, व्यक्तिगत अधिकार र विश्वासको आदर गरिनुपर्दछ। सबै किसिमको हिंसा र बदला लिने किसिमबाट गरिने कारवाहीको विरुद्ध सुरक्षा प्रदान गरिनेछ। तिनीहरुले आफ्ना परिवारसँग पत्राचार गर्न र उनीहरुबाट सहायताका वस्तु प्राप्त गर्न सक्नेछन्।
७) सङ्घर्षमा भाग लिने पक्षहरुले आफूले कब्जा गरेका घाइते र विरामीलाई एकत्रित गर्ने र तिनीहरुको हेरविचार गर्नुपर्दछ। चिकित्साकर्मी, प्राथमिक उपचारकहरु, प्रतिष्ठान, परिवहनका साधन र उपकरणलाई रेडक्रस तथा रेडक्रिसेन्ट चिन्हले सुरक्षा प्रदान गर्दछ। त्यस चिन्हको आदर सबैले गर्नुपर्दछ।
ज) उपसंहारः
घाइतेहरुको उद्धारका निमित्त अन्तर्राष्ट्रिय समितिको नामबाट स्थापना भएको रेडक्रसले आफूसँगै अन्तर्राष्ट्रिय मानवीय कानुनको समेत प्रादुर्भाव गयो। युद्धमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न पक्षका बीचमा निष्पक्ष र तटस्थरूपमा अन्तर्राष्ट्रिय मानवीय कानुनको संरक्षण र सर्म्वर्द्धनका लागि आज पनि रेडक्रस विभिन्नस्तरमा विश्वभर क्रियाशिल छ। युद्ध कुनै पनि हालतमा एक व्यक्तिको अर्को व्यक्तिसँगको सम्बन्ध होइन बरु राज्यहरु विचका सम्बन्ध हो। यस्तो विपत्तिर्ण अवस्थामा पीडित व्यक्तिहरुको सुरक्षा प्रदान गर्न र तिनीहरुको हेरविचार गर्न हाम्रा प्राचीन धार्मिक, सांस्कृतिक, सामाजिक परम्परा र सभ्यतासँग सम्बन्धित भावना, युद्धका सर्वमान्य प्रचलन, छरिएर रहेका पुराना कानुनलाई जेनेभा महासन्धिमा संहितावद्ध गर्दै सुदृढ पारियो। जसको फलस्वरुप यसले आजको समयमा मानवीय कानुनको रूप धारण गयो र नविन विकाससँग आफूलाई समयानुकूल बनायो।
मानवीय कानुनले सशस्त्र सङ्घर्ष, आन्तरिक अशान्ति र हिंसाको परिस्थितिबाट पीडित मानव समुदायलाई सुरक्षा प्रदान गर्दछ। यसरी मानवीय विपत्ति, पीडामा सेवा र सहयोग गर्ने रेडक्रसले समग्र मानव समुदायको आस्था विश्वास र भरोसाको केन्द्रका रूपमा आफूलाई स्थापित गरेको आजको सन्दर्भमा हामी सबैले मिलेर मानवताको संरक्षण गरांै र मानवीय विपत्तिलाई कमभन्दा कम गर्न रेडक्रसको भावनाबाट क्रियाशील बनौं।
लेखक नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, कास्कीका सदस्य हुनुहुन्छ।सं
स्रोत / लेखक / सम्बददाता : कृष्ण तिमिल्सिना
Post Views: 41 views since May 8, 2011 ( excluding you )