लेख »
राज्य पुनर्संरचनामा जातीयताको सवाल
नेपाल राष्ट्र एक सार्वभौम अखण्ड राष्ट्रको रूपमा परिचित राष्ट्र हो। नेपाल बहुजाति, बहुभाषी र बहुविचार भएको फूलबारी हो। जस्तैः कुनै बगैचामा फूलहरु विभिन्न हुन्छन् र तिनीहरु फुल्दछन्। तिनीहरुको बास्ना रङहरु फरक हुन्छन् अनि फरक-फरक किसिमले आफ्नै पहिचान बनाएका हुन्छन् त्यस्तै किसिमले नेपाल राष्ट्रभित्र रहेका विभिन्न जातहरु भाषाहरु, धर्महरु सांस्कृति संरक्षण गर्नु सबै नेपाली र नेपाल सरकारको दायित्व हुन आउँछ।






